ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हुम्लामा आगलागी हुँदा दुई जना घाइते, पाँचवटा घरमा क्षति

५ मिनेट अघि   सेतोपाटी

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन्। आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए। गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको थियो। आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार युवक घाइते

१५ मिनेट अघि   सेतोपाटी

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल...

आईएसलाई लक्ष्य गरेर अमेरिकाले गर्‍यो नाइजेरियामा हवाई हमला

२८ मिनेट अघि   सेतोपाटी

इस्लामिक स्टेट (आईएस)का लडाकुहरूलाई लक्ष्य गर्दै अमेरिकाले नाइजेरियामा हवाई हमला गरेको छ। बिहीबार पश्चिम नाइजेरियका विभिन्न ठाउँमा आईएस लडाकूलाई लक्ष्य गरेर अमेरिकाले शक्तिशाली हवाई हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो आदेशपछि नाइजेरियामा हवाई...

वैदिक चेतना बिनाको शिक्षा अर्थपूर्ण बन्ला?

५८ मिनेट अघि   सेतोपाटी

शिक्षामा अनुभवात्मक सिकाइलाई प्रश्न वा खोज (इन्क्वायरी) को माध्यमबाट विधिशास्त्रमा समायोजन गरिन्छ। त्यही खोज–प्रक्रिया वा खाकालाई केन्द्रमा राखेको ऋग्वेदको नासदीय सूक्तबाट यो लेख सुरू गर्छु। नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत्। किमावरीवः कुह कस्य शर्मन्न् अम्भः किमासीद्रहनं गभीरम्।। (ऋग्वेद...

किन स्थगित भयो रवि र बालेनबीच हिजो साँझ हुने भनिएको भेट, अब कहिले हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बिहीबार दिउँसो भेटवार्ता हुँदा उनीहरू साँझ वा राति फेरि अर्को चरणको वार्तामा बस्ने गरी छुट्टिएका थिए। रविसँग भेटवार्तापछि बालेनले विभिन्न राजनीतिक दलका नेता र जेनजीसँग छलफल गरे।...

माउन्ट किलिमन्जारोमा उद्धारका लागि गएको हेलिकप्टर दुर्घटना

१ घण्टा अघि   सेतोपाटी

तान्जानियाको माउन्ट किलिमन्जारोमा उद्धारका लागि गएको एउटा हेलिकप्टर दुर्घटना भएको छ। तान्जानियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार माउन्ट किलिमन्जारोमा मेडिकल टिम लिएर उद्धारका लागि पुगेको हेलिकप्टर बराफु क्याम्प नजिक खसेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना...

ज्येष्ठ नागरिक दिवस मनाइँदै

१ घण्टा अघि   सेतोपाटी

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

१ घण्टा अघि   सेतोपाटी

आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदै छ। चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो।  आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका...

अमेरिकी डलरको मूल्य आज स्थिर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। बिहीबार पनि सोही मूल्य कायम थियो।...

२० प्रहरी आफूखुशी गैरहाजिर, सात दिनभित्र हाजिर हुन निर्देशन

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर छन्।   आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार बुधबारदेखि सुरू भएको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय...

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जनाको भने पेटभित्रबाट लागुऔषध निकालिएको ब्यूरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए। हवाईमार्ग हुँदै  नेपाल आएका विदेशी...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने अन्दाजी २१ वर्षीय सागर खड्का रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...

पछिल्लो राजनीतिक दौडधूपप्रति सिके राउतको टिप्पणी– कागलाई बेल पाक्यो हर्ष न विस्मात्

२ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीका अध्यक्ष सिके राउतले पछिल्लो राजनीतिक दौडधूपप्रति कागलाई बेल पाक्यो हर्ष न विस्मात् भन्दै टिप्पणी गरेका छन्। पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शृंखलाबद्ध भेट बढाइरहेका छन्। बिहीबार मेयर शाहले ललितपुरको ज्वागलमा बसेर झन्डै १२ घन्टा विभिन्न राजनीतिक...

जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार

३ घण्टा अघि   सेतोपाटी

दम्पती सूर्यप्रसाद र लक्ष्मी लामिछानेलाई अचेल लाग्न थालेको छ — मान्छेभन्दा मौरी सचेत प्राणी हुन्। किनभने, उनीहरूको तर्क छ — मानिससहित अरू प्राणीले अन्य जीवजन्तु र वातावरण विनाश गरेका छन्। मौरीले गर्दैनन्। मानिस र प्रकृतिका साना साथी मौरीले दिने योगदान देखेर उनीहरू आफै पनि...

ओलीलाई पत्रकारको प्रश्न– बालेन शाह तपाईंसँग चुनाव लड्न झापा जाने रे, के भन्नुहुन्छ?

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सभापति तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयरले आफूसँग झापामा चुनाव लड्न चाहेको विषयमा पहिलो पटक सार्वजनिक प्रतिक्रिया जनाएका छन्। बिहीबार पत्रकारहरूले 'बालेन शाह तपाईंसँग चुनाव लड्न झापा जाने रे, के भन्नुहुन्छ?' भनेर ओलीलाई प्रश्न गरेका थिए।...

बालेनको आज रविसँग भेटवार्ता नहुने, कुलमानसँग भने मिलेर जाने सहमति

११ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बिहीबार दिउँसो भेटवार्ता हुँदा उनीहरू साँझ वा राति फेरि अर्को चरणको वार्तामा बस्ने गरी छुट्टिएका थिए। तर समय नमिल्दा बिहीबार साँझ वा राति हुने भनिएको भेट स्थगित...

सिन्धुलीको कमलामाईका केही क्षेत्रमा कर्फ्यू जारी

११ घण्टा अघि   सेतोपाटी

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ का केही स्थानमा कर्फ्यू जारी भएको छ। धुरा बजारमा भएको घटनापछि उत्पन्न अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यू आदेश जारी गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पुस १० गते बेलुका साढे आठ बजेदेखि बिहान...

'बाह्रखरी कथा प्रतियोगिता' मा 'एक मान्ठ एक देउता' प्रथम

१३ घण्टा अघि   सेतोपाटी

सातौं बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीद्वारा लिखित 'एक मान्ठ एक देउता' शीर्षकको कथा प्रथम भएको छ। बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच उत्कृष्ट कथा घोषणा गरिएको हो।  प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रूपैयाँ पुरस्कार पाएका छन्। घोषणा समारोहमा...

कांग्रेसमा सकियो ७५ प्रतिशत क्रियाशील सदस्यको नवीकरण

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले अहिलेसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण सकेको छ। यो तथ्यांक १४ औं महाधिवेशनको भन्दा बढी हो। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली 'स्नेही' ले आजसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता...

नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी भोलिदेखि

१४ घण्टा अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि ३ दिने ड्रोनबाट खिचिएका तस्बिरहरूको विशेष प्रदर्शनी हुने भएको छ।  सेतोपाटीका फोटो पत्रकार नबिनबाबु गुरूङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालका विभिन्न भू-भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ-बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने...

मनोवैज्ञानिक थ्रिलर 'द ब्लु लाइट' को टिजर सार्वजनिक

१४ घण्टा अघि   सेतोपाटी

मनोवैज्ञानिक थ्रिलर फिल्म 'द ब्लु लाइट' को टिजर सार्वजनिक भएको छ। बिहीबार क्रिसमसको अवसर पारेर सार्वजनिक टिजर अभिनेता महेश त्रिपाठी र अभिनेत्री बेनिशा हमालको संवादसँगै सुरू हुन्छ।  पात्रहरूको मनोवैज्ञानिक तनाव, प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दालगायतललाई टिजरमा देखाउने...

उत्तर कोरियाले गर्‍यो लामो दूरीको नयाँ मिसाइल परीक्षण

१४ घण्टा अघि   सेतोपाटी

उत्तर कोरियाले लामो दूरीको नयाँ प्रकारको मिसाइल परीक्षणको गरेको छ। उत्तर कोरियाली नेता किमले उच्च-उचाइमा उडेर लामो दूरीमा प्रहार गर्ने सो मिसाइल परीक्षणको निरीक्षण गरेको सरकारी सञ्चार माध्यमले जनाएका छन्। उनले आणविक शक्तिबाट चल्ने पनडुब्बी निर्माणको पनि अनुगमन गरेका छन्।...

मेयर बालेन र खगेन्द्र सुनारबीच के भयो कुराकानी ?

१५ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँगको भेटमा आफू राजनीतिमा आएको र नयाँ पार्टीहरूको साथ सहयोग चाहिएको बताएका छन्। 'म राजनीतिमा आए, तपाईहरूको साथ सहयोग के छ ?' भनेर आफूलाई सोधेको अध्यक्ष सुनारले जानकारी दिए। जेन-जी...