कोशीका मुख्यमन्त्री कार्की विरूद्धको संकल्प प्रस्ताव पारित
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरूद्धको संकल्प प्रस्ताव पारित भएको छ। प्रदेशको विशेष अधिवेशनबाट कार्कीले वैशाख २५ सम्म राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने ब्यहोरा सहितको संकल्प प्रस्ताव पारित भएको हो। प्रस्तावको पक्षमा ५२, विपक्षमा शून्य र तटस्थमा ३ मत...