ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कामपाले शिक्षा क्षेत्रमा गर्‍याे एक अर्ब ७७ करोड खर्च

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा हालसम्म ५३.८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ।  महानगरपालिकाले शिक्षातर्फ यस वर्षका लागि ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।...

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

२ मिनेट अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्करहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन्। यस घोषणासँगै उनले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका छन्। ल्याटिन...

एमाले महाधिवेशनमा साढे १२ बजेसम्म खस्यो ४ सय मत

११ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ। बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको हो। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँसगँगै मतदान गरेका थिए। एमाले महाधिवेशनमा १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ आयोगका...

एमाले महाधिवेशनः मतदान विद्युतीय, प्रचार कागजी (तस्बिरहरू)

१६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ।  एमालेले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै आइरहेको छ।  भृकुटीमण्डपमा एमालेका महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन छ। लाइनमै उम्मेदवारहरूको प्रचार गरिरहेका छन्।  विद्युतीय भोटिङ मेसिनबाट मतदान भए पनि उम्मेदवारहरूको प्रचार भने कागजी...

निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छिन्।  ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले गत भदौ २३ र...

भोट खसालेर निस्केपछि कार्यकर्तासँग सेल्फी खिचाउँदै, हात मिलाउँदै हिँडे ओली (भिडिओ)

२३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको जारी ११औं महाधिवेशनमा सबभन्दा पहिला मतदान गरेका अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीलाई भोट खसाल्न ४० मिनेट लागेको थियो। भोट हालेर मतदान स्थलबाट बाहिर निस्केपछि उनी बाहिर भेला भएका कार्यकर्तासँग संक्षिप्त कुराकानी गर्दै, हात मिलाउँदै र फोटो खिचाउँदै हिँडका थिए। उनीसँग...

शिक्षामा कामपा : ३० हजार बढीलाई छात्रवृत्ति, ३९ विद्यालयको नाम परिवर्तन

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : गएको वर्षमा काठमाडौं महानगरपालिकाभित्र ३० हजार भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ। महानगरपालिका शिक्षा विभागले शिक्षा क्षेत्रमा आव २०८१/८२ को वार्षिक समीक्षा गर्दै ३० हजार ७ सय ७९ जना विधार्थीलाई पूर्णछात्रवृत्ति दिएको जानकारी दिएकाे हो। महानगरपालिकाले...

पहेंलपुर कोन्ज्योसोम, तस्वीरहरू

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका यतिखेर तोरी फुलेर पहेंलपुर छ। ललितपुर जिल्लाको ६ वटा स्थानीय तह मध्ये ५ वटा वडा रहेको यो गाउँपालिकामा तोरी खेती राम्रो हुने गर्छ। पहाडी भूभाग भएकोले बिना सिँचाई आकासे पानीको भरमा भएपनि खेती गरिने...

टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालसहित एसियाका सात देशमा हुने

३९ मिनेट अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर सुरु भएको छ। भारतमा सुरु भएको ट्रफी टुर एसियाका देशमा हुनेछ। जसमा भारतसहित श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी-२० विश्वकपको ट्रफी ल्याइनेछ। टुरका दौरान लाखौं फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ।...

नेसनल लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

१ घण्टा अघि   सेतोपाटी

नेसनल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेको छ।  कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी...

हेटौंडा सडक विस्तारको सुनुवाइ न्यायाधीश श्रेष्ठ र पोखरेलको इजलासमा

१ घण्टा अघि   सेतोपाटी

हेटौंडा सडक विस्तार गर्नेविरूद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। रास्वपाकी तत्कालीन सांसद विन्दवासिनी कंसाकरसहितले दायर गरेको रिटमा बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो। हेटौंडाको मुख्य बजारको सडक दायाँ बायाँ २५-२५ मिटर सडक विस्तार...

राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैन : पदम गिरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले देश संकटासन्न अवस्थामा...

पक्ष-विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन्।  बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए। उनले सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने...

रणवीर-अक्षयको 'धुरन्धर' भारतमा चार सय करोड क्लबमा

१ घण्टा अघि   सेतोपाटी

रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको हिन्दी फिल्म 'धुरन्धर' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले रिलिजको १२ औं दिनसम्म भारतमा ४ सय करोड भारूभन्दा माथि नेट कमाइ गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। स्पाइ एक्सन थ्रिलर यो फिल्मले दोस्रो हप्ताको...

भित्र मतदान, बाहिर प्रचार (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

एमालेको ११ औं महाधिवेशन अन्तर्गत धमाधम मतदान भइरहेको छ।  बिहान साढे ९ बजेदेखि मतदान सुरू भएकोमा साढे ११ बजेसम्म साढे ३ सय मत खसेको छ।  प्रतिनिधिहरूलाई मतदानका लागि औसतमा ३५ मिनेट लागेको छ। महाधिवेशनमा २ हजार २६२ प्रतिनिधिले मतदान गर्नेछन्।...

एमाले महाधिवेशन- आज बेलुकी १० बजेभित्रै मतदान सक्ने लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनमा अहिले मतदान चलिरहेको छ। अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ। मतदान भृकुटीमण्डपमै भइरहेको छ। दुई घन्टामा ३५० जनाले मतदान गरिसकेका छन्। एमालेमा २२...

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरूको चाहना पूरा हुनेछैनः महेश बर्तौला

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ​नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन्।  बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताउनुभएको हो। उनले एमाले अहिले पनि जनताको प्रिय पार्टी भएको बताउँदै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने...

औलो लाग्ने ठाउँमा बस्ती बसेपछि बाटो बन्यो, अहिले त्यही बाटोले खाँदैछ बस्ती

१ घण्टा अघि   सेतोपाटी

मंसिर २० गते, शनिबार। त्यस दिन बिहानैदेखि घर भत्काउँदै हिँडेको डोजर दिउँसो १२ बजेतिर हेटौंडा बजारको पशुपतिनगर बस्ने सीता सुवेदीको घरमा बज्रिन थाल्यो। सडक डिभिजन कार्यालयले बुद्धचोकबाट रातोमाटेसम्म सडक दायाँबायाँ २५–२५ मिटरमा रहेका घर–टहरा भत्काउन १५ दिनको अल्टिमेटम दिएको थियो। त्यो अल्टिमेटम शनिबार सकिएकाले बिहान ५...

सिद्धार्थ क्यापिटलमा रोजगारीको अवसर

१ घण्टा अघि   सेतोपाटी

सद्धार्थ क्यापिटलमा रोजगारीको अवसर खुलेको छ। कम्पनीले मानव संसाधन अफिसर माग गरेको हो। इच्छुकले मानव संसाधन व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।  साथै, सम्बन्धित क्षेत्रमा दुई वर्षको कार्य अनुभव हुनुपर्ने कम्पनीको भनाइ छ।  इच्छुकले पुस ८ गतेसम्म आवेदन...

प्रतिनिधि सभा पुनर्स्थापना माग्दै कांग्रेसका पूर्वसांसदहरूले हालेको रिटमा आज सुनुवाइ हुने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिटको सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ। कांग्रेसका विघटित प्रतिनिधि सभाको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते दर्ता गरेको रिटमाथि बुधबार संवैधानिक इजलासमा...

जुम्ला कांग्रेसबाट कान्तिका सेजुवालसहित को-को सिफारिस?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। केन्द्रीय सदस्य कान्तिका सेजुवालसहित ४ जनाको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस भएको हो। कान्तिका, जिल्ला सभापति कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्यको नाम सिफारिस भएको...

बढ्यो सुनको भाउ, चाँदी हालसम्मकै उच्च

१ घण्टा अघि   सेतोपाटी

बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो। मंगलबार सुन प्रतितोला दुई लाख...

चाँदीको भाउ प्रतितोला ४ हजार नाघ्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :आज चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ। पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ। एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको...

भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि भइरहेको मतदानमा एकचोटिमा ५० जनाले भोट हालिरहेका छन्। प्रतिनिधिहरूले मतदान गर्न जानुअघि आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। त्यस आधारमा मतदान स्थलमा प्रवेश पाइन्छ। कार्ड स्क्यान गरेर भित्र गएपछि त्यो कार्ड प्वाल पारिन्छ। त्यसपछि प्रतिनिधि भोटिङ मेसिन...