ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जनकपुरमा सुनव्यापारीसँग झडप हुँदा १० प्रहरी घाइते

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनकपुरधामको एक ज्वेलर्समा छापा मार्न पुगेको प्रहरी र व्यवसायीबीच झडप भएको छ।  जनकपुरधामको सोनारपट्टीमा सञ्जय ठाकुरले खोलेको नयाँ ज्वेलर्समा गए राति तस्करीका सुन चाँदी ल्याइएको खबर पछि प्रहरी छापा मार्न पुगेको थियो। जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार...

सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

५२ मिनेट अघि   थाहाखबर

अमेरिका : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गरेका छन्। विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन्। भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा...

काठमाडौंका विभिन्न स्थानमा भेला प्रदर्शन गर्न निषेध

५६ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ। विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित...

युक्रेनलाई तत्काल तोमहक मिसाइल दिन ट्रम्पले गरे अस्वीकार

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले युक्रेनलाई तत्कालै लामो दूरीमा मार हान्न सक्ने तोमहक क्रुज मिसाइल नबेच्ने भएको छ। शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको प्रतिनिधिमण्डल स्तरीय छलफलमा तोमहक मिसाइलबारे निर्णय नभएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।...

आज धनतेरस, धनसम्पत्ति जोड्ने दिन !

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : धनतेरस पर्व शनिबार मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ। तिथिका हिसाबले शनिबार बिहान द्वादशी छ। दिउँसो १ बजेर २३ मिनेटमा त्रयोदशी लाग्ने भएकाले धनतेरस पर्व मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा....

पाँच दिनको तिहार भयो ६ दिनको, बिचमा एक दिन खाली !

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अघिल्ला तीन वर्षमा जस्तै यो वर्ष पनि कार्तिक कृष्ण चतुर्दशीको दिन नै लक्ष्मीपूजा मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ३ गते बिहान कुकुरपूजा गर्न र साँझमा लक्ष्मीपूजा गर्न निर्देश गरेको छ । सामान्यतया कार्तिक कृष्ण त्रयोदशीको दिन...

आज देशभरको मौसम सफा रहने

१ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ। 

आजदेखि सुरू भयो तिहार

२ घण्टा अघि   सेतोपाटी

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार...

सर्भाइकल क्यान्सरबाट कसरी बच्ने? (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

सर्भाइकल क्यान्सरको बारेमा बुझ्नुभन्दा पहिला हामीले क्यान्सरका बारेमा थोरै जान्न जरूरी छ। क्यान्सर भनेको शरीरमा कोषहरू पलाएर त्यसबाट उत्पन्न हुने एउटा रोग हो। जुन रोगमा कोषहरू अनियन्त्रित रूपमा बढ्दै जान्छ। त्यो बढ्दै गएर ट्युमरको रूप धारण गर्छ। त्यो ट्युमर शरीरका विभिन्न भागमा...

आज साँझ यमदीपदान गरिँदै

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कार्तिक कृष्ण त्रयोदशीमा गरिने यमदीपदान शनिबार साँझ गरिँदैछ। शनिवार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो। तिहारको पहिलो दिन कागतिहार भने आइतबार परेको छ।  शनिबार १८ घडी १३ पला अर्थात् दिउँसो १ बजेर २३...

भालुको आक्रमणबाट एकजनाको मृत्यु

१० घण्टा अघि   थाहाखबर

चरिकोट : जिल्लाको बैतेश्वर गाउँपालिका-३ ठाडेमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर-३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई अमज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो। जिरी इलाका...

जेनजीले नभने पनि सरकारले षड्‌यन्त्र गरेर मलाई थुन्न खोज्दै छ : केपी ओली

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरेर थुन्न खोजेको दावी गरेका छन्। बुधबारदेखि ललितपुरमा बसेको केन्द्रीय कमिटीको दशौँ बैठकलाई समापन सम्बोधनका क्रममा उनले यस्तो दावी गरेका हुन्। उनले आफ्नो काँधमा जिम्मेवारी...

काँग्रेस केन्द्रीय समिति बैठक शनिवार पनि बस्ने

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेताहरू बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने भएको छ। शुक्रवारको बैठकमा एजेण्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले शनिवार फेरि बस्ने गरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका...

टी-२० विश्वकप छनोट च्याम्पियन बनेको टोली ओमानबाटै युएई जाने

११ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगेको नेपाली टोली तत्काल स्वदेश फर्कने छैन। नेपाली टोली ओमानबाट युएई जाने कार्यक्रम छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाली टोली युएई...

यी हुन् रास्वपा सचिवालय बैठकले गरेका ३ निर्णय

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको सचिवालय बैठकले तीन वटा निर्णय गरेको छ। बैठकले शुक्रबारै बस्ने केन्द्रीय समितिको भर्चुअल बैठकमा आगामी विस्तारित बैठकका सहभागी, एजेण्डा र उक्त बैठकमा प्राप्त हुने सुझाव एवं रायहरूको सम्बोधन मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको छ। त्यस्तै,...

थाइल्याण्डसँग १२-० ले नेपाल पराजित

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ। थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो। यो जितसँगै थाइल्याण्डले दुई खेलमा ६...

'केपी बा वी लभ यू' को नारा र स्कर्टिङ सहित युवा संघले ओलीलाई पुर्‍यायो गुण्डु

११ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटीको दसौं बैठकबाट बाहिरिँदै गर्दा विजयी भावमा बाहिरिए। केन्द्रीय कमिटी बैठकको पहिलो दिन राष्ट्रिय युवा संघले र्‍यालीसहित उनलाई ललितपुरस्थित धोबिघाटको रामबाघ महल ल्याएको थियो। बैठक समापनको दिन पनि युवा–विद्यार्थीको दोहोरो घेराले उनलाई 'केपी...

प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभाले काम गर्न सक्दैन : राष्ट्रियसभा सदस्य गौतम

१२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभाले काम गर्न नसक्ने दावी गरेका छन्। नेपाल एफएम नेटवर्कसँग उनले यस्तो दावी गरेका हुन्। उनले भने, “संविधानले एक्लै काम गर्ने अधिकार राष्ट्रियसभालाई दिएको छैन। जब सङ्कटकाल घोषणा हुन्छ, तब मात्र राष्ट्रियसभाको...

उपाधिसँगै प्रत्येक खेलाडीले सरकारबाट १९ लाख ५० हजार पुरस्कार पाउने पक्का

१२ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको च्याम्पियन बनेर सन् २०२६ को विश्वकपमा छनोट भएसँगै नेपाली टोलीमा रहेका १५ खेलाडीले जनही १९ लाख ५० हजार पाउने भएका हुन्।  राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा उल्लेख भएअनुसार खेलाडीले पुरस्कार रकम पाउने...

जेनजी आन्दोलनमा सिंहदरबारदेखि एयरपोर्टसम्मका प्रश्नै-प्रश्न, यस्तो छ सेनाको जबाफ

१२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनापछि नेपाली सेनाले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ। शुक्रबार दिउँसो २ बजेदेखि सुरू भएको पत्रकार सम्मेलनको सुरूआतमै जेनजी आन्दोलनको विषय उठेको थियो। सेनाले पत्रकार सम्मेलन आयोजना गर्दा सुरूमा प्रस्तुति पेस गर्छ, त्यसपछि प्रश्नोत्तरमार्फत...

टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई

१२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एशिया तथा इष्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको छ। अन्तिम खेलमा समोआलाई १२४ रनले हराउँदै नेपालले उपाधि जितेको हो। यसअघि नै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत...

नेपालले सात वर्षपछि जित्यो आइसिसी प्रतियोगिताको उपाधि

१२ घण्टा अघि   सेतोपाटी

नेपालले शुक्रबार ओमानमा सकिएको आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ। अपराजित रहदै च्याम्पियन बन्ने क्रममा नेपालले शुक्रबार प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गर्‍यो।  छनोटबाट नेपालसहित आयोजक ओमान र युएईले सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत...

प्रहरी दिवसमा ४८ जनाले पाए पुरस्कार

१२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका ४८ जना प्रहरीले पुरस्कृत भएका छन्।  शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा एसएसपी, एसपी, डिएसपीसहित ४८ जना प्रहरीलाई सम्मानसहित पुरस्कार वितरण गरिएको हो।  पुरस्कार पाउनेमा एसएसपी आशिष दत्त, एसपीहरू बासुदेव पाठक, हरि डंगोल, डिएसपीहरू भोलाकुमार भट्ट, धर्मराज भण्डारी,...

कलाकार रातामकैलाई नेपाल प्रहरीले गर्यो सम्मान

१२ घण्टा अघि   सेतोपाटी

कलाकार किरण केसी (रातामकै) लाई नेपाल प्रहरीले सम्मान गरेको छ। शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा केसीलाई सम्मान गरिएको हो।  केसीले जेन जीको नाममा भएको आन्दोलनमा आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि पुनःनिर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका...