ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ग्रिनल्यान्ड कब्जा गर्ने धम्की बन्द गर्न ट्रम्पलाई डेनमार्ककी प्रधानमन्त्रीको आग्रह

१६ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जबर्जस्ती ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिन बन्द गर्न डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेदेरिक्सनले आग्रह गरेकी छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि हौसिएका ट्रम्पले आइतबार रक्षा प्रयोजनका लागि ग्रिनल्याण्ड अमेरिकालाई आवश्यक रहेको भनी पुनः दोहोर्‍याएपछि फ्रेदेरिक्सनले यस्तो...

राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले यसरी गर्दै छन् उम्मेदवार बाँडफाँट

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन्। यो समझदारीलाई अन्तिम रूप दिन सोमबार राति दुई पार्टीका शीर्ष तहका नेता छलफलमा जुट्न लागेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। नेता बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस...

एमालेबाट विभाजन भएको एकीकृत समाजवादी विरूद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

२४ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले विभाजन गरी बनेको नेकपा एकीकृत समाजवादीलाई वैधानिकता दिएको विरूद्धमा दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन भएपछि एमाले अध्यक्ष ओलीसहितले २०७८ भदौ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त...

राष्ट्रियसभा चुनावका लागि चार दलबीच सहकार्यको तयारी, कांग्रेस बैठकमा गरियो ब्रिफिङ

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समावादी पार्टी नेपालसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको ब्रिफिङ गरेका छन्। उनले सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संविधान बनाउने र रक्षा गर्ने शक्तिहरू मिल्नुपर्ने भन्दै...

टी-२० विश्वकपको ट्रफी नेपालमा, राष्ट्रपतिले भने- ट्रफी आउनु देशका लागि गौरवपूर्ण क्षण

३० मिनेट अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। आज आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय...

वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य बढ्यो

३२ मिनेट अघि   सेतोपाटी

बजारमा वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य बढेको छ। नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार १५ दिनको तुलनामा वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य प्रतिलिटर पाँच रूपैयाँले बढेको हो।  संघले हरेक महिनाको १५/१५ दिनमा खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।  पुस...

नाउपाका वरिष्ठ उपाध्यक्ष लगायत रास्वपामा समाहित (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा भएको छ। राष्ट्रिय सभा गृहमा समायोजन घोषणा सभा भएको हो। नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, नाउपा वरिष्ठ उपाध्यक्ष राजेश अधिकारी,कोषाध्यक्ष कोमल ज्ञवाली, महासचिव ठाकुरसिंह थारू, सचिव तुलसी चौधरी, लक्ष्मण थारू,  नाउपा संस्थापक केन्द्रीय...

‘तँ र तेरो जागिर!’

३४ मिनेट अघि   सेतोपाटी

आधा अनुहार जलेर एक पत्र निस्किएको थियो। रातो नयाँ छालामाथि लपक्क मलम लगाएको करिब २ वर्ष जतिको सानो बाबु। बल्खुमा आमाको काखमा गाडी कुर्दै गरेको बच्चाको त्यो मुहारमा सबैको नजर एक पटक पक्कै अडियो होला।  हेर्दै जीउ सिरिङ्ग हुने, कति...

युद्धको त्रासले किन बढाउँछ सुनको मूल्य?

३९ मिनेट अघि   सेतोपाटी

भेनेजुएलामा अमेरिकाले सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि विश्व बजार अस्थिरतातर्फ बढेको छ। यसको सिधा असर अन्तर्राष्ट्रिय सुन र चाँदी बजारमा देखिएको छ। लगानीकर्ताहरूले 'सुरक्षित लगानी क्षेत्र' मानिने सुनमा आफ्नो पुँजी सार्न थालेपछि सुन र चाँदीको मूल्य वृद्धि...

बंगलादेशमा आइपिएल प्रसारणमा प्रतिबन्ध

४९ मिनेट अघि   सेतोपाटी

बंगलादेश सरकारले आफ्नो देशमा सन् २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारणमा रोक लगाएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई प्रतियोगिताबाट हटाउने निर्णय गरेपछि बंगलादेशले यस्तो कडा कदम चालेको हो। बंगलादेशको सूचना तथा...

सम्बन्धहरू...

१ घण्टा अघि   सेतोपाटी

हामीले हाम्रो जीवनमा धेरै सम्बन्धहरू बनाएका हुन्छौँ— विद्यालय, कलेज, घर, छरछिमेक अनि कार्यालयमा। आमा–बुबा, श्रीमान्–श्रीमती, छोराछोरी, काका–काकी, मामा–माइजू, बाजे–बज्यै, साथै साथी–भाइ। यीमध्ये केही सम्बन्ध रगतका नाताले बनेका हुन्छन् भने केही मन मिलेर। मामा–माइजू, काका–काकी, ठुलो बुवा, ठुली आमा— यी सम्बन्ध...

नेप्सेमा २८ अंकको वृद्धि, पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

१ घण्टा अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भएको हो।  सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त...

पुष्पलालका छानिएका रचना भयो सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका छानिएका रचनाहरू समेटिएको पुस्तक सङ्ग्रह सार्वजनिक गरिएको छ। ‘पुष्पलालका छानिएका रचना’ शीर्षकमा प्रकाशित सङ्ग्रहमा उनका रचनाका चार भाग र नेपाल कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहाससम्बन्धी एक पुस्तक गरी कुल पाँच वटा पुस्तक समावेश छन्। यी...

राष्ट्रिय सभामा रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ।  काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सुरू भएको हो।  आज नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट-थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुन लागेको हो।  घोषणा सभामा सहभागी...

चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना, वैशाखदेखि स्थलगत काम

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय तथ्यांक कार्यालयले आगामी चैतदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ। २०८२ आगामी चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म देशैभर सञ्चालन गर्ने भएको हो। कार्यालयले गणनाको कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्दै जिल्लास्तरमा आर्थिक गणना कार्यालय स्थापना गरी देशको...

गुल्मी–२ मा एमालेले पठायो गोकर्ण विष्टको एकल नाम

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले गुल्मी–२ क्षेत्रीय समन्वय कमिटीले उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। निर्वाचन क्षेत्र समन्वय कमिटीले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टी कमिटी बैठकले उपाध्यक्ष विष्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको जानकारी गराएको हो। 'पुस...

रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ।  राष्ट्रिय सभा गृहमा समायोजन घोषणा सभा जारी छ। नागरिक उन्मुक्ति पार्टीबाट रूपन्देही अध्यक्षसहितको टोली रास्वपा प्रवेश गर्दैछ।  साथै अरू थुप्रै व्यक्तिहरू रास्वपामा समाहित हुने बताइएको छ। 

जेन–जी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने सरकारको निर्णय

२ घण्टा अघि   सेतोपाटी

सरकारले जेन–जी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । जेन–जी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय गरिएको नेपाल...

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

२ घण्टा अघि   सेतोपाटी

अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ। विसं २०६६ मा स्थानीयले करिब एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए। मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बैठक बसेको हो। बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल हुनेछ। साथै विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। कार्यवाहक सभापति...

प्रचण्ड पूर्वी रूकुमबाट उम्मेदवार हुनेबारे छलफल

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जिल्लाका नेताहरूले पूर्वी रूकुमबाट उम्मेदवार हुनेबारे छलफल गरेका छन्। पूर्वी रूकुम अध्यक्ष कुमारी बराल गौतमसहितका नेताहरूले संयोजक प्रचण्डसँग आइतबार छलफल गरेका थिए। संयोजक प्रचण्ड आइतबार साँझ दिल्ली गएका छन्। त्यसअघि उनले...

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ। सोमबार भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई तोकेको स्थान हद फुकुवा गरेको हो। यसअघि उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न...

वीरगञ्जमा निषेधाज्ञा जारी

३ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा आदेश जारी भएको छ। सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो। पूर्वमा बसपार्क, पश्चिमा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी भएको छ।...

विशेष महाधिवेशनबारे पत्रकारहरूको प्रश्नमा कृष्ण सिटौलाको जबाफ

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज काठमाडौंको जमलमा केही पत्रकारहरूसँग संवाद गरे। पत्रकारहरूले विशेष महाधिवेशन, १५ औं महाधिवेशन र आगामी चुनावलगायत विभिन्न विषयमा सिटौलामाथि प्रश्न गरे। जबाफमा सिटौलाले राष्ट्रिय सभामा अरू दलसँग कांग्रेसले तालमेल गर्नेबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय...