जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न माग
काठमाडौँ : नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन्। उनले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट...