ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रेमगञ्जको प्रतीक्षालय!

२ मिनेट अघि   सेतोपाटी

प्रेमगञ्जको प्रतीक्षालयमा  आँखाका दुई परेला ढपक्क जोडेर  बडो मज्जाले झुमिरहेको छ एक सालिक  दुई खिली गाँजा तानेर लट्ठिएझैँ  बडो मज्जाले लट्ठिएजस्तै  थपक्क बसेको छ यो चिसोमा  चिसिएको सिमेन्टको कुर्सीमाथि।  उसलाई कुनै फिकर छैन  यो बाटोमा अत्तरको बास्ना छर्दै को हिँड्छ ...

हामीले बनाउने पार्टीको अध्यक्ष बाबुराम र जनार्दन बाहेक अरू नै हुन्छ– सुदन किराँती

७ मिनेट अघि   सेतोपाटी

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एउटै पार्टी बनाएर जाने विषयमा सहमति भएको छ। नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच शुक्रबार पाँचबुँदे सहमति गरी एउटै पार्टी बनाएर...

मोटोपना भएकालाई अमेरकाको भिसा नदिनेबारे विचार गर्न विदेश मन्त्री रूबियोको निर्देशन

९ मिनेट अघि   सेतोपाटी

अमेरिकी विदेश मन्त्री मार्को रूबियोले विभिन्न दीर्घकालीन स्वास्थ्य समस्यासँगै मोटोपना भएकालाई पनि अमेरिकाको भिसा नदिनेबारे विचार गर्न निर्देशन दिएका छन्। अमेरिकाको संघीय सरकारको 'सार्वजनिक भार' सम्बन्धी एक नियमले सम्भावित आप्रवासीहरूलाई भविष्यमा सार्वजनिक सहायता आवश्यक देखिएमा अमेरिका प्रवेशमा रोक लगाउन दिन्छ। सोही...

महिला कबड्डी विश्वकप खेल्दै नेपाल

१० मिनेट अघि   सेतोपाटी

दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ। नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा मानमति विष्ट, जयन्ती बडू, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा...

प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता

१७ मिनेट अघि   सेतोपाटी

पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका सचिव महादेव पन्थका अनुसार नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार दल दर्ता प्रमाण पत्र दिइएको हो। माओवादी, एकीकृत समाजवादीसहित ११ वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो।...

मधेस प्रदेशका सभामुखले अविश्वास प्रस्ताव छल्न ५ जना सांसदलाई पदमुक्त गरेका हुन्? यस्तो छ जबाफ

१९ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले बिहीबार पाँच सांसदलाई पदमुक्त गरे। नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह र जसपाका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदाशंकर प्रसाद कलवारलाई सभामुख मण्डलले पदमुक्त गरे। तर त्यसको केही बेरमै उपसभामुख बबिताकुमारी राउत ईशरले सभामुखको उक्त...

जेनजीले बुझाएको प्रस्तावित सम्झौतापत्र प्रधानमन्त्री कार्यालयले अध्ययन गर्ने

२० मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न बुझाएको प्रस्तावित सम्झौतापत्रको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अध्ययन गर्ने भएको छ। शुक्रबार चार वटा प्रतिनिधि समूहले तयार पारेको एकीकृत गरिएको प्रस्तावित सम्झौता प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो। प्रधानमन्त्री कार्कीका प्रेस...

डिग्रीको भिडमा हराउँदै गएको ज्ञान!

२१ मिनेट अघि   सेतोपाटी

‘अनि भाइ, ब्याचलर पास गर्‍यौ त?’ मेरो पछाडिबाट आवाज आयो। पछाडि फर्की हेरेँ, आफ्नै गाउँका एकजना बुद्धिजीवी व्यक्ति हुनुहुँदो रहेछ। उहाँको प्रश्नको उत्तर दिँदै मैले भनेँ, ‘गरेँ काका।’ ‘राम्रै जिपिए ल्याएरै त पास गर्‍यौ होला है?’ उहाँले पुनः प्रश्न गर्नु...

