ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पोखरा विमानस्थलमा जनही ८ अर्बभन्दा बढीको भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा जनही ८ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँचजना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। विशेष अदालतमा आज दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ...

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता पदमुक्त

२३ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्य न्यायाधिवक्तालाई पदबाट हटाइएको छ। नवगठित प्रदेश सरकारले मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोलाई पदमुक्त गरेको हो। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोलाई पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी...

संसद् सचिवालयका पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक : सभामुख घिमिरे

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयमा राजनीतिक नियुक्तिमाथि बहस गर्नुपर्ने बताएका छन्।  संसद् बाहिरबाट संघीय संसद्‌मा महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसद् नै नबुझ्ने भन्दै तर्क आउने गरेकाले बहस गरेर तत्काल निष्कर्षमा...

रूस-युक्रेन रोक्न ट्रम्पका ज्वाइँ र दूतले गरे जेलेन्स्कीसँग दुई घण्टा फोनमा कुराकानी

३८ मिनेट अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले ज्वाइँ जेरेड कुश्नरसँग रूस र युक्रेनको युद्ध अन्त्य गर्नेबारे शनिबार दुई घण्टा फोनमा कुरा गरेका छन्। रूस र युक्रेनको युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनाबारे ट्रम्पका ज्वाइँ कुश्नर...

पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहित प्रतिवादीलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन

५१ मिनेट अघि   सेतोपाटी

शीत भण्डार निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहित प्रतिवादीले सफाइ पाएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन पेस गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारीसहित प्रतिवादीले सफाइ दिएको विशेष अदालतको फैसलाप्रति चित्त नबुझेको भन्दै आइतबार सर्वोच्चमा पुनरावेदन पेस गरेको हो। पूर्वसचिव भारीसहित प्रतिवादीलाई विशेष...

'केपी ओली र ईश्वर पोखरेल मिल्नुपर्छ, ७ जना एकातिर खुल्नु गलत थियो'

५४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको आसन्न एघारौं महाधिवेशन जति नजिकिँदै छ, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई धुरी मानेर नेताहरू ध्रुवीकरण हुने क्रम उति बढ्दैछ। यो ध्रुवीकरणबीच सचिव रघुवीर महासेठ भने अलि पृथक सुनिएका छन्। महासेठले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवै अट्ने वातावरण बनाउनुपर्ने बताएका छन्। यसो गर्न सके मात्र पार्टी...

पाटनमा य:मरी उत्सव (तस्बिरहरू)

५७ मिनेट अघि   सेतोपाटी

 य:मरी पूर्णिमा तथा ज्यापु दिवसको अवसरमा पाटन दरबार स्क्वायरमा धुमधामका साथ य:मरी उत्सव मनाइएको छ। ललितपुर महानगरपालिका तथा स्थानीय महिलाहरूको सक्रियतामा नेवारी समुदायको मौलिक परम्परा झल्किने यो उत्सव तीन दिनसम्म निरन्तर सञ्चालन भएको हो। उत्सवका क्रममा सहभागीहरूले नेवारी संस्कृतिको प्रतीक...

७० लाख खर्चेर वीरगन्जमा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा

१ घण्टा अघि   सेतोपाटी

वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैयामा नयाँ तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइएको छ। रेल्वे रोडसँगै जोडिएका ३२ कठ्ठा सार्वजनिक जग्गामा वीरगञ्ज महानगरपालिकाले छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइएको हो। ३२ कठ्ठामध्ये केही जग्गा रेल्वे रोडमा परेको र...

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

१ घण्टा अघि   थाहाखबर

 काठमाडौँ : प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गरेका छन्। आइतवार नियुक्तिपत्र बुझेलगत्तै सञ्चारग्रामस्थित कार्यालयमा पुगेर अध्यक्ष आचार्यले पदभार ग्रहण गरेका हुन्। सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो। पदभार ग्रहण गर्दै...

आमचुनावमा भाग लिने कांग्रेसको आधिकारिक र अन्तिम निर्णय हो: गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमचुनावमा भाग लिने भनेर केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक र अन्तिम निर्णय रहेको बताएका छन्। मंसिर ६ गतेको केन्द्रीय समिति बैठकले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१ घण्टा अघि   सेतोपाटी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। उनीसँगै पक्राउ परेका प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। उनका अनुसार विशेष...

उखुको समर्थन मूल्य : मन्त्रिपरिषद्को निर्णय कुर्दै कृषि मन्त्रालय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मुलुकको तराई/मधेस लगायतका ठाउँमा यति वेला धमाधम उखु काटेर मिल पठाउने तयारी हुँदै छ तर उखु किसानको अनुहारमा खुसी छैन।  उखु खेती गर्दै आएका किसानले वर्षेनि मूल्यलाई लिएर दुखेसो गर्दै आएका छन्। उखुको उचित मूल्य नपाउने, समयमा पैसा नआउने जस्ता धेरै...

अवैध रूपमा सञ्चालित बुटवलका टुर्स एन्ड ट्राभलमा पर्यटन डिभिजनको ताला

१ घण्टा अघि   सेतोपाटी

बुटवलमा अवैध रूपमा सञ्चालन भइरहेका टुर्स एन्ड ट्राभलहरू कारबाहीमा परेका छन्। पर्यटन डिभिजन कार्यालय रूपन्देहीले आइतबार अनुगमन गरी नवीकरण र दर्ता नगरी सञ्चालन गरिएका ८ वटा टुर्स एन्ड ट्राभललाई जरिवाना सहित बन्द गरिदिएको हो।  आइतबार पर्यटन डिभिजन कार्यालयसहित जिल्ला प्रशासन...

