आइसिसी टी-२० विश्वकप २०२६ : इंग्ल्याण्डविरुद्ध नेपाललाई ‘जायन्ट किलर’ बन्ने अवसर
मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह 'सी' अन्तर्गतको पाँचौं खेलमा इंग्ल्याण्ड र नेपाल भिड्दैछन्। खेल आइतबार नेपाली समयअनुसार दिउँसा सवा तीन बजे हुँदैछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्। प्रतियोगिताको 'सुपर ८' चरणमा पुग्न...
