ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पोखराविरुद्ध मार्टिन गुप्टिलको अर्धशतक

४१ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : पोखरा एभेन्जर्सविरूद्ध विराटनगर किंग्सका ओपनर मार्टिन गुप्टिलले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरका लागि   गुप्टिलले २८ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रनमा खेलिरहेका छन्।  यसअगाडि आजको पहिलो खेलमा कर्णाली याक्सका प्रियन्क पान्चल र चितवन...

जेनजी आन्दोलनमा छोरा सहिद भए, श्रीमानको जागिर गुम्यो, नजलाको आँखा ओभाएनन्

४ मिनेट अघि   थाहाखबर

पर्सा :जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुनको आँखा अहिले पनि ओभाएका छैनन्। काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोराको यादले उनी अहिलेसम्म पनि सम्हालिन सकिरहेकी छैनन्।...

मंसिरभित्रै विशेष महाधिवेशन गर्न मागसहित कांग्रेस गण्डकीले केन्द्रीय समितिमा पठायो निर्णय (पूर्णपाठ)

२० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस गण्डकी प्रदेशले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने भन्दै यदि कुनै कारणले सम्भव नभए मंसिरभित्रै विशेष महाधिवेशनमा जानुपर्ने निर्णय गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारीसहित निर्णय पठाएको छ। कात्तिक २९ गते कांग्रेस गण्डकी प्रदेशले भेला आयोजना गरेको थियो। उक्त भेलाको...

जेनजी प्रदर्शनका २ हजार ४२९ घाइतेलाई १५ हजारका दरले राहत दिने निर्णय

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकराले जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार राहत दिने निर्णय गरेको छ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको जानकारी दिए।  उनका अनुसार सरकारले नेपाल विशेष...

ओली र लेखकलाई कारबाहीको माग राख्दै ७ दिनदेखि आमरण अनसन बसिरहेका यादव

२७ मिनेट अघि   सेतोपाटी

एक साता भयो! काठमाडौं, माइतीघर मण्डलको चिसो सडकमा सुतिरहेका छन्, २७ वर्षीय यादव सिंह। उनी कात्तिक २५ गतेदेखि  चौबीसै घन्टा त्यहीँ छन्। भदौ २३/२४ गते जेनजी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट मारिएका र घाइतेहरूको माग सम्बोधन नभएको भन्दै उनी आमरण अनसन बसेका हुन्।...

कलाकार समेत हुन् साम्राज्ञीले इन्गेजमेन्ट गरेका विशाल, सँगै खेलेका छन् म्युजिक भिडिओ

३३ मिनेट अघि   सेतोपाटी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मंगलबार आफ्ना फ्यान तथा शुभचिन्तकलाई सरप्राइज दिइन्। उनले इन्स्टाग्राममार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक गरिन्। पोस्टमा उल्लेख गरिएअनुसार उनले सोमबार इन्गेजमेन्ट गरेकी हुन्।  उनले कोसँग इन्गेजमेन्ट गरेको भनेर आफ्नो पोस्टमा केही खुलाएकी...

पछिल्लो राजनीतिक घटनाक्रम प्रतिगामी हो, त्यसविरुद्ध सडक आन्दोलन गर्नुपर्छ : विष्णु पौडेल

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसविरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने टिप्पणी गरेका छन्। मंगलवार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरे। उनले गत भदौ २३ र २४ मा...

हामी न झुक्छौं, न झुकिन्छौं: गगन थापा (भिडिओ)

४१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अडान राख्दै आएको बताएका छन्। मंगलबार दिउँसो एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टी रूपान्तरणका लागि यसपटक कसैसँग नझुक्ने पनि बताए। ‘अहिले भित्र बहस भइरहेको...

प्रतिनिधिसभा ब्यूँताउन अदालत जान्छौँ : केपी ओली

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफूहरू अदालत जाने बताएका छन्। मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा पुनःस्थापनाका लागि पार्टी कानूनी उपचारका लागि अदालत जाने बताए।...

अहिलेकै पार्टी बोकेर भोट माग्न जान सकिँदैन :  थापा

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई रुपान्तरण नगरी चुनावमा जान नसकिने बताएका छन्। सामाजिक संजालमा भिडियो सन्देश जारी गर्दै थापाले अहिले पार्टीमा भइरहेको छलफल अधिवेशन चुनाव अगाडि वा पछाडि भन्ने भन्दा पनि पार्टी पुनर्गठनको कुरा भएको बताए। ‘अहिले...

शेख हसीनालाई सुपुर्दगी गर्न बाध्य छ भारत ?

