जेनजीलाई राष्ट्रपति पौडेलको आग्रह : भ्रष्ट र बदमासलाई चुनाव जित्न नदिनुस्
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनमा भ्रष्ट र बदमासलाई जित्न नदिन जेनजी युवालाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बिहीवार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियन्तासँगको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्। उनले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको...