ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

घुस रकमसहित पक्राउ परेका मालपोत प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्दा

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार अभियोगमा आरोप–पत्रदायर गरेको छ। भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र लगतकट्टा गरी सो...

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

२७ मिनेट अघि   थाहाखबर

म्याग्दी : यहाँको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन्।  दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको...

छायाँनाथ रारा नगरपालिकामा वडाध्यक्षहरूले लगाए ताला

३८ मिनेट अघि   थाहाखबर

मुगु : छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७औँ बजेटसभामा कुनै पनि एजेण्डा छलफल नगराई एकलौटी छलकपट, जालझेल गरेर सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षले अनिश्चितकालका लागि नगरपालिकाको कार्यालयमा तालबन्दी गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को १७औँ बजेटसभा विभिन्न विषयमा...

रुसले पूर्वी युक्रेनका दुई गाउँ नियन्त्रणमा लिएको दावी

१ घण्टा अघि   थाहाखबर

रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दावी गरेको छ। डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी सरकारको नियन्त्रणमै रहेको छ। रुसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ,“डोनेट्स्क जन...

‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’

१ घण्टा अघि   थाहाखबर

लमही : पन्छी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन्। नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि आज आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि...

चितवनका तीनजनामा जापानिज इन्सेफलाइटिस

१ घण्टा अघि   थाहाखबर

चितवन : सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण देखिएको छ। जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो। स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार...

चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत जाने, डोभालसँग सीमा वार्ता गर्ने

२ घण्टा अघि   सेतोपाटी

चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई देशबीचको लामो समयदेखि जारी सीमा विवादबारे वार्ता गर्नेछन्। यो भ्रमणलाई दुई विशाल छिमेकीबीचको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको...

ऊर्जामन्त्री खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गगरेका छन्। आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गरे। उनले एमसिसी...

एमालेको तल्लो तहसम्मै  विस्तार भयो भण्डारीको सदस्यता विवाद

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली मंगलबार दिनभर विराटनगरमा थिए। जहाँ पुगे पनि पार्टीका नेता कार्यकर्ताबाट घेरिने नेताहरूको नियमितता यसपटक पनि दोहोरियो। ज्ञवाली पहिलेझैं नता कार्यकर्ताबाट घेरिए।  यद्यपि यसपटक केही घन्टाको विराटनगर बसाइका क्रममा उपमहासचिव ज्ञवाली कार्यकर्ताबाट मात्रै होइन, उनीहरूका प्रश्नले...

के विश्वप्रकाश शर्मा राज्य व्यवस्था समितिको सभापति बन्न लागेका हुन्?

२ घण्टा अघि   सेतोपाटी

रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा नयाँ सभापतिको खोजी सुरू भएको छ। कुलिङ अफ पिरियड सम्बन्धी त्रुटिमा नैतिक जिम्मेवारी लिँदै सभापति खतिवडाले मंगलबार राजीनामाको घोषणा गरेका थिए।  सभामुख देवराज घिमिरेले समितिमा विधेयकहरू माथिको छलफल प्रभावित भएको उल्लेख गर्दै...

किन भासिदैछ धर्ती ? सिङ्कहोल बन्ने जोखिम रहेका क्षेत्रहरू

२ घण्टा अघि   थाहाखबर

एजेन्सी : ब्राजिलको अमेजन क्षेत्रको उत्तरपूर्वी किनारमा अवस्थित एउटा क्षेत्रमा अचानक जमिन भासिन थाल्यो, जसले गर्दा त्यहाँ ठूला खाल्डा अर्थात् सिङ्कहोल बनेका छन्।  ती खाल्डाको किनारमा रहेका धेरै घर खतरामा छन् र एक हजारभन्दा बढी मानिसहरू घरवारविहीन हुने डरसँगै सरकारले संकटकाल घोषणा...

'डरले आफ्नो पहिचान लुकाएर बसेको छु'

२ घण्टा अघि   सेतोपाटी

रचित (परिवर्तित नाम) उमेरले ४० वर्ष नजिकमा छन्। तर उनले आफ्नो वास्तविक यौनिक पहिचान सार्वजनिक गरेका छैनन्। यसरी पहिचान लुकाएर बस्नुपरेकोमा उनलाई हीनताबोध हुन्छ। रातमा निद्रा खलबलिन्छ। उनलाई आफ्नो यौनिक पहिचान अनुसार बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ। कहिलेकाहीँ साहस पनि जुटाउँछन्। तर काठमाडौंका...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वार्षिक प्रगति समीक्षा

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको...

