रौतहटमा सवारी दुर्घटनामा परी सात जना घाइते
रौतहट : यमुनामाई गाउँपालिका–४ अन्तर्गत चन्द्रनिगापुर–गौर सडकखण्डमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटल पनि क्षतिग्रस्त भएको छ। प्रहरी अनुसार बडहर्वातर्फबाट तीव्र गतिमा आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चन्द्रनिगापुरबाट गौरतर्फ जाँदै गरेको...
