ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मुख्य सचिवमा सुमनराज

२५ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको २९ औँ मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने भएको छ। ५८ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका एकनारायण अर्यालपछि सुमनराज अर्याल मुख्य सचिव पदमा नियुक्त हुन थालेका हुन्। मुख्य सचिवको रूपमा उनले अब ७ महिना...

हत्या भएको ९ दिनपछि मात्रै फेला परेको थियो बसपार्कमा मायाको शव

११ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बसपार्कमा मृत फेला परेकी युवतीको शव ९ दिनअघि नै हत्या भएको खुलेको छ। शनिबार बिहान टोखा नगरपालिका-९ स्थित बसपार्क नजिकै सडक छेउमा पोको पारिएको अवस्थामा शव फेला परेको थियो। मृतक माया भन्ने आयुषा मगर हुन्। उनको हत्या भने कात्तिक...

एआइजीमा बढुवा भएका ईश्वर कार्कीको काठमाडौं उपत्यकामा पदस्थापन

२० मिनेट अघि   सेतोपाटी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका ईश्वर कार्कीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई बढुवा गर्ने निर्णय गरेको हो। सोही बैठकले रिक्त रहेको कार्यालयको प्रमुखमा कार्कीको पदस्थापन गरेको हो। कार्की यसअघि कोशी...

तीन जना डिआइजीको सरूवा

२६ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ। सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले तीन जना डिआइजीको सरूवा गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालयमा विनोद घिमिरेको सरूवा भएको हो। दिलिप सिंह...

रूसले तेलको भाउमा भारतलाई दियो भारी छुट!

३१ मिनेट अघि   सेतोपाटी

अमेरिकाले रूसका शीर्ष  तेल उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि रूसले भारतलाई कच्चा तेलको भाउमा भारी छुट प्रस्ताव गरेको छ। तेल बेचेर युक्रेनसँग युद्ध लडिरहेको रूसलाई दबाव हाल्न अमेरिकाले भर्खरै रूसका रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि रूसले भारतलाई आफ्नो...

एमाले उपाध्यक्ष बराललाई प्रश्न : चुनावको तयारी गरेर संसद् पुनःस्थापनाको अडान किन ? [अन्तरवार्ता]

३३ मिनेट अघि   थाहाखबर

नेकपा एमाले संसद् विघटनविरुद्ध उभिँदै आएको छ। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनलाई उसले ‘असंवैधानिक’ भनेको छ।   विगतमा दुई–दुई पटक आफैँ संसद् विघटन गरे पनि सर्वोच्च अदालतले ब्युँत्याइदिएको नजिर पेस गर्दै एमालेले अहिले संसद् पुनःस्थापनाका लागि आफ्नो शक्ति खर्चिरहेको छ।...

दिपल एस–०७ आइसिएमा ‘बाइब्याक ग्यारेन्टी’, शून्य खर्च स्किम पुनः सुरु

५३ मिनेट अघि   सेतोपाटी

नेपालका लागि दिपल लक्जरी इभीका अधिकृत विक्रेता एमएडब्लु वृद्धिले आफ्नो फ्ल्यागसिप मोडल दिपल एस–०७ आइसिएमा ‘बाइब्याक ग्यारेन्टी’ र ५ वर्षसम्म शून्य खर्च स्किम पुनः सुरू गरेको छ।  स्किमले ग्राहकको ‘रिसेल भ्यालु’को चिन्ता घटाउँदै इभी स्वामित्व अनुभवलाई अझ सहज बनाउने कम्पनीको...

कर्णालीले सुदूरपश्चिमलाई रोक्यो १३९ रनमा

५७ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १३९ रनमै रोकेको छ। १४० रनको लक्ष्य प्रस्तुत गरेको सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३९ रन बनाउन सके। टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको...

विदेशबाट मतदान: परराष्ट्र मन्त्रालयले देखायो १० चुनौती

५८ मिनेट अघि   सेतोपाटी

परराष्ट्र मन्त्रायलले विदेशस्थित नेपाली नियोगहरूमा मतदाता उपस्थित भएर गरिने मतदानको व्यवस्थापन गर्न लगभग असम्भव रहेको जनाएको छ। नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा भएका नेपाली नागरिकलाई तीन प्रकारको मतदानको सेवा उपलब्ध गराउन सकिने निष्कर्ष सहितको अध्ययन प्रतिवेदन सरकारलाई दिएको छ। जसमा दूतावासमा...

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनायो। सुदूरपश्चिमका   लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। आरिफ शेख २७, हर्मित सिंह १९ क्रिश ली १८, विनोद...

सञ्चालनमा आयो पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’, १ लाख रूपैयाँसम्मका कोठा

१ घण्टा अघि   सेतोपाटी

सौराहाको पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आएको छ। कम्पनीका अध्यक्ष रामेश्वर शाहले रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिएका हुन्।  यो रिसोर्ट केटिएम हस्पिटालिटीले सन् २०२० बाट बनाउन थालेको थियो। देसमा घटेका विभिन्न राजनीतिक र सामाजिक घटनाले गर्दा होटल बनाउन केही ढिलाइ...

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि जेनजीको आक्रोश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजीहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन्। ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन्। सरकार...

कांग्रेसका विशेष महाधिवेशन पक्षलाई राष्ट्रपतिले भने- आन्तरिक कुरा आफै मिलाउनू, चुनावकै तयारी गर्नू

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर कुराकानी गरेका छन्। शीतल निवासमा सोमबार विशेष महाधिवेशन पक्षधर नेताहरू र राष्ट्रपति पौडेलबीच करिब सवा घन्टा छलफल भएको हो। राष्ट्रपतिसँगको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, आगामी चुनाव र दलहरूले खेल्नुपर्ने...

सिंहदरबार छिर्न नपाएपछि गेटमै माग पत्र टाँसेर फर्किए मिराज ढुंगाना नेतृत्वको जेनजी समूह (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर मिराज ढुंगाना नेतृत्वको जेनजी समूह बाहिरिएको छ। सोमबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका जेनजी अगुवाहरू पुगेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले...

‘विश्वविद्यालयमा प्रधानमन्त्री होइन, प्राज्ञिक व्यक्ति कुलपति बन्नुपर्छ’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘मैले प्रधानमन्त्रीज्यूलाई कति वटा विश्वविद्यालयको कुलपति हुनुहुन्छ‚ थाहा छ भनेर सोधेँ एक दिन, उहाँले कहाँ थाहा हुनु?, मलाई थाहै हुँदैन भन्नुभयो, अब कुलपतिले आफू यति वटा विश्वविद्यालयको कुलपति छु भन्ने थाहा नभएपछि कसरी चल्छ?,अनि यस्तो किसिमको कुलपति राखेर कसरी विश्वविद्यालय...

नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धबाट राजस्व लक्ष्य पूरा गर्न सकिन्छ : समिति

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ। आज(सोमबार) समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत वर्ष...

प्रधानमन्त्री कार्यालय अगाडि जम्मा भए जेनजीहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि जेनजी‍ अगुवाहरू भेला भएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका जेनजी अगुवाहरू भेट नपाएपछि कार्यालय अगाडि नै जम्मा भएर बसेका हुन्।  सुदन गुरूङको द काउन्सिल अफ जेनजी समूहमा रहेका र मिराज ढुंगानाको गरिखान देऊ समूहमा...

ट्याटु हाउसबाट सुरू भएको थियो टिओबी

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ गतेको जेनजी आन्दोलनमा उच्छृंखल गतिविधिका लागि प्रयोग भएका मोटरसाइकलहरू प्रहरीले सोमबार सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा साइलेन्सर पड्काउँदै बिजुलीबजार क्षेत्र र काठमाडौंका अरू ठाउँहरूमा कुदाइएका मोटरसाइकललाई विभिन्न मितिमा नियन्त्रणमा लिएको थियो। त्यस्ता झन्डै एक दर्जन मोटरसाइकल जिल्ला प्रहरी...

अमिताभ बच्चनले भन्दा बढी सुपरहिट दिए, तर सुपरस्टार कहलिएनन्

२ घण्टा अघि   सेतोपाटी

धर्मेन्द्र बलिउडका यस्ता अभिनेता हुन्, जसले करिब ६ दशक लामो करिअरमा राजेश खन्ना, अमिताभ बच्चन, शाहरूख खान वा सलमान खानभन्दा बढी हिट फिल्म दिएका छन्, तर उनी कहिले पनि बलिउडका 'सुपरस्टार' कहलिएनन्। मुम्बईको आफ्नै घरमा सोमबार निधन भएका धर्मेन्द्रले एक्सनदेखि...

सुदूरपश्चिमविरूद्ध कर्णालीका कप्तान सोमपाललाई 'रोयल डक'

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ।  टस जितेको कर्णालीले फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमविरूद्ध कर्णालीका कप्तान सोमपाल कामीले रोयल डक लिएका छन्। उनले सुदूरपश्चिमका ओपनर...

सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

२ घण्टा अघि   सेतोपाटी

सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले रक्षा सचिव रहेका अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनी वरिष्ठ सचिव थिए। मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण...

जो अमेरिकामा तोफुको गुणस्तर हेर्छिन्

२ घण्टा अघि   सेतोपाटी

सेतोपाटी ग्लोबल चितवनकी सन्ध्या सुवेदी अमेरिकाको क्यालिफोर्नियामा रहेको एक तोफु बनाउने उद्योगमा काम गर्छिन्। तीन वर्षदेखि उनी त्यहाँको खाद्य स्वच्छता र गुणस्तर नियन्त्रण शाखामा कार्यरत छिन्। सन् २००४ मा स्थापनित होडो फुड्स नामक कारखानाका लागि आउने कच्चा पदार्थ अनि त्यहाँ बनाइएको तोफु...

एमालेले कसरी छान्दैछ झन्डै २२ सय महाधिवेशन प्रतिनिधि?

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोटका लागि चुनावी कार्यक्रम सोमबारबाट सुरू भएको छ। आज अधिकांश जिल्लाले मतदाता नामावली प्रकाशित गरेका छन्। एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन्। त्यसमध्ये अधिकांश जिल्ला...

धर्मेन्द्रको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के भने?

२ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जाल 'एक्स' मार्फत श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री मोदीले धर्मेन्द्रको निधनलाई भारतीय फिल्म क्षेत्रमा एउटा युगको अन्त्य भएको बताएका छन्।  मोदीले लेखेका छन्, 'धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा...