ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

केराको आयात रोकिएला ?

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमै उत्पादित केराले चाड पर्वमा माग धान्ने भन्दै केरा उत्पादक किसानका प्रतिनिधिले सरकारलाई बाह्य मुलुकबाट आयात रोक्न अपिल गरेका छन्।   केही दिनअघि नेपाल केरा उत्पादक महासंघले दशैँ, तिहार र छठजस्ता मुख्य चाडका लागि नेपालमै उत्पादित केराले पुग्ने भएकाले...

तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

२६ मिनेट अघि   थाहाखबर

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण...

जेन–जी प्रदर्शनमा पूर्वप्रधानमन्त्री ओलीले दाबी गरेजस्तो प्रहरीसँग नभएको स्वचालित हतियारबाट गोली चलेको हो?

३५ मिनेट अघि   सेतोपाटी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको प्रदर्शन क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली प्रहार भएको गम्भीर आरोप लगाएका छन्। र, त्यसको छानबिन हुनुपर्ने माग गरेका छन्। ओलीले शुक्रबार संविधान दिवसको उपलक्ष्यमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै यो कुरा...

दसैँका लागि तेह्र हजारबढी भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरियो

३६ मिनेट अघि   थाहाखबर

मुस्ताङ : दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।  यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो। केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले...

जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएः रघुवीर महासेठ

४७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका सचिव रघुवीर महासेठले जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएको आरोप लगाएका छन्। गृहनगर जनकपुरधाममा सञ्चारकर्मीहरूसँग शुक्रबार कुरा गर्दै सचिव महासेठले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरूको संलग्नता नरहेको बताए। उनले...

जेनजीको आवरणमा हिंसा भड्काइयो: पूर्वराष्ट्रपति भण्डारी

५१ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन्। शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन्। उनीहरू बस्ने भौतिक...

तुइन खोलामा खस्यो ठूलो पहिरो, पन्छाउन विहानसम्मै लाग्न सक्ने

५७ मिनेट अघि   सेतोपाटी

तुइन खोलामा पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सडकमा ठूलो पहिरो खसेको छ। पहिरो खसिरहेकाले पन्छाएर यातायात सञ्चालनमा ल्याउन बिहानसम्मै लाग्न सक्ने उनले बताए।  यस वर्ष तुइन खोलामा...

जेन–जी आन्दोलनपछि पनि ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’को विपक्षमै कांग्रेस–एमाले

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन–जी आन्दोलनका विभिन्न मागमध्ये ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ पनि एक हो। राज्य सत्तामा पालैपालो रहेका पाका पुस्ता र उनीहरूको पछुवाहरूलाई ‘चरम भ्रष्टाचारी’ ठहर गर्दै विकल्पको खोजीमा लागेका जेन–जी युवाहरू स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा पक्षमा छन्। सुरुमा भ्रष्टाचार, सुशासन...

कांग्रेसले माग्यो जेनजी आन्दोलनमा भएको लुटपाट, तोडफोड र आगजनी छानबिन गर्न न्यायिक आयोग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। शुक्रवार आगजनीले खण्डहर बनेको पार्टी पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समिति समितिको बैठकले सो माग गरेको...

गृहमन्त्रीले भने पनि यसपालि कठिन छ विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिन, किन?

१ घण्टा अघि   सेतोपाटी

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्न दिने बताएका छन्। मन्त्री अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच बिहीबार यसबारे छलफल भएको थियो। त्यसलगत्तै उनले अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने बताए। तर यसका लागि...

मैले के गल्ती गरेँ र घर जलाइयो? : शशांक कोइराला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनका वेला आफ्नो घर जलाइएकोमा प्रश्न गरेका छन्। संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवादमा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक...

युक्रेनमा अलपत्र परेका दुई नेपालीको उद्धार

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका  रौतहटका २८ वर्षीय जयप्रकाश शाह...

अस्कर सिफारिसलाई लिएर 'गुन्योचोलो' टीमको असन्तुष्टि

१ घण्टा अघि   सेतोपाटी

९८ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट 'अञ्जिला' सिफारिस भएपछि अर्को फिल्म 'गुन्योचोलोः द ड्रेस' को टोलीले असन्तुष्टि व्यक्त गरेको छ।  विश्वप्रसिद्ध फिल्म फेस्टिभल अस्करमा प्रतिस्पर्धा गर्नका लागि छनोट समितिमा दुई नेपाली फिल्म 'अञ्जिला' र 'गुन्योचोलो' ले आवेदन दिएका...

ट्रम्प-मोदी कुराकानीपछि भारतले रूसी तेल खरिद जारी राख्ने!

१ घण्टा अघि   सेतोपाटी

रूसी कच्चा तेल किनेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई उच्च भन्सार महशुल लगाए पनि भारतले रूसबाट तेल किन्न नरोक्ने देखिन्छ। यो साता भारत र अमेरिकाबीच रोकिएको व्यापार वार्ता फेरि सुरू भयो र ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा पनि...

कोरला नाकाबाट पहिलो पटक जेइकोका विद्युत्तीय गाडी भित्रिदैँ

२ घण्टा अघि   सेतोपाटी

रसुवा र तातोपानी नाका बाढी र पहिरोका कारण अबरुद्ध भएपछि मुस्ताङको कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको छ।  यो नाका सञ्चालनमा आएसँगै पहिलो पटक चीनबाट जेइको ब्रान्डका विद्युत्तीय (इभी) गाडी नेपाल भित्रिएका छन्। नेपालका लागि ओमोडा र जेइकोका आधिकारिक वितरक एसपिजी...

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गरेका छन्। संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि...

२२ घण्टापछि भेटियो डन्डा नदीमा डुबेका किशोरको शव

२ घण्टा अघि   सेतोपाटी

बिहीबार रूपन्देहीको डन्डा नदीमा बेपत्ता भएका किशोरको शव शुक्रबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोनहियास्थित बाँध नजिकैबाट १५ वर्षीय किशोर डन्डा नदीमा बेपत्ता भएका थिए। ओमसतिया गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी...

तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न एकीकृत समाजवादीको माग

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) ले तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न माग गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गराउन एकीकृत समाजवादीले अरू राजनीतिक दलहरू, नागरिक समाजलाई पनि आह्वान गरेको छ। ‘आगामी २०८२ फागुन २१ गते प्रतिनिधि...

पशुपक्षी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन गरिएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. जानुका पण्डितको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रशासन, लेखालगायत...

लेफ्ट–राइट: सत्ता र शक्तिको 'अ' राजनीतिको अंग्रेजी संस्करण बजारमा

२ घण्टा अघि   सेतोपाटी

पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’ राजनीतिको अंग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दसैंको अवसर पारेर प्रकाशनमा आएको हो।  पुस्तकमा प्रमुख दलका शीर्ष...

देउवाको टाउकोमा १२ टाँका, उपचार भइरहेको अस्पताल खुलाइएन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जेनजी आन्दाेलनमा आक्रमणमा परेका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको जानकारी दिएका छन्। सभापति देउवाको अवस्था क्रमिक सुधार हुँदै गएको उल्लेख गर्दै उनले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा पुगेका बताए।...

अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्छः प्रदीप ज्ञवाली

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्ने बताएका छन्। नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताए। ‘भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओली...

११ लाख उठाएर स्थानीयले नै बनाइदिए जलेको प्रहरी चौकी

२ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनमा तोडफोड र आगजनीले क्षति भएका व्यक्तिगत भवन, व्यापारिक स्थल र सरकारी कार्यालय यतिबेला धमाधम पुनर्स्थापित हुँदैछन्। र, त्यसलाई पुनर्स्थापना गर्न जेन–जी पुस्ता र स्थानीय नै जागरूक भइरहेका छन्। मध्यपुर थिमीमा रहेको प्रहरी वृत्त पनि स्थानीयको जागरूकतामा जिर्णोद्धार भइरहेको छ। आगलागीले...

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छ : मुख्यमन्त्री शाह

२ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उनले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरे। ‘जेनजी’...