नेपालीहरूको ज्यान लिइरहेको विषाक्त मदिरा कहाँबाट आउँछ कुवेतमा?
वैदेशिक रोजगारको एक प्रमुख गन्तव्य कुवेतमा केही दिनयता विषादीयुक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको छ। करिब ४० जना बिरामी परेर अस्पताल भर्ना भएका छन्। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अस्पताल भर्ना भएकामध्ये १५ जना आइसियुमा छन्। केहीको डायलासिस सेन्टरमा उपचार भइरहेको छ...