सामाजिक सुरक्षा कोषमा श्रमिकको एक खर्बभन्दा बढी योगदान रकम संकलन
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले परिकल्पना गरेका योजनाहरू कार्यान्वयनको भएको ६ वर्ष ७ महिनमा नै करिब एक खर्बभन्दा बढी योगदान रकम संकलन भएको छ। यस्तो रकम औपचारिक क्षेत्रका ६ लाख ७१ हजार, वैदेशिक रोजगारीमा गएका करिब २० लाख...
