बैतडीमा महिला टी–२० क्रिकेट : सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। दशरथचन्द नपा-१० बाराकोटले दशरथचन्द नपा-५ लाई ६ विकेटले हराएर सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो। यसअघि दशरथचन्द नपा-२ देहिमाडौं, दशरथचन्द नपा-६ थालिगडा र दशरथचन्द नपा-८ त्रिपुरा सेमिफाइनलमा पुगिसकेका छन्। दशरथचन्द...