कर्णालीसँग पराजित भएसँगै साविक विजेता जनकपुर पुछारमा

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लिग चरणका खेल सकिएका छन्। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोमाञ्चक जित निकालेको छ।  अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४...

कांग्रेस सचेतक थिङलाई प्रश्न- देउवा र ओली भेटपछि प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लैजानु भएको हो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा आज रिट दिएको छ।  प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना निवर्तमान सांसदहरूको हस्ताक्षरसहित रिट पेस गरिएको हो। यो रिट अध्ययनकै क्रममा छ, दर्ता भइसकेको छैन। सम्भवत: सोमबार...

रिट लिएर जाने विषयमा नेताहरूसँग सरसल्लाह भएको छ : श्याम घिमिरे

२ घण्टा अघि   सेतोपाटी

विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङले प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।  उनीहरूले रिटमार्फत् प्रतिनिधि सभा पुनर्स्थापना माग गरेका छन्। घिमिरेले रिट निवेदन नेताहरूको सरसल्लाहमा पेस गरेको बताए। तर...

सुपरहिट फिल्महरू 'जेरी अन टप' र 'परान' मलेसियामा पनि प्रदर्शन हुँदै

२ घण्टा अघि   सेतोपाटी

सुपरहिट नेपाली फिल्महरू 'जेरी अन टप' र 'परान' अब मलेसियामा पनि प्रदर्शन हुने भएका छन्। नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भएका यी फिल्मको मलेसिया प्रदर्शन तय भएको हो।  गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक एवं व्यवसायी हरि भट्टराईले 'माइ होलिडे ट्राभल...

ए प्रिया, मुसुक्क मुस्काऊ न!

२ घण्टा अघि   सेतोपाटी

मनमा दर्दले उकुसमुकुस पारेको बेला  आकाशतिर हेर्दै  लामो श्वास फेर्दै  ए प्रिया मुसुक्क मुस्काऊ न ... पारिको हिमाल काला पत्थर बन्दै जाँदा  मनलाई अन्योलताको मोसोले छोप्दा  उडी आउने काग सुकेको बाँसमा बस्दा  उतातिर हेर्दै प्रतीक्षारत सुखद समयलाई सम्झिँदै  ए प्रिया ...

यसअघिको सरकारले गरेको कर्मचारी सरूवा बदर गर्ने मधेस प्रदेश सरकारको निर्णय

२ घण्टा अघि   सेतोपाटी

नवगठित मधेस प्रदेश सरकारको पहिलो बैठक बसेको छ। बैठकले निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मन्त्रिपरिषदले गरेका विभिन्न निर्णय खारेज गरेको छ।  आइतबार बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्म तत्कालीन क्याबिनेटबाट भएका निर्णयहरू बदर गरेको हो।...

नर्सको समस्या समाधान गर्न बनेको कार्यदल : म्याद सकिए पनि बुझाएन प्रतिवेदन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नर्सहरूको आन्दोलनपछि उनीहरूको माग पूरा गर्न गठित कार्यदलको समय सकिएको छ। उक्त कार्यदलको समय मंसिर १५ गते सकिए पनि कार्यदलले अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकमा गठित उक्त कार्यदलले...

प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै कांग्रेस सर्वोच्च गएको नौलो खबर सुनेँ: शेखर कोइराला

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पार्टीका केही सर्वोच्च अदालत गएको खबर आफूलाई नौलो लागेको प्रतिक्रिया दिएका छन्। फागुन २१ को आमचुनावमा भाग लिने केन्द्रीय समितिबाट निर्णय भए पनि कांग्रेसका प्रमुख सचेतक र सचेतकसहित ८ जना निवर्तमान...

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका तीन विषयमा अख्तियारले छुट्टै थप अनुसन्धान गर्ने

२ घण्टा अघि   सेतोपाटी

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका तीन विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छुट्टै थप अनुसन्धान गर्ने भएको छ। विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता, छिने डाँडा/रिट्टेपानी डाँडा कटान र प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता...

सर्वोच्चका ६ वटा इजलास निर्माणाधीन भवनबाट सञ्चालन हुने

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतका ६ वटा इजलास निर्माणाधीन अवस्थामा रहेको भवनबाट सञ्चालन हुने भएको छ। सोमबारदेखि ६ वटा इजलास नयाँ भवनमा पनि इजलास सञ्चालन हुने सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। एक नम्बरदेखि पाँचौं नम्बरको इजलास अहिले सञ्चालन भइरहेकै एनेक्स भवनबाट...

अरुन्धति रोय काठमाडौंमा

३ घण्टा अघि   सेतोपाटी

विश्व प्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियानी अरुन्धति रोय काठमाडौं आइपुगेकी छन्। उनले आज एकता बुक्समा आफ्ना पाठकका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्। एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा उनले आफ्ना कृतिमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हस्ताक्षर गरिन्। कार्यक्रममा साहित्यप्रेमी,...