सिन्धुपाल्चोक हिँडेका खेलकुद मन्त्रीलाई अवरोध, चार घण्टादेखि मेलम्चीमै रोकिए
काठमाडौं : कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध गरिएको छ। इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको छ। बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै...