छाया कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)
सम्पदा संरक्षण अभियानीहरूले ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको भनिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरेका छन्। सम्पदा संरक्षण नेपालका सभापति कविर डंगोल लगायत अभियानीहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सार्वजनिक सम्पदा मासेर बनाइएको संरचना हटाउनुपर्ने, ऐतिहासिक पोखरीको संरक्षण गर्नुपर्ने...