५६ मिनेट अघि   थाहाखबर

एजेन्सी : बंगलादेशको अन्ताराष्ट्रिय अपराध न्यायाधीकरण (आइसिटी) ले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसीनालाई मृत्युदण्डको सजाय सुनाएकोप्रति भारतले संयमित प्रतिक्रिया दिएको छ। यो घटनाक्रमले दुई देश बीचको सम्बन्धमा तनाव बढ्ने आशंका समेत गरिएको छ। बंगलादेशको विदेश मन्त्रालयले आइसिटीबाट फैसला आएको केही बेरपछि नै...

पत्रकार सुरेश रजककी श्रीमतीले पाइन् रोजगारी

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतिलाई रोजगारीको व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो। आज सञ्चार मन्त्रालयमा आयोजित...

जेनजी आन्दोलनको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भनेको सुनिन्छ, के हो जिम्मा लिनु भनेको?-ओली

५९ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्।   च्यासलमा चलिरहेको निवर्तमान सांसदहरूको भेलामा बोल्दै ओलीले भदौ २३ र २४ को जिम्मा आफूले नलिने दोहोर्याए। ...

एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। एनपिएल सुरक्षाको नेतृत्व गरी रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए। त्यसैगरी, ट्राफिक सशस्त्र...

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा

१ घण्टा अघि   सेतोपाटी

मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ। विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ। अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई...

विराटनगरविरूद्ध पोखराले टस जित्यो, यस्तो छ प्लेइङ-११

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले अपरान्ह विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको छ।  विराटनगर किंग्स  सन्दीप लामिछाने (कप्तान), प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट,...

उपचार खर्चको सकसमा जेनजी घाइते : घाइतेको कार्ड छ‚ सुविधा छैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बझाङका २० वर्षे पारस खड्काको दैनिकी गत भदौ २४ पछि बदलिएर अस्पतालको बेड र घरको एउटा कोठामा रहेको ओछ्यानमा बितेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी पारस २४ गते कालिमाटीमा प्रहरीको गोली लागेर घाइते...

अहिले बाघको छालामा स्यालको रजाइँ भइरहेको छ: ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै अहिलेको सरकार आगजनी, तोडफोड र लुटपाटबाट बनेको आरोप लगाएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार पार्टीका निवर्तमान सांसदहरूको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जेनजी आन्दोलन र सुशीला कार्की नेतृत्वको...

एनपीएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी  परिचालन गरिएको छ। एनपिएल सुरक्षाको नेतृत्व गरिरहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए। त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान...

कर्णालीमाथि चितवनको सहज जित, बने दुई अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजले कर्णाली याक्सलाई मंगलबार ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। चितवनका लागि ओपनर रवी बोपाराले अर्धशतक प्रहार...

युक्रेनलाई १०० वटासम्म रफाल लडाकू विमान बेच्न फ्रान्स सहमत

१ घण्टा अघि   सेतोपाटी

रूससँग युद्ध लडिरहेको युक्रेनलाई फ्रान्सले १०० वटासम्म रफाल लडाकू विमान बेच्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता घटाएपछि युरोपेली राष्ट्रहरूले युक्रेनलाई दिने सहायता बढाउँदै आएका छन्। त्यसकै अनुसार फ्रान्सले युक्रेनलाई १०० वटासम्म रफाल लडाकू विमान बेच्ने प्रतिबद्धता जनाएको द...

नेप्सेमा सुधार, पाँच दिनपछि कट्यो चार अर्ब कारोबार

१ घण्टा अघि   सेतोपाटी

सेयर बजारमा पाँच दिनपछि कारोबार रकम चार अर्ब नाघेको छ।  कात्तिक २५ गतेयता हरेक दिन सेयर बजारमा चार अर्बभन्दा कमको कारोबार भइरहेकोमा मंगलबार कारोबार रकम चार अर्ब १० करोड रूपैयाँको कारोबार भएको हो। सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर...

मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग लिंक गर्नुको कमाल!

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताहरूले उत्साहजक रूपमा नाम दर्ता गराइरहेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार कात्तिक ३० गते यता मात्र ६ लाख २० हजार मतदाताले नाम दर्ता गराएका छन्। नयाँ दर्ता गराउने सबैको नाम मतदाता...

बोपाराको अर्धशतकमा कर्णालीमाथि चितवनको जित

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजले कर्णाली याक्सलाई मंगलबार ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच बल बाँकी छदा ६ विकेट गुमाएर पूरा गर्‍यो। चितवनका लागि ओपनर रवी बोपाराले...