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान पुन

३ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन 'अनन्त' ले सरकारले सदनमा प्रस्तुत गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएकामा आपत्ति जनाएका छन्।  बुधबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री...

ट्रम्पले आक्रामक नीति लिएपछि चीनसँग व्यापार सम्बन्ध सुधार्दै भारत

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि भारत र चीनले व्यापार सम्बन्ध सुधार्न थालेका छन्। सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो। हतियारबिना भएको सो भिडन्तमा २० भारतीय र चार...

चक्रे मिलन छुट्न पाएनन्, यसकारण भक्तपुर लगियो

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अभद्र व्यवहार कसुरमा अदातलले छाड्न आदेश दिए पनि आज गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन छुट्न भने पाएनन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधवारको इजलासले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको थियो। उनीविरुद्ध...

चक्रे मिलनलाई धरौटीमा छाड्ने आदेश

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलन भन्ने मिलन गुरुङ र राजेश भन्ने रोजेश खड्काबाट जनही ३० हजार धरौटी माग गरेको छ।  त्यस्तै, गणेश...

प्रत्यक्ष चुनिएर आए प्रचण्डकै नेतृत्व स्वीकार्य : सुदन किराती [अन्तरवार्ता]

३ घण्टा अघि   थाहाखबर

नेकपा माओवादी केन्द्रभित्र चर्किएको अन्तरसंघर्ष कायमै छ। पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीविरुद्ध उभिएपछि चर्किएको विवाद निष्कर्षमा पुग्ने छाँट पनि देखिएको छैन।  पछिल्लो स्थायी समिति बैठकमा एकअर्काविरुद्ध नबोल्ने सहमति गरेपछि सार्वजनिक रूपमा केही साम्य जस्तो देखिए...

सभापति खतिवडाद्वारा राजीनामा

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। सभापति खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पेस गरेका हुन्। राजीनामा पत्रमा भनिएको छ, “मिति २०८२ साल साउन २७ गते बसेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा...

बढ्यो आर्थिक अपराध, बैंकिङ कसुरका धेरै

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो समय आर्थिक अपराध वृद्धि भएको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरका रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएका मुद्दालाई...

दमकको जग्गा घोटाला प्रकरणमा माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर

३ घण्टा अघि   सेतोपाटी

विशेष अदालतले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको घोटाला प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी भनिने रेवतीराज पुरीसहित कर्मचारीहरूलाई भ्रष्टाचारी ठहर गरेको छ। बुधबार अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले दुई वटा...

अमेरिकामा रक्तदान अभियानी बनेका वैज्ञानिक रेग्मी

४ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली चितवनका स्थायी बासिन्दा डा. नन्द रेग्मी युनिभर्सिटी अफ टेक्ससको साउथ वेस्टर्न मेडिकल सेन्टरमा बायोमेडिकल वैज्ञानिकका रूपमा कार्यरत छन्। हाल उनी डिपार्टमेन्ट अफ पिडियाट्रिक्समा बालबालिकालाई लाग्ने मस्तिष्क रोगबारे अनुसन्धान गर्दैछन्। अमेरिका जानुअघि उनले चितवनको रामपुर कृषि क्याम्पसमा पाँच वर्ष पढाए। उकेही...

चुनौतीपूर्ण बन्दै हात्ती संरक्षण

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा हात्तीको संरक्षण र हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरण चुनौतीपूर्ण बन्दै आएको छ। हात्तीलाई नेपालको कानुनले संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत गरेको छ तर वासस्थानको विनाश तथा खण्डीकरण, जैविक मार्गमा अवरोध, जंगलमा आहाराको कमी, बढ्दो चोरी सिकारी, मानव–वन्यजन्तु द्वन्द्वलगायतका कारण हात्ती...

साढे १५ ग्राम ब्राउन सुगर, २२ लाख र गरगहनासहित एक जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

बाँके प्रहरीले नेपालगञ्जबाट एक जना लागुऔषधका कारोबारीलाई ठूलो परिमाणमा ब्राउन सुगर, नगद र गरगहनासहित पक्राउ गरेको छ।  नेपालगञ्ज उपमहानगरपालिका– १४ अधौपुरवामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरीले स्थानीय २८ वर्षीय रमेश लोनियालाई मंगलबार बेलुकी ८ बजेतिर...