ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

खोला किनारमा चितुवा मृत फेला

१७ मिनेट अघि   सेतोपाटी

मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ। खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी,...

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

२४ मिनेट अघि   सेतोपाटी

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन्। शर्मालाई आज बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको बैंकले नेप्सेलाई दिएको जानकारीमा उल्लेख छ। उनको चार वर्षको कार्यकाल हुनेछ। शर्मासँग यो क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव छ। ...

समावेशी वित्तीय पहुँचका लागि विश्व बैंकले ९ करोड ५० डलर खर्चिने

३८ मिनेट अघि   सेतोपाटी

विश्व बैंकको सञ्चालक समितिले नेपालमा साना तथा मझौला उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ। यस परियोजनाबाट १ लाखभन्दा बढी साना तथा मझौला उद्यमी लाभान्वित हुने र रोजगारीमा आधारित आर्थिक वृद्धिमा टेवा...

१९ वर्षीया निखिता घरको छतबाट प्रदर्शनी हेर्दै थिइन्, छातीमै लाग्यो गोली

५३ मिनेट अघि   सेतोपाटी

सहिद परिवार भदौ २४ गते दिउँसो १ बजेसम्म उनी प्रहरी वृत्त गौशाला अगाडिको प्रदर्शनीमै थिइन्। छोरी प्रदर्शनीमा हिँडिरहँदा उनकी आमा कल्पना गौतम कोठामा एक्लै बसिरहन सकिनन्। उनी छोरीलाई लिन प्रहरी वृत्त गौशाला अगाडि पुगिन्। १९ वर्षीया निखिता गौतम प्रदर्शनीको भिडिओ...

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो शाखा प्रबन्धक

५५ मिनेट अघि   सेतोपाटी

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। इन्स्योरेन्सले ओखलढुंगा, जितपुर, गुल्मी, चन्द्रौटा, पाल्पा, सुकड र बैतडी शाखा कार्यालयको लागि शाखा प्रबन्धक माग गरेको हो। इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स वा सेल्स म्यानेजमेन्टको अनुभव...

अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार शुल्क ५० बाट घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका छन्। यसको बदलामा भारतले रूसबाट तेल किन्न बन्द गरेर अमेरिकी तेल किन्न थाल्ने र व्यापारिक अवरोधहरू घटाउने सहमति जनाएको ट्रम्पले...

प्रदेश संरचनामा न्यून खर्च छ: बालेन शाह

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्। मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको पनि उनले बताए। ‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ।  गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँ पुगेको छ।  सोमबार सुन प्रतितोला दुई...

हारिसकेको खेल समेत जिताउन सक्ने अलराउन्डर करण

१ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप २०२६ विशेष करण केसी यस्ता खेलाडी हुन् जसले हारिसकेको खेल पनि जिताउन सक्ने ल्याकत राख्छन्। बलिङ अलराउन्डरको भूमिका आफूलाई धेरै पटक प्रमाणित गरिसकेका छन्। सुरूआती ओभरमा विकेट लिने क्षमतका बलर करणले टोलीलाई चाहिएको बेला बिस्फोटक ब्याटिङ समेत गर्न...

देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ: महामन्त्री पौडेल

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन्। नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए। 'कांग्रेससँग नागरिकका गुनासा छन्। अपेक्षा झन् धेरै छन्  नागरिकका...

तपाईं कसलाई मत दिनुहुन्छ– तपाईंको मोबाइलले भन्छ!

३ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर तपाईं कसलाई मत हाल्दै हुनुहुन्छ भनेर म सोध्न चाहन्नँ। त्यो तपाईंको गोप्यताको अधिकार हो। तर यत्ति सोध्न यो स्तम्भ लेख्दैछु — तपाईं कुन चुनाव चिह्नमा मत हाल्ने मन कसरी बनाउनुहुन्छ? हामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्छौं। सधैं भन्ने गर्छौं...

पत्नीको हत्यापछि युवकले गरे आत्महत्या

३ घण्टा अघि   सेतोपाटी

मोरङको रंगेली नगरपालिकामा एक युवतीको हत्या भएको छ। रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेर पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्। घटनापछि उनले आफैले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय...

रूपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किए, २२ जना विद्यार्थी घाइते

३ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा स्कुल बस र ट्याक्टर एक आपसमा ठक्कर खाँदा २२ जना विद्यार्थी घाइते भएका छन्। तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ति नमुना माविको बस र धान बोकेको ट्याक्टर एक आपसमा ठक्कर खाँदा २२ जना विद्यार्थी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...

दुई थान भरुवा बन्दुक फेला

३ घण्टा अघि   सेतोपाटी

म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको हो। जंगलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने...

आयल निगमले भन्यो– माग धान्न पुग्ने ग्यास छ, अनावश्यक भण्डारण नगर्नू

३ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले ग्यासको पर्याप्त मौज्दात रहेको जानकारी दिएको छ। निगमले काठमाडौं उपत्यकामा एलपि ग्यासको अभाव भएको भन्ने उपभोक्ताको चासोप्रति ध्यानाकर्षण रहेको जनाएको हो। ‘इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरूलाई निगमले मासिक रूपमा उपलब्ध...

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

४ घण्टा अघि   सेतोपाटी

सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन्।  गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैंचा जिम्मा लगाएका अनन्त खड्काले यसपटक भने सात लाख ५० हजारमा सुन्तला बगैंचा एकमुष्ट...

सेयर भाउ बढेका यी हाइड्रोपावर कम्पनीमा अब के होला?

४ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिन थालेका छन्। केही कम्पनीमा लगानीकर्तालाई उच्च नाफा समेत देखिन थालेको छ। यस्तै एक कम्पनी हो, आँखुखोला जलविद्युत। सोमबार कारोबार रकमको आधारमा आँखुखोला पहिलो स्थानमा थियो। यसको ४१ करोड ४९ लाख रूपैयाँको सेयर किनबेच भएको...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य...

घट्यो अमेरिकी डलरको भाउ

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य केही घटेको छ। आज एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १४६...

निपाह भाइरसबारे बोल्यो स्वास्थ्य मन्त्रालय

६ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतंकित नहुन र सचेत,...

७ वटा होटलको सुपरिवेक्षण गर्छन्, भन्छन्– विदेशिने सोच नै थिएन, लेखेको रहेछ!

६ घण्टा अघि   सेतोपाटी

पुर्ख्यौली घर कीर्तिपुर भएका प्रकाश नकर्मी वैदेशिक रोजगारीमा गएको २५ वर्ष भयो। उनी संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सहरमा बस्छन्। उनी पाँच वर्षदेखि भालोर हस्पिटालिटी कम्पनीमा इन्जिनियरिङ विभाग प्रमुखका रूपमा काम गर्दै आएका छन्। 'म सात वटा होटलको सुपरिवेक्षण गर्छु,'...

पूर्वडिआइजी गणेश केसी राप्रपा प्रवेश

१५ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको अवकाश प्राप्त डिआइजी गणेश केसी राप्रपामा प्रवेश गरेका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन्। केसी ललितपुर क्षेत्र नम्बर २ का बासिन्दा हुन्। निर्वाचनको नजिकै केसीको राप्रपा प्रवेशले त्यस...

अहिले हलमा चलिरहेका नेपाली फिल्मले कति पैसा कमाए?

१६ घण्टा अघि   सेतोपाटी

चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ ले सिनेमा हलमा प्रदर्शनरत नेपाली फिल्मको शनिबारसम्मको कारोबार सम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो। विवरण अनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको ‘झरीपछिको इन्द्रेणी’...

निर्वाचन आयोगले हटायो समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट

१६ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी...