मधेसमा चर्कंदो विवाद–सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ। सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको भन्दै पाँच सांसद पदमुक्त गर्ने निर्णय गरेका थिए। सभामुखले उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद...
