कांग्रेस क्रियाशील सदस्यता खारेज होइन, व्यवस्थित र अद्यावधिक गर्न लागेको हो- कांग्रेसका महामन्त्रीहरू
नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरू गरिएको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्रीहरूले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य...
