प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ। २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।...
