अझै वर्षेनी २ हजारभन्दा बढी भेटिन्छन् कुष्ठरोगका बिरामी
काठमाडौं : सन् २००९ मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १६ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ। हाल रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी, बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली र बारामा कुष्ठरोगका बिरामी भेटिने गरेका...