बलिउड अभिनेता सञ्जय दत्त काठमाडौंमा (तस्बिरहरू)
बलिउडका चर्चित अभिनेता सञ्जय दत्त नेपाल आइपुगेका छन्। उनी बिहीबार बेलुका काठमाडौं आइपुगेका हुन्। एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन्। सञ्जय अभिनित धुरन्धरले नेपालमा झन्डै १० करोड कमाइ गरिसकेको छ भने उनको अर्को फिल्म राजा साब शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। ...
