बिहे घरमा आगलागी हुँदा २ जना घाइते, ६ लाख बराबरको क्षति
सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी भएको छ। बलरा नगरपालिका-६ मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जलेको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। आगलागीमा दुई जना घाइते भएका छन्...