ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुनुवाइ छल्दै संवैधानिक नियुक्तिको अध्यादेश ३ कारणले 'असंवैधानिक'

१० मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान लागू नहुने व्यवस्था राखेर ल्याउन खोजिएको अध्यादेश तीन कारणले गैरसंवैधानिक भएको संविधानविद टिकाराम भट्टराईले बताएका छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि हामीले...

दिनभरि अशान्त मधेसमा राति खुल्यो सहमतिको बाटो

१५ मिनेट अघि   सेतोपाटी

सिमरामा बुधबारदेखि सुरू भएको तनाव बिहीबारसम्मै जारी रह्यो। जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि बुधबारदेखि सुरू भएको विवाद समाधान नहुँदा बिहीबार दिनभरि नै सिमरा तनावग्रस्त बन्यो। बुधबार युवासंघले आयोजना गरेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश...

काठमाडौंको सडकमा एमालेले आज कार्यकर्ता उतार्छ कि उतार्दैन?

२३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) ले नेशनल भोलेन्टियर फोर्सको नाममा आज नयाँ संगठन घोषणा गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेका हुन्। एमालेकै कार्यक्रमलाई लिएर बारामा तनाब बढिरहेका बेला काठमाडौंमा स्वयम्सेवी भेलासहित मार्च पास गराउँदा सुरक्षा...

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ घाइते

२४ मिनेट अघि   थाहाखबर

पाल्पा : पाल्पामा शुक्रबार बिहान बस दुर्घटना भएको छ। दाङबाट भ्रमणका विद्यार्थी बोकेर पाल्पा आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका– १३ बैकुण्ठे भीर नजिकै बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा...

जैविक तटबन्धले जमिन कटान रोकियो, तटीय क्षेत्रका बासिन्दा लाभान्वित

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नदी छेउमा बनाइएको जैविक तटबन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।  नदी छेउमा बनाइएका जैविक तटबन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित...

'तीन दिनपछि लास भेटियो, कसरी र कहाँ गोली लाग्यो भन्ने अझै प्रस्ट छैन'

१ घण्टा अघि   सेतोपाटी

सहिद परिवार भदौ २३ गते। दिउँसो १२ बजेको थियो। असाहाव आलम ठकुराईले आमा नजला खातुनलाई फोन गरे। त्यति बेला उनले आफू कोठामा खाना खाएर बसिरहेको बताएका थिए। दिनहुँ कलेजबाट फर्किएपछि उनी घरमा फोन गर्थे। त्यस दिन पनि १२ बजेतिर फोन गरेर...

एमालेले आजको कार्यक्रमका लागि अनुमति लिनु नपर्ने, भोलि प्रशासनले सहजीकरण गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले काठमाडौं शुक्रबार र शनिबार कार्यक्रम गर्दैछ।  शुक्रबार बिहान ११ कार्की ब्यांक्वेटमा एमालेको कार्यक्रम हुने तय छ। उक्त कार्यक्रमबाट एमालेको नेसनल भोलिन्टियर फोर्स घोषणा हुँदैछ।  अध्यक्ष केपी शर्मा ओलीले फोर्स घोषणा गर्नेछन्। एमालेले शुक्रबारको कार्यक्रमका लागि प्रशासनलाई जानकारी गराइसकेको...

सचिवालय सदस्यहरूको ओलीलाई प्रश्न– किन चाहियो नेसनल भोलेन्टियर्स, द्वन्द्व निम्त्याउन?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का सचिवालय सदस्यहरूले शुक्रबार गठन हुन लागेको नेसनल भोलेन्टियर्स फोर्सबारे प्रश्न उठाएका छन्। एमालेको जनसंगठन समन्वय संयन्त्रले मार्च पाससहित उक्त नयाँ संगठन आज गठन गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले औपचारिकरूपमा नेसनल भोलेन्टियर्स फोर्स घोषणा गर्नेछन्। उक्त संगठनलाई पार्टीको...

विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको २ दशक पुगेको छ।  २०६३ सालमा आजकै दिन भएको सम्झौतापछि माओवादीले दशक लामो शशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिको बाटो रोजेको थियो।  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन...

