ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हावा र पानीले धान ढलाएपछि चिन्तामा पर्वतका कृषक

१ घण्टा अघि   थाहाखबर

पर्वत : भित्र्याउने वेलाको धान खेतीलाई सोमवारको हावा र मङ्गलवारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषक चिन्तामा परेका छन्। जिल्लाका अधिकांश ठाउँमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ। कतिपय ठाउँमा धान काट्ने वेला भए पनि तिहारपछि काट्ने गरी कृषकहरू...

ओलीको प्रस्ताव : संकट टार्न आफू प्रधानमन्त्री नबन्ने गरी जेनजीसहितको सर्वपक्षीय सरकार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संकट टार्न आफू प्रधानमन्त्री नबन्ने गरी जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलायन्स)को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान संकट टार्ने...

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्। मंगलवार सिंहदरबारमा जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरूसहित युनाइटेडका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्। छलफलमा सहभागि जेन–जेड युनाइटेडका प्रतिनिधिहरुले जेन–जी युवाहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट...

प्रविधिको विकासले बदलिदै छ गाउँले जनजीवन

२ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटा नगरपालिका–९ का छविप्रसाद रोइलाले कम्बाइन मिल जडान गरेपछि निकै सहज भएको छ। घरमै मिल चलाउन थालेपछि धेरै श्रम तथा समय लाग्ने ढिकीजाँतो चलाउनु परेको छैन भने टाढा रहेको मिल धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ। धनकुटा नगरपालिका–९...

प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ

२ घण्टा अघि   सेतोपाटी

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई पक्राउ गरेको छ। नेकपा एमालेका पूर्वसांसद समेत रहेका भट्टचनलाई ठगी मुद्दामा ब्युरोले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई रेमिटेन्स सम्बन्धी ठगी कसुरमा पक्राउ गरिएको हो। उनीविरूद्ध पहिल्यै मुद्दा रहे पनि अहिलेसम्म अनुसन्धानको...

अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटको समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्। मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था 'नेपाल मानव अधिकार अलायन्स' का प्रतिनिधिहरूसँगको भेटमा उनले मार्गचित्र अघि सारेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए। रिजालका अनुसार...

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

२ घण्टा अघि   थाहाखबर

सिरहा : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताए। मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको...

चुनाव सफल बनाउन सुरक्षानिकायलाई गृहमन्त्री अर्यालको निर्देशन

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न सुरक्षानिकायलाई निर्देशन दिएका छन् मंगलवार महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता वाहिनीमा आयोजित सुरक्षा बैठकमा उनले सुरक्षानिकायलाई चाहिने हरेक प्रकारका सेवा, सुविधा प्रदान...

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री कुलमानको आह्वान

३ घण्टा अघि   थाहाखबर

नयाँ दिल्ली : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा...

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन प्रशासनको आग्रह

३ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको हो। आज बिहानदेखि मकालु आधार...

प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न एक भारतीयसहित १५ जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न एक भारतिइसहित १५ जना पक्राउ परेका छन्।  मंगलबार भदौ २४ गते विभिन्न स्थानका प्रहरी कार्यालयहरू आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न भइ हतियार प्रदर्शन गर्ने १५ जना पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो।  यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान...

हिउँले अवरुद्ध बाटो खुलाउँदै सशस्त्र प्रहरी बल

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सशस्त्र बलले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा गत रातिदेखि हिउँ परेर अवरुद्ध बाटोको हिउँ पन्छाएर  खुला गरेको छ। मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गतरातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुको साथै...

बुढानिलकण्ठबाट तोडफोड र आगजनीमा संलग्न एक जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

प्रहरीले तोडफोड र आगजनीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कपनका अनुसार मंगलबार बुढानिलकण्ठ नगरपालिका- १२ दुलालचोकका ४६ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरेको हो। भदौ २४ गते कार्की बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को कार्यालय तोडफोड तथा आगजनीमा संलग्न भएको प्रहरीले बताएको छ। ...

