ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ- राष्ट्रपति पौडेल

९ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक...

भृकुटीमण्डपमै आज राप्रपाको चियापान

३९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रम गर्दैछ। ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार राप्रपाले चियापान समारोह गर्न लागेको हो। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्। राप्रपाले...

विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ। त्यसअघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिनेछ। सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी  र कुपन्डोलबाट निस्कने जुलुस भृकुटीमण्डप पुग्नेछ। विशेष महाधिवेशनको उद्घाटन सत्रको...

डडेल्धुरामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

डडेल्धुरामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु...

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, आज विविध कार्यक्रम गरी मनाइँदै

१ घण्टा अघि   सेतोपाटी

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको...

विशेष महाधिवेशनमा भाग लिन आउनेको बिहान ८ बजेदेखि नाम दर्ता

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरू हुँदै छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा हुन लागेको विशेष महाधिवेशनमा सहभागीहरूको नाम दर्ता आज बिहान ८ बजेबाटै सुरू हुने संयोजक मनोजमणि आचार्यले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका...

आज कति पुग्यो अमेरिकी डलरको भाउ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र...

कांग्रेस विशेष महाधिवेशन आजबाट सुरू

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ। सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरू हुन लागेको हो। विशेष महाधिवेशन आज र...

'८८४८ मःम यसरी चल्यो, जीवनमा फर्केर हेर्नु परेन'

२ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको ब्रिसबेनमा छ '८८४८ मःम'। सगरमाथाको उचाइलाई जोडेर नाम राखिएको यो रेस्टुरेन्टका सञ्चालक हुन् होम प्यासी। लमजुङ मूलघर भएका होमले सन् २०१८ मा यो रेस्टुरेन्ट खोलेका थिए। ८८४८ मःम अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न ठाउँमा फैलिसकेको छ। यही वर्षदेखि भारतमा पनि फैलिँदैछ। 'यो वर्ष भारतमा...

इंग्लिस फुटबल इतिहासकै ठूलो नजिता, कुनै लिग नखेल्ने म्याकल्सफिल्डले हरायो एएफ कपको साविक विजेता प्यालेसलाई

११ घण्टा अघि   सेतोपाटी

इंग्लिस फुटबलमा तल्लो स्तरको खेल खेल्ने 'म्याकल्सफिल्ड' टोलीले बेलायतको प्रिमियर लिगको टोली 'क्रिस्टल प्यालेस'लाई एफए कपको तेस्रो चरणमा हराएर इतिहास रचेको छ। म्याकल्सफिल्ड र क्रिस्टल प्यालेसबीच खेलको स्तरमा ठूलो फरक थियो। म्याकल्सफिल्ड क्रिस्टल प्यालेसभन्दा ११७ स्थान तलको टोली हो। फुटबल...

के थियो रास्वपाले नमानेको भनिएको कुलमानको पूरक सम्झौता?

११ घण्टा अघि   सेतोपाटी

विघटित प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगिरहेकै बेला नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कुलमान घिसिङ समूह अलग भएको छ। कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपाबाट अलग हुने घोषणा गरेर उनलाई नै अध्यक्ष...

न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन, प्रतिभा माली सर्वोत्कृष्ट

१२ घण्टा अघि   सेतोपाटी

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ। यो प्रतियोगितामा न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन बनेको हो । सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय...

गोरखाबाट हिँडेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आइपुग्यो काठमाडौं (तस्बिरहरू)

१२ घण्टा अघि   सेतोपाटी

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाबाट हिँडेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौं आइपुगेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरू गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको हो। गत पुस...

'पपुलिजम' अग्रगामी विकल्प होइन- ओली

१२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विध्वंश र 'पपुलिजम' अग्रगामी विकल्प नहुने बताएका छन्। शनिबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले त्यस्ता शक्तिहरु लोकतान्त्रिक शक्तिको पुनरागमन हुने देखिएपछि एकजुट भएको पनि बताएका हुन्। 'कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र...

महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्यायो- ओली

१३ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ। शनिबार  बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताएका छन्। अध्यक्ष ओलीका अनुसार महाधिवेशनले केन्द्रीय नेतृत्वमा ३३ प्रतिशत नयाँ अनुहार ल्याएको...

केन्द्रीय समितिमा कुलमानले भने- अपमानित महसुस गरेँ

१३ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपामा आफूले अपमानित महसुस गरेको केन्द्रीय समिति बैठकमा बताएका छन्। रास्वपा सभापति रवि लामिछानेले कुलमानसँगको एकता भंग भएको घोषणा गरेपछि उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले घिसिङलाई अध्यक्ष नियुक्त गरेको थियो। बैठकमा घिसिङले उज्यालो...

कुलमानले भने- हामी १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं, एकचोटि चान्स दिनुस्

१३ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीले फागुन २१ को आमनिर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा नवनियुक्त अध्यक्ष कुलमान घिसिङले गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष अनुमोदन गरेपछि उनले पार्टी कार्यालयमै पत्रकार सम्मेलनेमा यस्तो घोषणा गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता...

मैले प्रधानमन्त्री र पार्टी सभापति केही मागेको थिइनँ- कुलमान घिसिङ

१३ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले एकतामा जाँदा पार्टी सभापति र प्रधानमन्त्री मध्ये कुनै पनि पद नमागेको बताएका छन्।  शनिबार साँझ उज्यालो नेपालको पार्टी कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै घिसिङले पार्टीको सभापति र प्रधानमन्त्री पद मागेको भनेर भ्रम फैलाइएको...

एनसेलले सार्वजनिक गर्‍यो जेनजी लक्षित 'युवा सिम'

१३ घण्टा अघि   सेतोपाटी

एनसेलले जेनजी पुस्ताको सञ्चार आवश्यकतालाई लक्ष्य गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ। विद्यार्थी तथा युवा वर्गलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ल्याइएको यो प्याक आजदेखि लागू भएको कम्पनीले जनाएको छ। करसहित २९९ रुपैयाँ मूल्य रहेको यो...

कुलमानले भने- १२ दिन हामीलाई 'इन्गेज' गराएर एकतर्फी रूपमा सहमति तोडियो

१३ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा साधारण सदस्य भएर बस्न तयार हुँदा पनि सहमति हुन नसकेको बताएका छन्। जारी पत्रकार सम्मेलनमा उनले भने, 'रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई समायोजन गरौं भनेको...

कुलमान घिसिङ उज्यालो नेपालका अध्यक्ष, चिम चिह्नबाट चुनाव लड्ने घोषणा

१३ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले कुलमान घिसिङलाई अध्यक्षका रूपमा अनुमोदन गरेको छ। त्यही बैकठले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरेको छ। 'रास्वपाले एकपक्षीय रूपमा सहमति तोड्यो। अब हामी चिम चुनाव चिह्नमा भाग लिने निर्णय गरेका छौं,'...

रास्वपासँग एकता टुटेपछि कुलमानको पत्रकार सम्मेलन (लाइभ)

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्। निवर्तमान ऊर्जामन्त्री घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए। उज्यालो नेपालका प्रवक्ता राजु थापाले कुलमान अब पार्टीको...

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक (तस्बिरहरू)

१४ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बसेको छ।  पार्टी कार्यालय त्रिपुरेश्वरमा शनिबार अपराह्न केन्द्रीय समितिको बैठक बसेको हो।  राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भाँडिएपछि उज्यालो नेपालले केन्द्रीय समिति बैठक बोलाएको हो।  बैठकपछि केही बेरमा पत्रकार सम्मेलन हुँदैछ। तस्बिरहरूः  ...

रूकुम पश्चिममा प्रचण्डले भने- रूकुमेली जनता भगौडा, अराजक र पाखण्डीको पछि लागेनन्

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रूकुमका जनता भगौडाको पक्षमा लाग्दैनन् भन्ने पुष्टि भएको बताएका छन्। शनिबार रूकुम पश्चिममा आयोजित पार्टीको एकता सन्देश सभा संयोजक प्रचण्डले पार्टीकै पूर्वनेता रहेका जनार्दन शर्मालाई लक्ष्य गर्दै केही नेता पलायन भए पनि जनताहरू...