पाख्रिबासमा माइक्रो बस दुर्घटना, १४ जना घाइते

१ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिका–५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्।  घाइते मध्ये ३ जना अवस्था गम्भीर परहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब ०६ः३० मा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४...

मधेसमा पार्टी एक्लिएको भन्दै एमाले सचिवालय बैठकमै उठ्यो प्रश्न

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) सचिवालय बैठकमा मधेसमा पार्टी ठूलो दल हुँदाहुँदै एक्लिन पुगेको भन्दै सचिवालय सदस्यहरूले प्रश्न उठाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ६० औं सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट,...

जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी, १३ जना घाइते

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  ब्राजिलको बेलेममा रहेको संयुक्त राष्ट्र संघको कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी हुँदा १३ जना घाइते भएका छन्।  स्थानीय समय अनुसार दिउँसो २ बजे सम्मेलन हल भित्रको मण्डपमा आगलागी भएको थियो। त्यतिबेला मण्डपमा १९० भन्दा बढी...

सरकार र बञ्चरेडाँडावासीबीच सहमति भएको ११ बुँदामा के छ?

२ घण्टा अघि   सेतोपाटी

सरकार र बञ्चरेडाँडाका स्थानीयहरूबीच ११ बुँदे सहमति भएको छ। बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबीचको छलफल ११ बुँदे सहमति सहित टुंगिएको हो। सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, इआइए...

कात्तिक महिनामा ३५ हजार पर्यटक पुगे एक्याप

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत कात्तिकमा ३५ हजार बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन्।  जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो। २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको...

क्यासिनोलाई किन कडाइ गर्दैछ सरकार?

२ घण्टा अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक काम गर्न नसकेको भन्दै गत फागुनमा नेपाल दुई वर्षका लागि 'ग्रे–लिस्ट' मा पर्‍यो। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले नेपाललाई ग्रे सूचीमा राखेको हो। नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको...

सडक डिभिजनले भन्यो- महेन्द्र र त्रिभुवन राजपथको दायाँबायाँका संरचना १५ दिनिभत्र हटाउनू

२ घण्टा अघि   सेतोपाटी

सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ बायाँका संरचना हटाउने भएको छ। शुक्रबार सूचना जारी गर्दै कार्यालयले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडकको दायाँबायाँ ७५ फिटभित्र बनेका संरचना हटाउन भनेको हो। त्यहाँ रहेका...

एमालेले आज नेशनल भोलियन्टर फोर्सको घोषणा गर्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन्। कार्यक्रम शुरु हुनु अघि बबरमहल हुदै माइतीघर भएर बानेश्वरसम्म...

आज विश्व टेलिभिजन दिवस

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज विश्व टेलिभिजन दिवस। यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ। निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित...

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

३ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ। जारी प्रतियोगितामा दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा पोखरा विराटनगर...

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका हिमाली भागका एकदुई...

महिला विश्वकप कबड्डी, नेपालको तेस्रो जित

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालले दोस्रो महिला कबड्डी विश्वकपमा तेस्रो जित हात पारेको छ।  बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार केन्यालाई रोमाञ्चक तरिकाले २८–२१ ले पराजित ग¥यो।  पहिलो खेलमा १३–११ स्कोरसहित नेपाल मात्र दुई अङ्कको अग्रतामा थियो । दोस्रो हाफमा नेपाले १५ स्कोर...

प्रकृति र संस्कृतिको संगम तीनचुले

४ घण्टा अघि   सेतोपाटी

घनाजंगलको बीचमा रहेको पहाडको टाकुरा। पूर्व र उत्तरतर्फ लहरै हिमाल। सूर्योदय र सूर्यास्तको मिठास दृश्य। नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ। चराचुरुंगीको चिरबिर आवाज। म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले...

एनपीएल : सुदूरपश्चिम र पोखरा भिड्दै

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।  पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा...

कति पुग्यो अमेरिकी र अष्ट्रेलियन डलरको भाउ?

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा...