ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मतदाता नामावली दर्ताको समय थप्नेबारे प्रधानमन्त्रीले गरिन् छलफल

२५ सेकेन्ड अघि   सेतोपाटी

मतदाता नामावली दर्ताको समय थप्नेबारे प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्। शुक्रबार प्रधानमन्त्री कार्कीले समय थप्नेबारे छलफल गरेको सचिवालयले जनाएको छ।  मतदाता नामावली दर्ता गर्ने समय आइतबारसम्म मात्रै छ। तोकिएको समयावधि नजिकिएसँगै मतदाता नामावलीमा दर्ता गर्नेको चाप...

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आशन्न निर्वाचनको तयारीका सन्दर्भमा आज गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ। आयोगको कार्यालय, कान्तिपथमा जारी छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरुसँग आशन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षा योजना, राजनीतिक दल, जेनजी समूह...

प्रधानमन्त्रीको आयोगसँग आग्रह : उत्साह र चाप देखियो, मतदाता नामावली दर्ताको समय थप्नुस्

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन्। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेकी...

दीपक खड्काको स्पष्टीकरण : चार वर्षअघि नै खड्का-ल्याण्डबाट अलग भइसकेको हुँ

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का-ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको स्पष्टीकरण दिएका छन्। शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आर्थिक हिसाबले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको...

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच प्रहरीको उद्धार

२८ मिनेट अघि   थाहाखबर

सुर्खेत : उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आज डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो।  उद्धार हुनेमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, प्रहरी हवल्दार जनकबहादुर कार्की, प्रहरी जवान नवराज...

एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले साझेदारसँगको सहकार्यमा १० दिनमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ। पशुकल्याणका लागि काम गर्ने सङ्घसंस्थासँगको सहकार्यमा यही कात्तिक १४ गतेदेखि सबै वडामा बन्ध्याकरण सुरु गरिएको महानगरपालिकाले जनाएको छ। बन्ध्याकरण गरिएका कुकुर/बिरालोलाई रेविजविरुद्धको खोप पनि...

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

४३ मिनेट अघि   थाहाखबर

काठमाडौं : निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ। आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो। आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण...

जेनजीहरूलाई मिराज ढुंगानाको आग्रहः अहिले निर्वाचनको कुरा नगरौँ

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेन–जी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गरेका छन्।  नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखे। अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको...

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

१ घण्टा अघि   थाहाखबर

पर्सा : वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन्। कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती मालवाहक कन्टेनर अहिले पनि वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा रहेका छन्। आयातकर्ताले तेस्रो मुलुकबाट...

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ। पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...

नेपाल घुम्न आउन लागेका १३ पोल्यान्डका नागरिकलाई ठगेको आरोपमा एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ। पोल्यान्डका १३ जना बाइक राइडरलाई नेपालमा खाना, बस्न र अन्य सपोर्टका लागि प्याकेज दिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका व्यक्तिलाई पक्राउ गरेको एसपी दीपकराज अवस्थीले जानकारी दिए। अल्टिट्युड...

टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीका लागि खुलाएको बोलपत्र प्रक्रिया अन्तिम चरणमा आएर विशेष अवस्थाका कारण भन्दै गत असोज ९ गते स्थगित गर्यो। कम्पनीले बोलपत्र आह्वानका क्रममा आवेदकहरुको प्राविधिक मूल्याङ्कन पूरा गरेर आर्थिक प्रस्तावको प्रक्रिया अगाडि बढाइसकेपछि स्थगित गरेको...

ओलीलाई ईश्वर पोखरेलको काउन्टर- महाधिवेशनमा विभिन्न प्रस्तावमाथि छलफल हुन्छ

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा विभिन्न प्रस्तावहरूका विषयमा थप छलफल हुने बताएका छन्। हालै अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने ११ औं महाधिवेशनमा आफू बोल्ने र थप छलफल नहुने अभिव्यक्ति दिएका थिए। त्यसतर्फ लक्ष्य गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले...

हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

१ घण्टा अघि   थाहाखबर

बैतडी : पाटन नगरपालिका–६ का वीरभान विष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ।  विष्टको हत्यामा संलग्नमध्ये चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी रविराज जोशीले जानकारी दिए। हत्यामा संलग्न पाटन–६ की भागरथी बिष्ट, पाटन–६ कै ३८...

'ऊनको स्वीटर' आउँदो शुक्रबारदेखि भारतका हलमा

१ घण्टा अघि   सेतोपाटी

सुपरहिट नेपाली फिल्म 'ऊनको स्वीटर' अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डुले निर्माण गरेको फिल्म भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१ (मंसिर ५) देखि फिल्म भारतमा प्रदर्शनमा आउन लागेको हो। दार्जिलिङ,...

आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।  आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान...

मेयर पद छाडेर एमालेको गढबाट चुनाव लड्ने तयारीमा हर्क साम्पाङ

१ घण्टा अघि   सेतोपाटी

धरानका मेयर हर्क साम्पाङ फागुन २१ को प्रतिनिधिसभा चुनाव सुनसरी–१ बाट लड्ने तयारीमा जुटेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्। उक्त पार्टी दर्तापछि मेयर साम्पाङ अब आफै...

पत्रकारका नेता राजनीतिक दलले छान्न थालेपछि पत्रकारहरू अपहेलित : किशोर नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली पत्रकारितामा राजनीतिक दलहरू हावी भइरहेको भन्दै  वरिष्ठ पत्रकार किशोर नेपालले चिन्ता व्यक्त गरेका छन्। नेपालले पत्रकारका नेताहरू राजनीतिक दलहरूले छान्ने अवस्था आएकाले पत्रकारहरू अपहेलित हुनुपरेको स्पष्ट पारेका छन्। नेपाल पत्रकार महासंघले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले...

थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश

१ घण्टा अघि   सेतोपाटी

बलात्कार मुद्दामा थुनामा रहेका मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झाको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। शुक्रबार न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले यस मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो।  अहिराजले आफूलाई पुर्पक्षमा राख्ने आदेश...

'हर्ष' को नयाँ गीत 'कुटु कुटु...' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

एकता पौडेलको निर्देशनमा बनेको फिल्म 'हर्ष' को दोस्रो गीत 'कुटु कुटु कस्तो माया लाग्यो बरिलै' सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक यस गीतमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। अभिनेता लामिछाने पहिलो पटक 'हर्ष' मा रोमान्टिक...

रोयल इनफिल्डले गर्यो २०२५ मेटिओर–३५० सार्वजनिक, कति पर्छ मूल्य?

२ घण्टा अघि   सेतोपाटी

रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ २०२५ मेटिओर–३५० मोटरसाइकल सार्वजनिक गरेको छ।  कम्पनीले आजदेखि टेस्ट राइड र बुकिङ खुलेको घोषणा गरेको छ।  सुस्त यात्रादेखि लामो दूरीका आरामदायी क्रूजिङका लागि उपयुक्त मानिने मेटिओर–३५० फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरियन्टमा...

मनिष झाले दिए आगामी यात्राका लागि सन्तोष परियारलाई शुभकामना

२ घण्टा अघि   सेतोपाटी

रास्वपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता मनिष झाले सन्तोष परियारलाई आगामी यात्राका लागि शुभकामना दिएका छन्। परियारले आज महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई रास्वपा परित्याग गरेको जानकारी पठाएका थिए। उक्त जानकारी पार्टीमा प्राप्त भएको उल्लेख गर्दै प्रवक्ता झाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय...

जनार्दन शर्मा गृह जिल्लामा कति बलियो?

२ घण्टा अघि   सेतोपाटी

एकीकृत समाजवादीसहित ८ वटा घटकसँग एकता गर्ने निर्णयपछि जनार्दन शर्माले माओवादी केन्द्र छाडेर अहिले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन्। बिहीबारमात्रै उक्त अभियानले केन्द्रीय संयोजन समितिमा रहेका ३१ जनाको नाम सार्वजनिक गरेको छ। त्यसमा सुदन किराती लगायतका नेताहरू देखिएका छन्।...

सन्तोष परियारले रास्वपा परित्याग गर्दै पठाएको पत्रमा के छ?

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र पठाउँदै रास्वपा परित्याग गरेको जानकारी गराएका छन्। परियारले आज दिउँसो रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्। उनी रास्वपामा निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ...