ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रूसले फेरि आक्रमण नगरोस् भनेर युक्रेनलाई प्रत्याभूति दिन ट्रम्प तयार!

१ मिनेट अघि   सेतोपाटी

रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर सुरक्षा प्रत्याभूति दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तयार हुन सक्ने देखिन्छ। ट्रम्पले युरोपेली नेताहरूलाई युक्रेनलाई अमेरिकी सुरक्षा प्रत्याभूति दिन आफू तयार रहेको बताएको भनेर युरोपेली अधिकारीहरूको हवाला दिँदै द वाल स्ट्रिट जर्नलले लेखेको छ।...

ललितपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

६ मिनेट अघि   सेतोपाटी

ललितपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ नख्खुस्थित सातदोबाटोबाट सानेपातर्फ जाँदै गरेको बा २ ख ६५३२ बस र भैंसेपाटीबाट भनिमण्डलतर्फ जाँदै गरेको बा ६१ प ८३४७ नम्बरको मोटरसाइकल आपसमा...

परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ। आइतवार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट भएको हो। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका...

सिंहदरबारमा परराष्ट्र मन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

१४ मिनेट अघि   सेतोपाटी

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्र मन्त्री आरजु राणा देउवाबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा विदेश सचिव मिस्री र परराष्ट्र मन्त्री राणाबीच आइतबार अपराह्न भेटवार्ता भएको हो। दुई दिने नेपाल भ्रमणका लागि विदेश सचिव मिस्री...

पाइलटको मेडिकल परीक्षण गर्ने जनशक्ति तयार गर्दै प्राधिकरण

१७ मिनेट अघि   सेतोपाटी

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट, कोपाइलट, एयर ट्राफिक कन्ट्रोलर लगायतको मेडिकल परीक्षण गर्ने जनशक्ति तयार गर्न लागेको छ। प्राधिकरणले ‘मेडिकल एसेसर्स र मेडिकल इक्जामिनर्स’ लाई तालिम दिन सुरू गरेको छ। संसारभर यात्राका क्रममा स्वास्थ्य समस्याको कारण समेत विमान दुर्घटना हुन...

'प्रेमगीत ३' अभिनेत्री क्रिस्टिनाले सुरू गरिन् बुटिक व्यवसाय

१८ मिनेट अघि   सेतोपाटी

डेब्यु फिल्म 'प्रेमगीत ३' बाट एकाएक चम्किएकी अभिनेत्री क्रिस्टिना गुरूङले बुटिक व्यवसाय सुरू गरेकी छन्। उनले काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा 'अमोरा नेपाल' नाममा बुटिक व्यवसाय सुरू गरेकी हुन्। कृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार यो व्यवसाय सुरू गरेको क्रिष्टिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी...

टीकाराम र मालतीलाई तामाङ मिडिया अवार्ड

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : पत्रकार टीकाराम तामाङ र मालती मोक्तानलाई तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ। तामाङ प्रसारण दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा तामाङ पत्रकार संघ संघीय समितिले पत्रकार तामाङ र मोक्तानलाई अवार्ड प्रदान गरेको हो। पर्यटन बोर्डमा आयोजित समारोहमा दुई पत्रकारलाई...

जन्मकैद तोकिएका फरार प्रतिवादी पक्राउ

२४ मिनेट अघि   सेतोपाटी

बाँकेमा एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्ष पछि पक्राउ परेका छन्। बाँकेकै ६३ वर्षीय आशाराम थारु पक्राउ परेका छन्। थारु माथि २०६३ असार ३० गते स्थानीय गणेश वादीलाई राति १० बजेतिर विभत्स हत्या गरेको आरोप थियो। वादीको हत्या पछि...

५ वर्षमा ७ हजार ५६४ जना बालिकामाथि बलात्कार, धेरै आफन्तबाटै

२६ मिनेट अघि   सेतोपाटी

बाँकेको बैजनाथ गाउँपालिकाका वीरबहादुर दमाईलाई शनिबार प्रहरीले पक्राउ गर्‍यो। उनलाई आठ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो। वीरबहादुरले बालिकालाई फकाएर आफ्नै घरको कोठामा लगी बलात्कार गरेको उजुरी छ। त्यस्तै, साउन २२ गते (बिहीबार) दैलेखमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भयो। प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिकाका...

भारतीय विदेश सचिव मिस्रीले खुमलटार पुगेर भेटे प्रचण्डलाई

२७ मिनेट अघि   सेतोपाटी

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले खुमलटार पुगेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। भारतका विदेशसचिव मिस्री आइतबार काठमाडौं आएका थिए। नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका...

सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

३३ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आइतबार अख्तियारले १२ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सवइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर...

संसद् अवरोध औचित्यहीन हुँदै गएपछि ‘पछि हट्ने’ मनस्थितिमा रास्वपा–राप्रपा

३४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘ढुंगा खोज्दा देउता मिलेको’ थियो। सहकारी ठगी प्रकरणमा मुछिएका आफ्नो सभापति रवि लामिछानेलाई तत्काल गृहमन्त्रीबाट राजीनामा दिएर छानबिनमा सघाउन प्रतिपक्षी दीर्घाबाट हिजोका दिनमा चर्को भाषण गर्ने लेखक गृहमन्त्री...

विराटनगरमा राधाकृष्ण रथयात्रा (तस्बिरहरू)

४६ मिनेट अघि   सेतोपाटी

विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगर-१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्कनु अघि नै झाँकीहरूले ढाकिएका सडक यतिबेला रथयात्राको उमंगमा छ। अहिलेसम्मकै सबैभन्दा ठूलो रथ तीन बजेपछि मन्दिर परिसरबाट निस्केको थियो। तर, त्यसअघिदेखि नै सडकमा झाँकी प्रदर्शन, भजन प्रस्तुती लगायतका समूहको...

५० हजार पारिश्रमिकका लागि युवा विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्छः अध्यक्ष लिङदेन

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमिकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन्। आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। देशभित्रै रहेको...

सुरू हुने भयो पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्साशास्त्रको पढाइ

५९ मिनेट अघि   सेतोपाटी

पूर्वाञ्चल विश्वविद्यालयमा अब चिकित्साशास्त्र पढाइ हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमता सहितको एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो। मोरङको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको तीन दशकपछि एमबिबिएस...

अन्य विषय पढेकाले पनि माविको शिक्षक लाइसेन्स निकाल्न पाउने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : शिक्षा संकायबाहेक अन्य विषय पढेकाले पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाउने भएका छन्। शिक्षक सेवा आयोगले हिजो(शनिबार) सार्वजनिक गरेको विज्ञापनमा अन्य विषय अध्ययन गरेकाले पनि दरखास्त आवेदन दिन पाइने उल्लेख छ। आयोगले शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित),...

अध्यागमनले भिजिट भिसामा जानेलाई अब नरोक्ने

१ घण्टा अघि   सेतोपाटी

अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ। नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। कुनै यात्रुबाट नक्कली कागजात भेटिए अनुसन्धानका लागि प्रहरीमा बुझाउने उनको भनाइ छ। ‘भिजिट भिसामा...

अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौँ २२ गतेदेखि सुरु हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भदौँ २२ गतेदेखि सुरु हुने भएको छ। रत्नराज्यलक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हुने यो प्रतियोगिता भदौँ २७ गतेसम्म हुने स्ववियु सभापति लोकेश कुमार खड्काले जानकारी दिए। आज आयोजना गरिएको पत्रकार...

पाल्पामा भगवती जात्रा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

पाल्पा : अङ्ग्रेजलाई परास्त गरेको खुसियालीमा आइतबार पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। जात्राको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पाल्पाबाट निर्वाचित संघीय संसद ठाकुर गैरे, नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, प्रदेशमन्त्री खेमबहादुर सारू...

बूढानीलकण्ठ पुगेर भारतीय विदेश सचिवले भेटे देउवालाई

१ घण्टा अघि   सेतोपाटी

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बूढानीलकण्ठस्थित निवास पुगेर विदेश सचिव मिस्रीले सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आएका...

नेपाल वेयर हाउजिङको आम्दानी २१ गुणा बढ्यो

१ घण्टा अघि   सेतोपाटी

नयाँ व्यवस्थापनले सम्हालेसँगै नेपाल वेयर हाउजिङको आम्दानी २१ गुणाले बढेको छ।  गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको आम्दानी २१ गुणा बढेर ३१ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ४९ लाख आम्दानी गरेको थियो।  व्यवस्थापन परिवर्तन र नयाँ...

१० मिनेटमै डेलिभरी दिने ‘फास्टो’

१ घण्टा अघि   सेतोपाटी

फास्टो नेपाल प्रालिले उपभोक्तालाई १० मिनेटमै हरेक सामान घरमै उपलब्ध गराउने भएको छ। व्यस्त जीवनशैलीलाई सहज बनाउने उद्देश्य सहित स्थापना भएको फास्टोले ‘एनिथिङ्ग इन टेन मिनेट’ भन्ने नाराका साथ फास्टोले भाद्र १ (आज)देखि यो सेवाको सुरूआत गरेको हो। फास्टोले काठमाडौं उपत्यकाभित्र...

नेप्से घट्यो, कारोबार बढ्यो

२ घण्टा अघि   सेतोपाटी

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा आइपुगेको छ।  बजार खुलेको केही समयमा २८०३ सम्म पुगेको नेप्सेले त्यो वृद्धि कायम राख्न सकेन।  यस दिन कारोबार रकममा भने वृद्धि भएको छ। यस दिन सात अर्ब...

पूर्वप्रधान न्यायाधीश चोलेन्द्रले फैसलामा सही नगरेको भन्दै परेको रिटलाई दरपीठ गर्ने निर्णयविरूद्ध निवेदन

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले फैसला प्रमाणीकरण नगरेको भन्दै परेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गर्ने निर्णयविरूद्ध निवेदन दायर भएको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले आइतबार दरपीठ गर्ने निर्णयलाई बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन्। प्रतिनिधि सभा विघटनको फैसला भएको...