जनकपुरबाट चारजना पक्राउ
जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामबाट लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई जनकपुरधामस्थित पिडारीचोकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज...