ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फागुन १ मा रिलिज हुने 'श्री बुकुरो' को पोस्टर सार्वजनिक

१९ मिनेट अघि   सेतोपाटी

फिल्म 'श्री बुकुरोः द होम कलिङ' को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ। सुदीप भूपाल सिंह निर्देशित फिल्मको आधिकारिक ट्रेलर रिलिज हुनुअघि निर्माताले पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य प्रस्तुत छन्। पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो 'मार्केटिङ अफिसर'

३७ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। इन्स्योरेन्सले उपत्यका भित्र र बाहिरका लागि केही संख्यामा मार्केटिङ अफिसर र मार्केटिङ एसिस्टेन्ट माग गरेको हो। इच्छुकले कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।  मार्केटिङ अफिसरको लागि बीमा क्षेत्र, बहुराष्ट्रिय कम्पनी...

टी-२० विश्वकप २०२६ : नेपाल रहेको समूहको पाँच टोली कस्ता छन्?

१ घण्टा अघि   सेतोपाटी

शनिबारदेखि सुरु हुने आइसिसी पुरुष टी-२० विश्वकप २०२६ मा समूह 'सी' निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। यस समूहमा पूर्व विजेतादेखि  पहिलोपटक विश्वकप खेल्न लागेका टोलीसम्म सामेल छन्। समूहमा रहेका इंग्ल्यान्ड र वेस्ट इन्डिज पूर्वविजेता हुन्। बंगलादेशले भाग सुरक्षाका...

मोरङ ४ : गठबन्धनको बलमा दुई पटक जितेका मोदीलाई कांग्रेस महामन्त्री सहितका उम्मेदवारको चुनौती

१ घण्टा अघि   सेतोपाटी

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनविरूद्ध खडा भएका नेपाली कांग्रेसका धेरै ‘हेभिवेट’ नेताहरू पराजित भएका थिए। तिनैमध्येका एक थिए, महेश आचार्य। २०४८ मा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बने यता आचार्य नेपालको राजनीतिक वृत्तमा सधैंजसो चर्चामै रहिरहे।...

ओमोडा एन्ड जेइकोले घोषणा गऱ्यो 'एक्सचेन्ज तु अपग्रेड' एक्सचेन्ज क्याम्प

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने 'एक्सचेन्ज तु अपग्रेड' एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुनेछ। चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा...

बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

१ घण्टा अघि   सेतोपाटी

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।  झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।  सिसा फुटेको खबर पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला...

एकैदिन तोलामा साढे ९ हजार रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ।  बुधबार प्रतितोला १४ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई...

सुझबुझपूर्ण बलिङ गर्ने मध्यम गतिका नन्दन

२ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप २०२६ विशेष नन्दन यादवको क्रिकेट करिअर संघर्षपूर्ण छ। दशक लामो क्रिकेट करिअर छाडेर उनी अस्ट्रेलिया पलायन भइसकेका थिए। तर एउटा प्रतियोगितले उनको यात्रा मोडिदियो। पहिलो सिजनको नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलिया फर्कन एयरपोर्ट पुगिसकेका थिए उनी। तर...

रहेनन् बाबुराम भट्टराईका बुवा भोजप्रसाद

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका ९७ वर्षीय बुवा भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे निधन भएको हो। भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो। भोजप्रसादको आज बिहान निधन भएको र आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने...

अमेरिका र रूसलाई परमाणु हतियार बनाउन नियन्त्रण गर्ने सम्झौताको म्याद समाप्त

२ घण्टा अघि   सेतोपाटी

परमाणु हतियार नियन्त्रण सम्बन्धमा अमेरिका र रूसबीच भएको प्रमुख र महत्त्वपूर्ण सन्धीको म्याद समाप्त भएको छ। सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेभबीच भएको न्यू स्ट्राटेजिक आर्म्स रिडक्सन ट्रिटी (न्यूस्टार्ट)को समयावधि बिहीबारदेखि समाप्त भएको हो।...

वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र, निर्वाचन आयोग र साइबर ब्युरोमा दिइयो उजुरी

३ घण्टा अघि   सेतोपाटी

आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।  उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत...

यसपालि ८ वर्षयताकै कम भयो विकास खर्च, किन?

३ घण्टा अघि   सेतोपाटी

पुँजी निर्माण तथा पूर्वाधार विकास र विस्तार गर्न सरकारले गर्ने खर्च हरेक वर्ष घट्दै गएको छ। कम रकम छुट्ट्याउने र त्यही पनि सबै खर्च नहुने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस) मा आठ वर्षयताकै न्यून पुँजीगत खर्च...

फागुनको पहिलो हप्तादेखि रवि–बालेन देश दौडाहामा निस्कने तयारी, कम्तीमा सात ठाउँमा ठूला सभा गर्ने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार तय गरिएका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो हप्तादेखि देश दौडामा निस्कने भएका छन्। केही समयअघि कोशी प्रदेशका तराईसहित पहाडी जिल्ला पुगेका बालने सुदूरपश्चिम, कर्णालीका केही भाग घुमेर पुनः झापा...

सर्वसाधारणका लागि होटल फरेस्ट इनको आइपिओ खुल्यो

३ घण्टा अघि   सेतोपाटी

होटल फरेस्ट इन लिमिटेडले आज (बिहीबार) देखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब रूपैयाँको २०...

बौद्ध क्षेत्रमा दिनदहाडै सुनका गरगहना चोरी गर्ने व्यक्तिलाई समात्न प्रहरीले चलायो गोली

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। प्रहरीले गएराति गोली चलाएर विकास भन्ने प्रेम थारूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउको क्रममा प्रहरीसँग झडप भएपछि गोली चलाइएको एसएसपी...

संविधान संशोधनका लागि मेरो उम्मेदवारी– ईश्वर पोखरेल

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले नेता ईश्वर पोखरेलले संविधान संशोधनका लागि उम्मेदवारी दिएको भन्दै सुझाव मागेका छन्। पोखरेल काठमाडौं–५ बाट उम्मेदवार छन्। उनी २०५६ सालदेखि नै त्यही क्षेत्रबाटै उम्मेदवार रहँदै आएका छन्। गत निर्वाचनमा उनी पराजित भएका थिए। ‘नेपालको संविधान २०७२ लाई आवश्यक...

किन बढिरहेको छ हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य?

४ घण्टा अघि   सेतोपाटी

सेयर बजारमा लगानी गर्ने सबैभन्दा सजिलो रणनीति भनेकै न्यून मूल्यमा सेयर किन्ने र उच्च मूल्यमा पुगेपछि बेच्ने हो। अब प्रश्न आउँछ, कुन न्यून मूल्य हो वा कुन उच्च हो भनेर कसरी छुट्ट्याउने? नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजार बन्द भएसँगै त्यस...

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

४ घण्टा अघि   सेतोपाटी

इरान वार्तामा बस्न सहमत भएको छ। परमाणु कार्यक्रम सम्बन्धी सम्झौताका लागि वार्तामा बस्न अमेरिकाले लगातार विभिन्न तरिकाले दबाब दिएपछि इरान अन्ततः वार्ताका लागि तयार भएको हो। दुई देशबीच ओमानको राजधानी मस्कटमा वार्ता हुने सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको...

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस्- ओली

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार-प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।  पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना बुधबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना...

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

५ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ। राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले...

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

५ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। आयोगले यही मंगलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण,...

उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

६ घण्टा अघि   सेतोपाटी

जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश। उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ। दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ। बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे —घरअगाडिको सडक कालोपत्र भएको। त्यो...

केही वृद्धि भयो अमेरिकी डलरको मूल्य

६ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य केही वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ। युरोपियन युरो...

वाणिज्य, आपूर्ति विभागले भन्यो– उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्नू!

६ घण्टा अघि   सेतोपाटी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ। विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको...