ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

८ मिनेट अघि   सेतोपाटी

शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो। शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन्भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि...

सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् 'ब्लू चिप'?

४५ मिनेट अघि   सेतोपाटी

केही वर्ष अघिसम्म बजारमा चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी 'ब्लु चिप' कम्पनीको रूपमा मानिन्थे। धेरै उतारचढाव नहुने, वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित लाभांश दिइरहने, विश्वसनीय ब्रान्ड र सुदृढ वित्तीय अवस्था रहेका कम्पनीहरूलाई सेयर बजारमा 'ब्लु चिप' कम्पनी भनिन्छन्। पछिल्लो...

मण्डला थिएटरमा बहादुरपुरको दन्त्यकथा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक बहादुरपुरको दन्त्यकथाको नियमित मञ्चन सुरू भएको छ।  प्रशिद्ध भारतीय नाटककार बादल सरकारद्वारा लिखित बंगाली नाटक ‘बल्लभपुरेर रूपकथा’मा आधारित नेपाली नाटक ‘बहादुरपुरको दन्त्यकथा’ आगामी पुस २७ गतेसम्म  सोमबार बाहेक नियमित मञ्चन हुनेछ। ४२१ वर्ष पुरानो भग्नावशेष बन्दै गएको...

नयाँहरू मिलेकै त राम्रो!

१ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर त्यसो त पुरानाहरू पनि मिलेकै राम्रो। नयाँहरू त झन् मिलेकै राम्रो! अस्तिताक कुलमान घिसिङले मेयर बालेन शाहसँगको तस्वीर साझा गर्दै 'देश बनाउन' मिल्न खोजिएको सन्देश दिएका थिए। धेरै लाइक्स बटुले। रवि लामिछाने पुर्पक्ष–कारावासमै हुँदा भएको कुरा हो त्यो। रवि...

फरार कैदीबन्दी गोकर्णेश्वरबाट परे पक्राउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई पक्राउ गरेको जनाएको छ। गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका तामाङलाई...

तराई–मधेसमा बिहीबारसम्म शीतलहरको चेतावनी, प्राधिकरणले जारी गर्‍यो ६ बुँदे सन्देश

२ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि पुस १० गतेसम्मका लागि तराईमा हुस्सु/कुहिरो/शीतलहरको अवस्था रहन सक्ने बताएको छ। मंगलबार चेतावनी तथा परामर्श सन्देश जारी गर्दै विभागले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पर्ने देखिएको विभागले...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र...

आगामी हप्ता यस वर्षको हिउँद यामको पहिलो वर्षा हुने सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हिउँद लागेपछि एक झर पानी परेको छैन। पश्चिमी बादलले आकाशमा कतैकतै बादल देखा परे पनि चिसो बढाउनेबाहेक अहिले पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। पानी नपर्दा वायु मण्डलमा धुवाँ-धूलोका कणहरू जम्मा भएका छन्। वायु प्रदूषण...

समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ। आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त...

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

४ घण्टा अघि   सेतोपाटी

सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ। सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो। समितिले...

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

४ घण्टा अघि   सेतोपाटी

राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ। कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ।  विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान...

'महँगो विदेशी फल देखेर यो के हो भन्थे, अहिले यहीँको उत्पादन छ बजारभरि'

४ घण्टा अघि   सेतोपाटी

कुनै समय बजारमा किवी देख्दा धेरैले प्रश्न गर्थे — यो के हो? कसैले आलुसँग तुलना गर्थे, कसैले चाखेर अमिलो रहेछ भन्दै नकिनी फर्किन्थे। विदेशबाट मात्र आउने, महँगो र सीमित उपभोक्ताले मात्रै फल मान्ने किवी अहिले भने काठमाडौंका सामान्य फलफूल पसलदेखि होटलका सलाद...

गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण

१३ घण्टा अघि   थाहाखबर

सुर्खेत : गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन...

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि...

१३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई...

कांग्रेस : यता निर्वाचनका लागि संवाद, उता संसद्‍ पुनर्स्थापनमा पूरक निवेदन, बुधवार पेशी

१३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग संवाद सुरु भएकै दिन कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन्। विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत पूरक निवेदन...

