तमी पूर्वेली
बाटोबारे सुनिएका धेरै प्रकारका हल्लाले नछुने कुरा नै भएन। महेन्द्रनगरबाट भारतीय भूमि प्रयोग गर्दै जीपमा दार्चुलासम्मको यात्रामा अधिकांश नेपाली नै थिए। भाषा भने केही बुझेजस्तो, केही नबुझेजस्तो। सँगै बसेका व्यक्तिले सोधे, 'कहाँ झानु हौ?' 'दार्चुला' मैले छोटो जवाफ दिएँ। 'घर कहाँ पड्यो...