भाषण सम्पादन गरेकोमा बीबीसीले ट्रम्पसँग माग्यो माफी, मानहानि मुद्दाको आधार नभएको जिकिर

२३ मिनेट अघि   सेतोपाटी

बीबीसीले एक वृत्तचित्रमा भाषण पूर्वाग्रहपूर्ण सम्पादन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको छ। तर सो प्रकरणमा मानहानिको मुद्दा चलाउने आधार नभएको बीबीसीले जिकिर गरेको छ। गत नोभेम्बरको राष्ट्रपतीय निर्वाचनअघि प्रसारण भएको बीबीसीको 'प्यानोरमा' कार्यक्रममा ट्रम्पले सन् २०२१ जनवरीमा निर्वाचन...

'जारी २' लाई क्युएफएक्सले गर्‍यो 'सुपरहिट' घोषणा, 'परान' ले किन पाएन ट्याग?

३२ मिनेट अघि   सेतोपाटी

नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले उपेन्द्र सुब्बा निर्देशित फिल्म 'जारी २' लाई 'सुपरहिट' को मान्यता दिएको छ। क्युएफएक्सले शुक्रबार दिउँसो आफ्नो आधिकारिक वेबसाइटमार्फत 'जारी २' लाई यो ट्याग प्रदान गरेको हो। कसरी दिइन्छ यो 'ट्याग'? क्युएफएक्सका हलहरूमा फिल्मको कमाइका आधारमा यो...

देउवा दम्पती आज स्वदेश फर्कने

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्कने भएका छन्। सभापति देउवानिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार सभापति देउवा दम्पती आज स्वदेश फर्कने कार्यक्रम छ। ‘उहाँहरू आज स्वदेश फर्कने कार्यक्रम...

मिथ्या सूचना नियमनमा सरकारले थाल्यो ‘गृहकार्य’

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले भ्रमपूर्ण र मिथ्या सूचना नियमनका लागि ‘गृहकार्य’ थालेको छ। त्यसका लागि गृह मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र साइबर ब्यूरोसँग संयुक्त छलफल अघि बढाएको हो।  आज मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सूचनाको हक...

लोकसेवामा आवेदन दिनेको संख्या घट्दै : सरकारी जागिरप्रति आकर्षण घटेकै हो ?

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो समय लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिनेहरूको संख्या घट्दै गएको छ। आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनले नै १० वर्ष (२०७२ देखि ०८२ सम्मको) तुलनामा आयोगबाट गरिएका विज्ञापनमा आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी समूहतर्फका...

जिमी नीशम र डु प्लेसिस एनपिएलका सीमित खेलमा मात्र उपलब्ध हुने

४५ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आउन लागेका न्युजिल्यान्डका अलराउन्डर जेमी नीशम र दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सिजनका सबै खेलमा उपलब्ध नहुने भएका छन्।  अघिल्लो सिजन जनकपुर बोल्ट्समा आबद्ध भएका नीशमलाई यो सिजनका लागि पोखरा एभेन्जर्सले...

विदेशमा भएका दूतावासलाई मतदाता नामावली संकलनदेखि मतगणना सम्मको अधिकार दिने गरी अध्यादेश जारी गर्ने तयारी

४७ मिनेट अघि   सेतोपाटी

सरकारले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने गरी अध्यादेश जारी गर्ने तयारी गरेको छ। गृह मन्त्रालयलले तयार पारेको अध्यादेश अनुसार विदेशमा रहेका नेपालीहरूले दूतावासमा मतदान गर्नेछन्।  त्यसका लागि निर्वाचन आयोगले नेपाल सरकारको अधिकृतलाई निर्वाचन अधिकृत तोक्नेछ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यादेशमा...

नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एकताको सहमति

१ घण्टा अघि   सेतोपाटी

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एउटै पार्टी बनाएर जाने विषयमा सहमति भएको छ। नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच आज ५ बुँदे सहमति भएको...

आन्दोलनलाई संस्थागत गर्न जेनजीले प्रधानमन्त्री कार्कीलाई बुझाए प्रस्तावित सम्झौतापत्र

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न चार वटा प्रतिनिधि समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्तावित सम्झौतापत्र बुझाएका छन्। शुक्रबार चार वटा समूहले तयार पारेको एकीकृत सम्झौतापत्र प्रधानमन्त्री कार्कीसमक्ष बुझाएको प्रेस संयोजक राम रावलले जानकारी दिए। जेनजी मुभमेन्ट...

सन्तोष परियारले पनि छाडे रास्वपा, यस्तो छ उनले पठाएको पत्र?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्यागत गरेको घोषणा गरेका छन्। महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र पठाउँदै उनले रास्वपा परित्याग गरेको जानकारी गराएका हुन्। परियारले आज दिउँसो रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका जानकारी दिए।...

म नेता बन्नै सक्दिनँ!

१ घण्टा अघि   सेतोपाटी

नेता म बन्नै सक्दिनँ किनकि मलाई डर लाग्छ डराउने मान्छे नेता हुनै सक्दैन। नेता बन्नलाई झुट बोल्नु पर्छ मलाई कामै नगरी बोल्न डर लाग्छ नेता बन्नलाई इमान बेच्नु सक्नु पर्छ मलाई इज्जतको डर लाग्छ नेता बन्नलाई झुटो आश्वासन दिए पुग्छ...

नेताहरूले रास्वपा छाड्नुको कारण खोजौं: गणेश कार्की

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्न आग्रह गरेका छन्। आज सचिवालय सदस्य सन्तोष परियारले रास्वपा परित्याग गरेका थिए भने यसअघि सुमना श्रेष्ठलगायतले पनि रास्वपा छाडेका थिए। यही सन्दर्भ लक्ष्य गर्दै कार्कीले पार्टीभित्र समस्या रहेकोले...

चिसो शुरु भएसँगै बढ्न थाले फ्लुका विरामी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चिसो मौसम शुरु भएसँगै अस्पतालमा मौसमी फ्लुका विरामी बढ्न थालेका छन्। नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर चिसोका कारण फ्लुबाट संक्रमित भएर अस्पताल आउने विरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ। यतिखेर अस्पतालमा...

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादः प्रशासकीय पुनरावलोकन समिति ब्युँताउन उद्योगीको माग

१ घण्टा अघि   सेतोपाटी

डेडिकटेड र ट्रंकलाइनको विद्युत महशुल विवादमा परेका उद्योगीहरूले नेपाल विद्युत प्राधिकरण भित्रको अर्धन्यायिक निकाय  प्रशासकीय पुनरावलोकन समिति ब्युँताउन आग्रह गरेका छन्। प्रताडित उद्योगीहरूको तर्फबाट निकालिएको विज्ञप्तीमा विवाद समाधानको लागि प्रधानमन्त्री सुशीलका कार्कीले गरेको पहलको स्वागत गर्दै प्रशासकीय पुनरावलोकन समितिलाई तत्काल...

मतदाता नामावली दर्ताको समय थप्नेबारे प्रधानमन्त्रीले गरिन् छलफल

१ घण्टा अघि   सेतोपाटी

मतदाता नामावली दर्ताको समय थप्नेबारे प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्। शुक्रबार प्रधानमन्त्री कार्कीले समय थप्नेबारे छलफल गरेको सचिवालयले जनाएको छ।  मतदाता नामावली दर्ता गर्ने समय आइतबारसम्म मात्रै छ। तोकिएको समयावधि नजिकिएसँगै मतदाता नामावलीमा दर्ता गर्नेको चाप...

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आशन्न निर्वाचनको तयारीका सन्दर्भमा आज गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ। आयोगको कार्यालय, कान्तिपथमा जारी छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरुसँग आशन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षा योजना, राजनीतिक दल, जेनजी समूह...