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा

१४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र...

राप्ती उपत्यकामा रूख काटेको आरोपमा गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष दोषी ठहर

१४ घण्टा अघि   सेतोपाटी

दाङ जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र तीन जना वडाध्यक्षसहित आठ जनालाई जथाभावी रूख काटेको आरोपमा दोषी ठहर गर्दै कैद सजाए सुनाएको छ।  जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले पुस २ गते राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर १ का...

जेनजी युवाहरूसँग बहस– तपाईंहरूले चाहेको परिवर्तन के हो?

१४ घण्टा अघि   सेतोपाटी

'लोकतन्त्रको सुधार–दलहरूमा सुधार' बहस शृंखलाको चौथो अंकमा मैले तीन जना प्रखर जेनजी युवाहरूसँग कुराकानी गरेको छु। भदौ २३ गतेको प्रदर्शन आयोजना गरेका र त्यो दिन आफै सडकमा ओर्लिएका तीन जना युवाहरू रक्षा बम, रिजन मगर र उपार्जुन चाम्लिङलाई मैले बहसका लागि सेतोपाटीको...

मानव अधिकार आयोगले पुरूषोत्तम यादवलाई पनि बोलायो बयानमा

१४ घण्टा अघि   सेतोपाटी

मानव अधिकार आयोगले जेनजी प्रतिनिधिलाई पनि बयानमा बोलाएको छ। बुधबार बिहान ११ बजे आयोगले आफूलाई बोलाएको पुरूषोत्तम यादवले बताए। ‘भोलि बिहान ११ बजे कार्यालयमा आउनु भन्नुभएको छ,’ उनले भने। भदौ २३/२४ गतेको घटनाबारे आयोगले छानबिन गरिरहेको छ। सोमबार आयोगले मेयर बालेन...

पोखराका मेयर आचार्य भन्छन्– फेवातालको सिमसार पुर्नेलाई फौजदारी अभियोग लाग्ने कानुन चाहियो

१४ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालसहित रामसार सूचीमा सूचीकृत पोखराका ९ वटै ताल पुर्ने व्यक्तिलाई फौजदारी अभियोग लाग्ने कानुन आवश्यक परेको बताएका छन्। फेवातालको सिमसार क्षेत्र अतिक्रमण गर्ने, पुर्ने र जथाभाबी डोजर चलाउने प्रवृत्ति रोक्दा–रोक्दा आफू हैरान भएको भन्दै मेयर आचार्यले...

भेरी-बबई आयोजनाको कानुनी अप्ठ्यारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्‍यो- गृहमन्त्री अर्याल

१४ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका-११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मंगलबार स्थलगत अवलोकन गरेका छन्।  कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुगेका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुगेर आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक...

केपी ओलीसँग झापामा चुनाव लड्ने बालेनको चाहना

१४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फागुन २१ को निर्वाचनअघि नै एक ठाउँ ल्याउन तारन्तार प्रयास भएका थिए। जेनजी अभियानबाट उदाएका 'हामी नेपाल' का संस्थापक सुदन गुरूङ पनि यी दुईलाई मिलाउन प्रयासरत...

प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै बैठक

१५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति कार्यालयमा भएको छलफललगत्तै प्रधानमन्त्री सुशीला कार्की बाहिरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल सुरु गरेका छन्। अहिले राष्ट्रपति पौडेलसँग कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष...

किन दर्जनौं पटक पक्राउ पर्दा पनि फेवातालको सिमसार पुर्न उद्दत छन् खतिवडा?

१५ घण्टा अघि   सेतोपाटी

पोखराका व्यवसायी युवराज खतिवडाले फेवाताल जलाधार क्षेत्रमा अवैध रूपले डोजर चलाउँदै सिमसार पुर्न थालेको पाँच वर्षभन्दा बढी बितिसकेको छ। यसबीच उनले फेवातालको आकारै घट्ने गरी सिमसार क्षेत्रको ५०० रोपनीभन्दा बढी जमिन पुरिसकेको स्थानीयदेखि पोखरा महानगरका मेयर धनराज आचार्य नै बताउँछन्। सिमसार...