ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यी हुन् कांग्रेसले उम्मेदवार टुङ्ग्याएका क्षेत्र, कुन क्षेत्रबाट कसले पायो टिकट

४३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले अहिलेसम्म ४५ बढी निर्वाचन क्षेत्रको टिक टुंगो लगाएको छ। आन्तरिक छलफलकै क्रममा हरेको कांग्रेसले अधिकांश क्षेत्रको उम्मेदवार सूची अझै सार्वजनिक गरेको छैन।  अहिलेसम्म यी ४५ निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाइएको हो। सोलुखुम्बु: प्रकाशसिंह कार्की ओखलढुंगा: रामहरि खतिवडा सुनसरी ४...

ऋषि धमलाले भोलिदेखि जनता जान्न चाहन्छन् कार्यक्रम नचलाउने, रौतहटबाट चुनाव लड्ने

४७ मिनेट अघि   सेतोपाटी

प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला पनि चुनाव लड्ने भएका छन्।  उनले सोमबार रातिको कार्यक्रममार्फत आफूले जनता जान्न चाहन्छन् कार्यक्रम नचलाउने घोषणा गरेका हुन्। उनको सट्टामा कार्यक्रम ऋषि थपलियाले चलाउने भएका छन्। 'आज म भन्न चाहन्छु। जनता जान्न चाहन्छन् कार्यक्रम भोलिबाट हाम्रै सहकर्मी मित्र...

मुम्बईमा कार दुर्घटनामा परे अक्षय कुमार

५४ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता अक्षय कुमार दुर्घटनामा परेका छन्। सोमबार साँझ मुम्बईको जुहू क्षेत्रमा उनी कार दुर्घटनामा परेका हुन्। अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना विदेश भ्रमणबाट फर्केर मुम्बई फर्केर जुहूस्थित आफ्नो घरतर्फ जाँदै गर्दा अजीब दुर्घटनामा परेको भारतीय संचारमाध्यमले जनाएका...

काभ्रे १ मा कांग्रेसले बनायो गुणराज मोक्तानलाई उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ मा गुणराज मोक्तान र क्षेत्र नं. २ मा मधु आचार्य उम्मेदवार बनाउने निर्णय गरेको छ।  आज बसेको कांग्रेस संसदीय बोर्डको बैठकले उनीहरूलाई टिकट दिएको हो। मोक्तान कांग्रेस काभ्रे जिल्ला समितिको सचिव हुन्।  ...

नेकपाका यी नेता यसपालिको चुनाव नलड्ने

१ घण्टा अघि   सेतोपाटी

नेकपाका केही नेताहरू आउँदो चुनाव नलड्ने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ। नेकपाले सोमबार टुंग्याएका उम्मेदवारहरूको सूचीमा केही प्रभावशाली नेताहरूको नाम उल्लेख छैन। केहीले घोषणा नै गरेर चुनाव नलड्ने भनेका छन्। नेकपामा तेस्रो...

न मलाई रूपन्देहीले छोड्छ, न मैले रूपन्देही छोड्छु- विष्णु पौडेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार दिने तयारी गरेका विष्णु पौडेलले आफूले रूपन्देहीलाई कहिल्यै नबिर्सने बताएका छन्। उम्मेदवारी मनोनयनका लागि सोमबार आफ्नो निर्वाचन क्षेत्रमा आएका पौडेलले भने, 'न मैलै रूपन्देहीलाई बिर्सन्छु, न मलाई रूपन्देहीले बिर्सने छ।'...

ललितपुर–३ मा उज्यालो नेपाल पार्टीबाट डा. विजय पन्त उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ मा डा. विजय पन्तलाई उम्मेदवार बनाएको छ। सो पार्टीका अध्यक्ष कुलमान घिसिङले सोमबार पन्तलाई पार्टीका तर्फबाट टिकट दिएका हुन्।  पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन्। डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानका...

धनराज गुरुङ चुनाव नलड्ने, स्याङ्जाका दुई क्षेत्रमा यी हुन् उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

कांग्रेस निवर्तमान उपसभापति धनराज गुरूङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।  कांग्रेसले स्याङ्जाका २ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।  कांग्रेस संसदीय बोर्डले निर्वाचन क्षेत्र १ मा भरतराज ढकाल र २ मा भागवतप्रकाश मल्ललाई...

कांग्रेस इलाम १ को उम्मेदवार ३५ वर्षीय निष्कल राई

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले इलाम १ बाट निष्कल राइलाई उम्मेवार बनाउने निर्णय गरेको छ।  कांग्रेस संसदीय बोर्ड बैठकले फागुन २१ मा हुने निर्वाचनको लागि यो क्षेत्रबाट राईलाई टिकट दिने निर्णय गरेको हो।  ३५ वर्षीय राई कांग्रेस इलामको प्रदेश क्षेत्रीय सभापति हुन्। उनी ईलाम...

यी हुन् रूपन्देहीमा नेपाली कांग्रेसका उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले रूपन्देहीका चार वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको छ। नेपाली कांग्रेसले रूपन्देही क्षेत्र नं. १ बाट हिराबहादुर केसीलाई उम्मेदवार बनाउँदै छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको...

रूपन्देहीका तीन क्षेत्रमा अधिकांश बालेन समूहका उम्मेदवार परेपछि रास्वपा कार्यकर्ता असन्तुष्ट

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीका तीन वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। दुई वटा क्षेत्रमा पनि सम्भावित उम्मेदवार अघि सारेको छ। रास्वपाको रूपन्देही क्षेत्र नम्बर ३ का सभापति मधु अर्यालका अनुसार रूपन्देही-३...

सिन्धुली १ मा कांग्रेसबाट उज्ज्वल बरालले पाए टिकट

२ घण्टा अघि   सेतोपाटी

सिने्धुली १ मा नेपाली कांग्रेसले उज्ज्वल बराललाई उम्मेदवार बनाएको छ।  आज बसेको कांग्रेस संसलीय बोर्डको बैठकले बराललाई टिकट दिने निर्णय गरेको हो।बराल यसअघि सोही क्षेत्रमा दुईपटक पराजित भएका थिए।  बराल कांग्रेस सिन्धुलीका पूर्व सभापति हुन्। 

कांग्रेसले दियो पर्वतमा अर्जुन जोशीलाई टिकट

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले पर्वतमा अर्जुन जोशीलाई टिकट दिएको छ। कांग्रेसको संसदीय बोर्डले सोमबार बेलुकी प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गरिरहेको छ। यसैबीच बोर्डले जोशीलाई पर्वतमा उम्मेदवार बनाएको हो। उनी केन्द्रीय सदस्य समेत छन्। उनी २५ वर्षभन्दा लामो समयदेखि विभिन्न...

लमजुङमा कांग्रेसले दियो गमप्रसाद गुरुङलाई टिकट

२ घण्टा अघि   सेतोपाटी

एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले गमप्रसाद गुरूङलाई उम्मेदवार उठाएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो। नेपाली कांग्रेस लमजुङको सभापतिमा पराजित भएका गुरूङ जिल्लाका सादगी नेता मानिन्छन्। लमजुङ सीप विकास...

बालेनको पहिलो चुनावी सभामा उर्लिएको भिड

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन सहभागी भएका हुन्। उनी झापा क्षेत्र नम्बर ५ मा...

सुपरहिट फिल्म 'ऊनको स्वीटर' अब युट्युबमा, कहिले र कहाँ हेर्ने?

२ घण्टा अघि   सेतोपाटी

विपिन कार्की र मिरूना मगर अभिनीत सुपरहिट नेपाली फिल्म 'ऊनको स्वीटर' अब युट्युबमा सार्वजनिक हुने भएको छ।  आर्टमाण्डुको प्रस्तुति र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म यसै साता युट्युबमार्फत दर्शकमाझ आउने भएको हो। यही बिहीबार (माघ ८ गते) आर्टमाण्डुको आधिकारिक...

तनहुँका दुबै क्षेत्रमा कांग्रेसले टुंग्यायो उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले तनहुँका दुबै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। सोमबार बसेको कांग्रेस संसदीय बोर्ड बैठकले तनहुँ क्षेत्र नम्बर १ मा गोबिन्द भट्टराईलाई टिकट दिएको छ।  त्यसैगरी तनहुँ क्षेत्र नम्बर २ मा शंकर भण्डारी उठ्ने भएका छन्। उनीहरू दुबै जना निवर्तमान केन्द्रीय...

कांग्रेसबाट सिरहा–१ मा रामसुन्दर चौधरी उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका लागि रामसुन्दर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार पार्टीको संसदीय बोर्डको निर्णय अनुसार चौधरीलाई टिकट प्रदान गरिएको हो। लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित चौधरीले शिक्षा, स्वास्थ्य तथा स्थानीय...

दोलखामा कांग्रेसले अजयबाबु सिवाकोटीलाई बनायो उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट अजयबाबु सिवाकोटीलाई उम्मेदवार बनाएको छ। सोमबार कांग्रेस संसदीय बोर्डले सिवाकोटीलाई टिकट दिने निर्णय गरेको हो। उनी पार्टी सभापति गगन थापा निकट मानिन्छन्। नेपाल प्रेस युनियनका पूर्व महासचिव सिवाकोटी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा...

कांग्रेस नेता चतुरबहादुर चन्दले पाए बैतडीको टिकट

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता चतुरबहादुर चन्दले बैतडीबाट चुनाव लड्ने भएका छन्। सोमबार बसेको कांग्रेस संसदीय बोर्ड बैठकले उनलाई बैतडीबाट चुनाव लड्न टिकट दिएको हो। उनी कांग्रेसका बैतडीका सभापति पनि हुन्।  उनी नेपाल क्रिकेट संघका अध्यक्ष समेत हुन्।

डोल्पामा एकाघरका दाजुभाइबीच प्रतिस्पर्धा

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा डोल्पामा एकाघरका दाजुभाइबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनबहादुर बुढा र कांग्रेसले उनका दाइ कर्णबहादुर बुढालाई उम्मेदवार बनाएपछि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा दाजुभाइबीच प्रतिस्पर्धा हुने पक्का भएको...

यी हुन् काठमाडौंका १० र झापाका ५ क्षेत्रमा नेकपाले टुंग्याएका उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले काठमाडौं र झापामा उम्मेदवार टुंग्याएको छ। सोमबार काठमाडौंका दस वटै क्षेत्र र झापाका पाँच क्षेत्रमा नेकपाले उम्मेदवार टुंगो लगाएको हो। काठमाडौं–१ मा मेनका भण्डारी, २ मा नितेश पौडेल, ३ मा निरज लामा, ४ मा इन्द्र भुसाल, ५ मा...

कांग्रेसका विमलेन्द्र निधि धनुषा–३ बाट उठ्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले धनुषा क्षेत्र नम्बर ३ को टिकट पाएका छन्। निधिलाई सोमबार बसेको संसदीय बोर्डको बैठकले टिकट दिएको हो। उनी पछिल्लो समय विशेष महाधिवेशनको विपक्षमा खुलेका थिए। विशेष महाधिवेशनले गगनकुमार थापा नेतृत्वको कार्यसमिति चयन गरेको थियो।...

कांग्रेसका पाँच सहमहामन्त्रीको टिकट पक्का

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले पाँच जना सहमहामन्त्रीलाई टिकट प्रदान गरेको छ। सोमबार कांग्रेसको संसदीय बोर्ड बैठकले पाँच जना सहमहामन्त्रीलाई टिकट दिएको हो। सहमहामन्त्री फरमुल्लाह मन्सुरले बारा क्षेत्र नम्बर ३ को टिकट पाएका छन्। त्यस्तै धनुषा क्षेत्र नम्बर १ बाट मुक्ता कुमारी यादवले टिकट पाएकी छन्।...