ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात

६ मिनेट अघि   थाहाखबर

ताप्लेजुङ :ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गएरातिदेखि हिमपात शुरु भएको छ। शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो।  हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए। हिमपातका कारण सामान्य...

कृषिमन्त्रीलाई छ इतिहास बनाउने अवसर!

१४ मिनेट अघि   सेतोपाटी

अहिले देशमा जेनजी आन्दोलनको बलमा स्थापित सुशीला कार्की नेतृत्वको सरकार छ। प्रतिनिधिसभा विघटनको आधारमा सरकार बनेको हुँदा यसलाई संसदप्रति उत्तरदायी हुने झन्झट छैन। जेनजी आन्दोलनको मुख्य मुद्दा बन्द भएको सामाजिक सञ्जाल खोलाउने तथा भ्रष्टाचारमुक्त सुशासन कायम गर्ने भए पनि...

सामान्य अवस्थामा फर्कियो सिमरा- तस्विर

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी र नेकपा एमालेका नेता तथा कार्यकर्ताबीचको झडपले अशान्त बनेको सिमरा शनिबारसम्म आइपुग्दा सामान्य बनेको छ। बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेन जी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्ता सँगै हाल अवस्था...

सञ्चालनमा आयो जेन–जी आन्दोलनमा तोडफोड भएको मौलाकाली केवलकार

२४ मिनेट अघि   सेतोपाटी

नवलपुरको गैंडाकोटस्थित मौलाकाली केवलकार सञ्चालनमा आएको छ। गत भदौ २४ गते जेन–जी आन्दोलनकोक्रममा तोडफोड र आगजनी गरिएपछि केवलकार बन्द भएको थियो। दुई महिनाभन्दा लामो समयपछि केवलकार पुनः सञ्चालनमा आएको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए। तोडफोड र आगजनीका कारण केवलकारको...

जी- २० सम्मेलन आजदेखि, गएनन् ट्रम्प र पुटिन, सी पनि अनुपस्थित

४८ मिनेट अघि   थाहाखबर

दक्षिण अफ्रिकामा आज शुरु हुन लागेको जी-२० शिखर सम्मेलन  विवादमा तानिएको छ । मुख्य साझेदार देशका नेता नै उपस्थित नभएपछि सम्मेलन विवादमा तानिएको हो । दक्षिण अफ्रिकाले गोरा किसानहरुमाथि अत्याचार गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मेलनमा सहभागी हुनु...

फागुन २१ को चुनावका लागि हालसम्म ३५ दल दर्ता (सूची)

५७ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १० गतेसम्म दल दर्ता गर्नुपर्ने भनेको छ। आयोगका अनुसार शुक्रबारसम्म ३५ वटा राजनीतिक...

आज जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार जेनजीसँग अन्तरक्रिया गर्दैछन्। ‘जेनजीसँग–नेकपा’ नाम ​दिइएको अन्तरक्रिया पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामामा बिहान ११ बजे शुरु हुने नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले दिए। कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेता पनि सहभागी हुने उनले बताए। जेनजीले चाहेको नेपाल...

ट्रक पल्टिएपछि कान्ति लोकपथ सडक अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक शनिबार बिहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको छ।  वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका- ८ बगुवास्थित सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिँदा सडक पूर्णरूपमा...

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ?

१ घण्टा अघि   सेतोपाटी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १२५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (तराई)...

विश्व शान्तिका लागि लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको पिस पोस्टर प्रतियोगिता

१ घण्टा अघि   सेतोपाटी

विश्व शान्तिको कामना गर्दै लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीले पिस पोस्टर (शान्ति चित्र) प्रतियोगिता गरेको छ। काठमाडौंको टोखास्थित विन्ध्याबासिनी आवासीय माध्यमिक विद्यालयमा शुक्रबार सूर्यमुखीले  पिस पोस्टर प्रतियोगिता गरेको हो। प्रतियोगितामा ११ देखी १३ वर्ष उमेर समूहका चित्रकलामा विशेष रुची र...

कोशी र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौस्म पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी  र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका...

बिलखबन्दमा जेलेन्स्की, भन्छन्– या स्वाभिमान गुमाउनुपर्‍यो वा अमेरिकाको साथ

१ घण्टा अघि   सेतोपाटी

रूस-युक्रेन युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदे प्रस्ताव तयार पारेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिलखबन्दमा परेका छन्। रूसले अहिलेसम्म माग गर्दै आएको माग समेटेर तयार गरिएको युद्धविराम प्रस्तावमा सहमत हुन ट्रम्पले दबाब दिएपछि जेलेन्स्की बिलखबन्दमा परेका हुन्। रूसले...

सकियो नामावली दर्ता, कति थपिए मतदाता ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सकिएको छ।  यसअघि कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि...

आज काठमाडौँमा ‘जनप्रदर्शन’ गर्दै एमाले

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले शनिबार ‘जनप्रदर्शन’ गर्दैछ। एमालेको बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्न लागेको हो। सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप जनसभा गर्न लागिएको नेताहरूले बताएका छन्। एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पनि विरोध गर्दै आएको...

चिसोले पञ्चकुण्ड ताल जमेपछि ...

२ घण्टा अघि   सेतोपाटी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ। ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ। समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो...

बीच सडकमा ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरूद्ध

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं-हेटौंडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ। सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ सडक शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिएर आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक सडकमै पल्टिएको हो। मकवानपुरको...

चितवनमा बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। माडी नगरपालिका-१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको हो। उनलाई शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय...

किष्ट र मेदान्त अस्पतालबीच द्विपक्षीय सहकार्य सम्झौता

२ घण्टा अघि   सेतोपाटी

किष्ट शिक्षण अस्पतालले उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्धेश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ। शुक्रबार ललितपुर स्थित हिमालय होटेलमा एक कार्यक्रम गर्दै मेदान्त अस्पतालका प्रतिनिधी तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा...

बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

२ घण्टा अघि   सेतोपाटी

चितवनको माडीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। विहान पौने ६ बजेतिर माडी-१ गर्दीमा बागमती प्रदेश ०३-००१ ख २८८७ नम्बरको बसले ६०/६२ वर्षीय फिरल महतोलाई ठक्कर दिएको थियो। दुर्घटनामा माडी-१ सेरुवा बस्ने महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी...

आज पनि बस्ने तय छ १० दिनदेखि पटक-पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार बस्ने तय छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय समिति बैठक बोलाइएको छ। महाधिवेशनबारे सहमति नजुट्दा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पटक-पटक स्थगित हुँदै आएको छ। पछिल्लो पटक बिहीबार दिउँसो...

आजदेखि दैनिक चार घण्टा पृथ्वीराजमार्ग बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

२ घण्टा अघि   सेतोपाटी

पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । राजमार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६...

बस र ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

पूर्वी नवलपरासीमा बस र ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार राति पौने १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ थारू संग्रहालय नजिक पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा कावासोती जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई बस र ट्रकले ठक्कर...

एनपीएलमा आज दुई खेल, पहिलो जीतको खोजीमा कर्णाली

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज  दुई खेल हुने भएका छन्।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय  क्रिकेट रङ्गशाला बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन्। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई गम्भीर घाइते

३ घण्टा अघि   थाहाखबर

नवलपरासी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।   गएराति १० बजेडण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर...