मन्त्रालय र प्राधिकरणले विदेशी मुद्रा सिफारिस नदिँदा इन्टरनेट उद्योग धराशायी हुने अवस्था आयो : इस्पान
काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ (इस्पान) ले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणले विदेशी मुद्रा सिफारिस नदिँदा इन्टरनेट सेवा उद्योग नै धराशायी हुने अवस्था सिर्जना भएको जनाएको छ । साथै, इन्टरनेटको पहुँच सुनिश्चित गर्ने कार्यमा मन्त्रालय र नेपाल...