नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्महरूको दुरूपयोग धेरै भएको बताए। ‘सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरूपयोग भएको छ। कतिपय सामाजिक...