'हटपट' ब्राण्डको चाउचाउ बजारबाट फिर्ता लैजान विभागको निर्देशन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लिबाट उत्पादन हुने 'हटपट' ब्राण्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ। विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आदेश दिएको हो। 'बजार अनुगमनका क्रममा विभागले संकलन गरेको नमूनाको परीक्षण गर्दा...