जो खोजिरहेका छन् सुकुम्बासी बस्तीमा गाई र कुकुर
वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर घरहरू भत्काउँदा त्यहाँ पालिएका गाईहरू यसै अलपत्र छाडिएको सुनेपछि प्रदीप थापाको टोली त्यसै दिन साँझ त्यहाँ पुगेको थियो। प्रदीप मठमन्दिर गाईबाच्छा बचाउ समाज विकास अभियान समितिमा काम गर्छन्। उनीहरू देशभरका विभिन्न ठाउँबाट गाईहरू उद्धार...