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन गणतन्त्रवादीलाई प्रचण्डको आह्वान

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्। देशका सामु अहिले देखिएका जटिलता तथा...

सरकार, राजनीतिक दल र जेनजीबीच बुधबार त्रिपक्षीय छलफल हुने

४ घण्टा अघि   सेतोपाटी

आगामी निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार त्रिपक्षीय छलफल हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलका अनुसार छलफल प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुनेछ। उक्त बैठकमा सरकार, राजनीतिक दलहरू र जेन–जी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुनेछन्।...

कारागारबाट भागेका एक कैदी पक्राउ

४ घण्टा अघि   सेतोपाटी

बाँके प्रहरीले जेनजी आन्दोलनको मौका छोपी भागेका एक जना कैदी बन्दीलाई पक्राउ गरेको छ।  भदौ २४ गते जिल्ला कारागार नौबस्ताबाट भागेका नेपालगञ्ज उपमहानगरपालिका–३ का ४३ वर्षीय अब्दुल सलिम हलवाइ मंगलबार पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।  लागुऔषध...

कास्की प्रहरीमा आक्रमण गरी हतियार लुटपाट गर्ने १८ जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूमा भदौ २४ गते आक्रमण गरी तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।  पक्राउ परेकामध्ये १० जनालाई मंगलबार जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थपेर अनुसन्धान...

आगजनीबाट कर्णाली प्रदेशसभा भवन खण्डहर बनेपछि सभा अन्यौल

४ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेश सभाको पुनःर्निर्माण कार्य सुरू गर्न आग्रह गरेका छन्। मंगलबार प्रदेश सभाका सभामुख नन्दा गुरुङ र प्रदेश सभा सचिव जिवराज बुढाठोकीसँग मुख्यमन्त्री कँडेलले हल बाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै सुरू गर्न...

सरकार,राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच पहिलोपटक बुधवार त्रिपक्षीय छलफल

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार अपराह्न ४:०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ। बैठकमा सरकार, राजनीतिक दल र...

धर्म र संस्कृतिले नेपाल सुन्दर बनाएका छन् : इजरायली राजदूत बास

४ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले नेपालका धर्म र संस्कृतिले देशलाई अझ सुन्दर बनाएको बताएका छन्। राजदूत बास र उनकी श्रीमतीले मंगलबार जनकपुरधाममा छठ पर्वको उदाउँदो सूर्यको दर्शन गरेका हुन्। राजदूत बासले मिथिला क्षेत्रको समृद्ध संस्कृति र...

अब मलेसिया कामदार पठाउन म्यानपावरले यी १० मापदण्ड पूरा गरेको हुनुपर्ने

४ घण्टा अघि   सेतोपाटी

नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मलेसियाले म्यानपावर कम्पनीहरूका लागि १० शर्त राखेको छ। अब मलेसियाले तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिकहरू लैजाने भएको हो। मलेसियाले नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुक बंगलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका म्यानपावरका लागि...

आगजनी, तोडफोड र लुटपाटमा संलग्न भन्दै करिब २५० जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रममा संलग्न भन्दै प्रहरीले अहिलेसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। भदौ २३ गते गोली लागेर १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट सरकारी तथा व्यावसायिक भवनहरूमा आगजनी र तोडफोड गर्नुका साथै प्रहरीको हत्या गरेका थिए। काठमाडौं उपत्यकासहित देशभरि भएका...

स्वर्णिम वाग्लेसँग बहस– प्रदेशसभा किन खारेज गर्ने? किन चाहियो प्रत्यक्ष निर्वाचित कार्यकारी?

५ घण्टा अघि   सेतोपाटी

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः सेतोपाटी बहस शृंखलाको दोस्रो अंकमा मैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसँग करिब दुई घण्टा लामो बहस गरेको छु। प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ र प्रदेशसभा खारेज गर्नुपर्छ भन्ने रास्वपाको प्रस्ताव छ। यो प्रस्ताव मुलुकको हितमा छैन भन्ने...