पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे प्रगति नभएको ट्रम्पले गरे खुलासा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे कुनै प्रगति नभएको बताएका छन्। ट्रम्पले पुटिनसँग बिहीबार एक घन्टाभन्दा बढी फोनमा कुरा गरे। पुटिनसँग इरान र युक्रेनबारे लामो कुराकानी भएको ट्रम्पले बताए। उनले युक्रेनमा भइरहेको युद्धका कारण आफू...