सुर्खेतमा किशोरी बलात्कार घटनाको पोष्टमर्टम रिपोर्ट- अत्यधिक रक्तश्रावका कारण मृत्यु
किशोरीमाथि बलात्कार भएको घटनाको पोस्टमर्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको छ। शनिबार (फागुन २३) गते वीरेन्द्रनगर नगरपालिका ४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी थिइन्। कर्णाली प्रादेशिक अस्पताल पुर्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको थियो।...
