ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हकप्रदमा गरिन लागिएको नयाँ व्यवस्थाले हुन्छ कसलाई लाभ?

४ मिनेट अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्ने विषयमा पछिल्लो समय छलफल भइरहेको छ। छलफलको क्रममा हकप्रदमा नयाँ व्यवस्था हुनुपर्ने विषयले समेत प्राथमिकता पाएको छ। विशेषगरी अहिलेको नियमावली अनुसार हकप्रद सेयर निष्कासन खुला भएपछि सबै सेयर बिक्री नभएमा...

आज राति यी ठाउँमा भारी वर्षाकाे सम्भावना

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम...

महाधिवेशन प्रतिवेदनका विषयमा असारभित्रै सुझाव पठाउन एमालेको निर्देशन

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धका आवश्यक सुझावसहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवशेनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धमा लिखित सुझावसहितको प्रतिवेदन पठाउन...

सरकारको नाम रकम वितरण केन्द्र राख्नुहोस् : सांसद प्रभात तामाङ

१९ मिनेट अघि   थाहाखबर

हेटौँडा : बागमती प्रदेश सरकारको नाम रकम वितरण केन्द्र राख्न कांग्रेस सांसद प्रभात तामाङले सुझाएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा बोल्दै उनले प्रभावकारी बजेट बनाउन नसकिने प्रदेश सरकार नभएको भन्दै सरकारको नाम...

भेरी नदीको किनारामा एक पुरूषको शव फेला

२७ मिनेट अघि   सेतोपाटी

सुर्खेत बराहाताल गाउँपालिका-४ साजघाट रिङाउस्थित भेरी नदीको किनारामा एक पुरूषको शव फेला परेको छ।  अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले शुक्रबार पौने ४ बजेतिर ३०/३२ वर्षीय पुरूषको शव फेला पारेको हो।  अनुहार पहिचान गर्न गाह्रो भएकाले हुलियाको आधारमा केही...

'हटपट' ब्राण्डको चाउचाउ बजारबाट फिर्ता लैजान विभागको निर्देशन

२९ मिनेट अघि   सेतोपाटी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लिबाट उत्पादन हुने 'हटपट' ब्राण्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ। विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आदेश दिएको हो। 'बजार अनुगमनका क्रममा विभागले संकलन गरेको नमूनाको परीक्षण गर्दा...

रोपाइँ गरिरहँदा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

३० मिनेट अघि   सेतोपाटी

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्युको भएको छ भने ४ जना घाइते भएका छन्। शुक्रबार अपराह्न ३ बजेतिर सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे भन्ने स्थानमा स्थानीय वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहँदा एक्कासि चट्याङ परेर सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे बस्ने २७ वर्षका डिल बहादुर शाही,...

विश्वप्रकाश शर्माले चलाउने कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रवार अर्थात् आजदेखि प्रसारण हुने भएको छ। ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ। ...

हेटौंडाबाट काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना‚ ३ जना गम्भीर घाइते

४२ मिनेट अघि   थाहाखबर

हेटौंडा : हेटौंडाबाट काठमाडौं जाँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको माइक्रो बस मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार घुम्ती सडकबाट गाडी करिब १५ मिटर तल...

एक हप्तामा ३५ जनामा कोरोना देखियो, ३१ जिल्लामा सङ्क्रमण पुष्टि

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण...

केन्द्रीय समिति बैठकमा रामहरिको प्रश्न- नेताहरूलाई खुइल्याएर पार्टी कहाँ पुग्छ?

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीका नेताहरूलाई खुइल्याएर पार्टी बलियो हुन नसक्ने बताएका छन्। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै खतिवडाले सभापतिदेखि पदाधिकारीहरूलाई खुल्याउँदा पार्टी कहाँ पुग्छ भन्ने प्रश्नसमेत गरेका छन्। ‘कसैले सभापतिलाई, कसैले उपसभापति र महामन्त्रीलाई...

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने? (भिडिओ)

५६ मिनेट अघि   सेतोपाटी

गर्मीयाम सुरू भएसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी जस्ता संक्रमणहरूको जोखिम बढ्दो छ। तर के लामखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? अहँ हुँदैन।

बाजाहरू जनताका आवाज पनि हुन् : सुनिता डंगोल

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरू पनि रहेको बताएकी छिन्। शुक्रवार काठमाडौँमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उनले...

सभापति देउवाबाट देशले धेरै अपेक्षा गरेको छ: ज्ञानेन्द्रबहादुर कार्की

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी र देशले सभापति शेरबहादुर देउवाबाट धेरै अपेक्षा गरेको बताएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कार्कीले भने, ‘देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको सभापति (शेरबहादुर देउवा) हुनुहुन्छ, उहाँको नेतृत्वमा कांग्रेस मात्रै...

एमालेभित्र पनि सङ्घीयता विरोधी, खुलमखुला प्रदेश चाहिँदैन भन्नेहरू छन् : सञ्चारमन्त्री गुरुङ

१ घण्टा अघि   थाहाखबर

ललितपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताएका छन्। ललितपुरको गोदावरीमा आज आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै एमाले नेतासमेत रहेका सञ्चारमन्त्री...

आइपिओ बिक्री गर्न बन्दीपुर केबलकारले पायो धितोपत्र बोर्डको अनुमति

१ घण्टा अघि   सेतोपाटी

बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई आइपिओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।  कम्पनीले आइपिओ बिक्री गर्न असार १९ गते अनुमति पाएको हो। कम्पनीले ५८ करोड ६० लाख रूपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति...

एसपीलाई लुटेराको आरोप लगाएका जसपा मधेस अध्यक्ष यादवविरूद्ध पक्राउ पुर्जी जारी

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोन गरेर 'लुटेरा' को आरोप लगाएका थिए। अध्यक्ष यादवविरूद्ध जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको...

साउनदेखि नियुक्त कर्मचारीलाई पेन्सन र उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा...

नेपालले मात्रै चाहेर भारु ५०० माथिका नोट चलाउन सकिँदैन : अर्थमन्त्री पौडेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० देखि माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्। अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले ५०० देखि ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको...

एनआरएनए अष्ट्रेलिया निर्वाचन : टीम सान्तोषको एजेन्डा सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

सिड्नी : एनआरएनए अष्ट्रेलिया आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार सान्तोष कुँवरको नेतृत्वमा रहेको टीम सान्तोषले आफ्नो आधिकारिक एजेन्डा सार्वजनिक गरेको छ। 'बलियो नेपाली डायस्पोराका लागि सँगै' नारासहित टीमले आर्थिक समृद्धि, लगानी प्रोत्साहन र समावेशी सहभागितामा केन्द्रित योजनाहरू सार्वजनिक गरेको प्राथमिक एजेन्डामा राज्य...

७३ जिल्लामा पुग्यो डेँगु, पछिल्लो एक हप्तामा नेपालमा ३५ जनालाई कोरोना संक्रमण

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेँगुका केस पुष्टि भएका छन्।​ सरकारकाअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेँगुका केस पुष्टि भएका...

एमालेमा सकंटै संकट छ, भविष्य के हुने हो भन्न सकिँदैन : अध्यक्ष नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा...

एनआरएनए अष्ट्रेलिया निर्वाचन : टीम सञ्जीव गोर्खाली ढकालको एजेन्डा सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

सिड्नी : एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार सञ्जीव गोर्खाली ढकालले आफ्नो टीमको एजेन्डा सार्वजनिक गरेका छन्। उनले एजेन्डा सार्वजनिक गर्दै  संस्थालाई सशक्त, पारदर्शी र राजनीतिक प्रभावभन्दा माथि राख्ने प्रतिबद्धता व्यक्त गरे। ढकालको सामाजिक  सन्जाल मार्फत आफ्ना एजेन्डाहरू सार्वजनिक गर्दै...

अब नियुक्त हुने सरकारी कर्मचारीहरूले पेन्सन नपाउने, सामाजिक सुरक्षामा आबद्ध

१ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने भएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको...