डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्रदान गरिने
काठमाडौं : सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ डा. श्रीधर खनालको ‘सावर्णि’ लाई प्रदान गरिने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठका अनुसार सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय...