ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ज्ञानेन्द्र शाहीसँग बहसः राप्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा किन?

१३ मिनेट अघि   सेतोपाटी

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः मैले प्रत्यक्ष निर्वाचित कार्यकारीबारे पछिल्लो केही समयदेखि नेताहरूसँग बहस गरेको छु। प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षधर तीन नेताहरू; पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसँगका बहस प्रकाशन भइसकेका छन्। यो शृंखलाको अन्तिम...

देश संकटमा परेको भन्दै विप्लव‚ जनार्दन र भुसाल एक ठाउँमा

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियता, लोकतन्त्र र जनताका अधिकार खतरामा परेको भन्दै विप्लव‚ घनश्याम भुसाल र जनार्दन शर्माले एकजुट हुन आह्वान गरेका छन्। नेकपा महासचिव विप्लव‚ एकीकृत समाजवादीका भुसाल महासचिव र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त रूपमा यस्तो आह्वान गरेका हुन्।...

जनजागृतिमाथि देउराली युथ क्लबको जित

३९ मिनेट अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रवार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ। खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा जन जागृतिका शम्भु थारुले टोलीलाई अग्रता दिलाए पनि देउरालीका मिलन लिम्बुले दुई गोल गर्दै...

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

४८ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएको विषयमा हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नयाँ...

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमार्फत बलियो हुने बताएका छन्। प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको...

अर्थमन्त्री खनालले अघि सारे 'भर्चुअल स्पेसल इकोनोमिक जोन' को अवधारणा

५६ मिनेट अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले ‘भर्चुअल स्पेसल इकोनोमिक जोन’ को अवधारणा अघि सारेका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले त्यस्तो अवधारणा अघि सारेका हुन्।  ‘भर्चुअल स्पेसल इकोनोमिक जोन’ ‘इनोभेटिभ कन्सेप्ट’ हुने बताए।  ‘स्पेसल इकोनोमिक जोन एउटा...

कांग्रेसमा महाधिवेशन बहस : चुनावअघि नै भन्ने मत बलियो, कमजोर हुँदै संस्थापन पक्ष

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसमा १५औँ महाधिवेशन बहस उत्कर्षमा छ। यसअघि सर्ने निश्चित जस्तै भएपछि सेलाइसकेको महाधिवेशन बहस जेनजी आन्दोलनले जगाइदिएको हो।  अहिले कांग्रेसमा ‘महाधिवेशन फागुन २१ को चुनावअघि कि पछि’ भन्ने बहस चर्किएको छ। संस्थापन पक्ष चुनावलाई नै देखाएर महाधिवेशन धकेल्न चाहन्छ भने...

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छिन्। प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने...

३५ तलामा थुनिएका युवाको कथा (युट्युब लिंकसहित)

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा ३५ तलामा रहेको एउटा फ्ल्याटमा कयौं दिन र रात एक्लै थुनिएका छन् सौर्य। खासमा उनी आफ्नी प्रेमिकासँग नयाँ जीवन सुरू गर्ने उत्साहसहित नयाँ फ्ल्याटको खोजीमा त्यो अपार्टमेन्टमा पुगेका हुन्छन्। तर उनको उत्साह सकसमा परिणत हुन्छ।  निर्देशक विक्रमादित्य मोटवानीले यो फिल्मलाई...

जेनजीका माग पूरा गर्न संसद् पुनःस्थापना आवश्यक : ठाकुर गैरे

१ घण्टा अघि   थाहाखबर

पाल्पा : नेकपा एमालेका केन्द्रीय पोलिटब्यूरो सदस्य ठाकुर गैरेले जेनजीका माग पूरा गर्न प्रतिनिधिसभा पुनःस्थापना आवश्यक भएको बताएका छन्। नेकपा एमाले पाल्पाको सचिवालय बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले जेनजीका माग पूरा हुनुपर्ने मााग गरेका छन्। उनले भने, २३ गतेसम्म उनीहरूले गरेको...

प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश: आजै मतदाता परिचयपत्र बनाऔं

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले योग्य नागरिकलाई मतदाता परिचयपत्र बनाउन आग्रह गरेकी छन्। शुक्रबार एक भिडिओ सन्देश जारी गर्दै उनले हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्न तत्काल मतदाता परिचय पत्र बनाउन आग्रह गरेकी हुन्। 'जेन-जी युवा समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन...

व्यवहारको कसीमा नेतृत्व!

१ घण्टा अघि   सेतोपाटी

नेतृत्व वाक् कला होइन विवेकस्य प्रकाश हो  जहाँ शब्द मौन हुन्छन् त्यहाँ दृष्टि सत्यरूपेण बोल्छ व्यवहारको कठोर परीक्षामा सत्य अडिन्छ, अचल भएर। नेतृत्व वाणीको गडगडाहट होइन संयमको स्थैर्य हो जहाँ जनमानस उर्लन्छ त्यहाँ आत्मसंयमले मार्ग निर्देशन गर्छ आवेगको ज्वालामा होइन...

संकटमा पार्टी फुटाउने होइन, जोड्ने हो: प्रवक्ता महत

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश संकटमा गुज्रिरहेकोले आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुनुपर्ने बताएका छन्। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘अहिले देश, लोकतन्त्र, कांग्रेस पनि संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौं।’ उनले...

लोकतन्त्र संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन्।  प्रतिनिधि सभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवं प्रदेश सभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन्।  उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति...

ओलीको दावी - काँग्रेस पनि प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिन्छ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उत्रने दाबी गरेका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। अध्यक्ष ओलीले काँग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले...

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्ने गरी स्थगित

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने गरी स्थगित भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कात्तिक २३ गते बिहान ११:३० बजे बस्ने गरी केन्द्रीय समिति बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय समितिमा छलफलका १० वटा एजेन्डा छन्। ती एजेन्डामा केन्द्रित...

ट्रम्पले भन्सार युद्ध सुरू गरेपछि पहिलो पटक घट्यो चीनको निर्यात

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा भन्सार युद्ध सुरू गरेपछि  चीनको निर्यातमा पहिलो पटक गिरावट आएको छ। चीनले शुक्रबार जारी गरेको भन्सार तथ्यांकका अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्रको निर्यात (डलरको हिसाबमा) अक्टोबरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा १.१ प्रतिशतले घटेको छ।...

सुरक्षण मुद्रणबाट ड्राइभिङ लाइसेन्स छपाइ शुरु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ। आज काभ्रेपलाञ्चोकको बनेपा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा  सञ्चारमन्त्री जगदीश खरेलले सो कामको शुभारम्भ गरेका हुन्। यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ। ६ महिनाभित्र सबै बाँकी...

सुकुम्बासीसँग भिड्ने तयारीमा काठमाडौं महानगर, आइतबारबाट 'एक्सन'

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका र सुकुम्बासीहरू फेरि आमनेसामने हुँदै छन्। महानगर र उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न दिएको सातदिने निर्देशन शुक्रबार सकिँदैछ। आइतबारबाट 'एक्सन' मा जान लागेको महानगरका नगर-प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन्। 'अतिक्रमित जग्गा खाली गर्न र मापदण्ड विपरीतका संरचना हटाउन आइतबारबाट 'एक्सन' मा जाँदैछौं,' उनले...

कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ। कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो। भारत राज्यको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ...

धान खरिदमा खाद्य उत्साहित : खरिद लक्ष्य पूरा हुने अनुमान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत मंगलबारदेखि विभिन्न ठाउँबाट धान खरिद गरिरहेको छ। कम्पनीले सरकारले चालु आर्थिक वर्षको लागि तोकेको न्यूनतम समर्थन मूल्यमा देशभरका १३ वटा स्थानबाट धान खरिद गर्दै छ। यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद...

राधेराधेको यातायात कार्यालयमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

भक्तपुरको यातायात व्यवस्था कार्यालयमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जेनजी आन्दोलनको क्रममा भक्तपुरको राधेराधेस्थित कार्यालय र मध्यपुर ठिमी नगरपालिका-२ मा रहेको प्रहरी प्रभाग सानोठिमीमा तोडफोड र आगजनी भएको थियो। त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

२ घण्टा अघि   थाहाखबर

टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ। कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जी...

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले दिए राजीनामा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंकप्रसाद बाराकोटीले पदबाट राजीनामा दिएका छन्।  स्वास्थ्य सेवा विभागका महानिर्देशकको पदमा कार्यरत डा. बाराकोटीले  आइतवारबाट लागू हुने गरी राजीनामापत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई आज बुझाएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार उनले राजीनामा...