सुदूरपश्चिम मुख्यमन्त्री सोडारीलाई विश्वासको मतबारे एमालेले केन्द्रसँग परामर्श गरेर निर्णय लिने
सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने नदिनेबारे एमालेले पार्टीको नेतृत्वसँग छलफल गरेर निर्क्यौल गर्ने भएको छ। सुदूरपश्चिममा एमालेको चाहनाविपरीत एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्री बनाएको थियो। त्यसकारण उनलाई विश्वासको मत दिने/नदिनेबारे एमाले केन्द्रीय नेतृत्वसँगै परामर्श गरेर अगाडि बढ्न लागेको हो।...