ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शेखर कोइरालाले गरे केही पदाधिकारी लगायतसँग छलफल

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायतसँग अन्तर्क्रिया गरी राय लिएका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ? राष्ट्रमा देखिएको...

साँखुमा माधवनारायण मेलाको पहिलो दिन (तस्बिरहरू)

१९ मिनेट अघि   सेतोपाटी

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आजदेखि सुरु भएको छ। पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य भिड देखिएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घरमा...

कर्णाली पुगेर हितेन्द्रदेवले भने– जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन

३७ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताएका छन्।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यहीको माटोमा...

भूमि मन्त्रालयबाट हुने यी काम अब स्थानीय तहबाट, मन्त्री इङनामले अघि सारे ३८ सुधारका काम

५६ मिनेट अघि   सेतोपाटी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाह सुधार गर्ने र हाल केन्द्रबाट हुँदै आएका काम क्रमशः स्थानीय तहबाटै उपलब्ध गराउने कार्ययोजना सार्वजनिक गरेको छ। मंसिर २६ गते नियुक्त भएका मन्त्री प्रा. डा. कुमार इङनामले जिम्मेवारी लिएको...

कैलाश घिमिरेको 'निम्तो' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

गीतकार तथा साहित्यकार प्रा. डा. कैलाश घिमिरेद्वारा रचित गजल सार्वजनिक भएको छ। गायक केशव वादीको आवाज रहेको उक्त गजललाई सुगम संगीतका संगीतकार राजेश थापाले संगीत दिएका हुन्। प्रेमिल भावमा रहेको गजलमा  गायक केशव स्वयम् को एरेन्ज रहेको छ भने गजलको...

सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

१ घण्टा अघि   सेतोपाटी

एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा...

गुरूराज घिमिरे भन्छन्- कांग्रेसमा हुकुमी शासनको अभ्यास भयो, सदस्यलाई रैती ठानियो

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले कांग्रेसभित्र हुकुमी शासनको अभ्यास भएको बताएका छन्। शुक्रबारको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको थियो। महामन्त्रीद्वय गगन थापा...

आसिफ शाहले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

२ घण्टा अघि   सेतोपाटी

फिल्म निर्माता एमव् टेलिभिजन प्रस्तोता आसिफ शाहले रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको बताउँदै समानुपातिक उम्मेदवारको सूचीबाट...

स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यधिक चिसोमा घरबाहिर ननिस्कनू

३ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहि ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको हो। मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम कम हुँदा...

३० करोडको कारोबार, उद्यमशीलताको प्रेरणा!

३ घण्टा अघि   सेतोपाटी

बुटवलमा सञ्चालित १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सकिएको छ। गत पुस ३ गतेदेखि सुरू भएको प्रदर्शनीमा ८ लाखभन्दा बढी उपभोक्ताले अवलोकन गरी ३० करोड रूपैयाँ हाराहारीको आर्थिक कारोबार गर्न सफल भएको आयोजकको दाबी छ। स्वदेशी उत्पादनलाई सिधै...

इरानलाई ट्रम्पको चेतावनी– प्रदर्शनकारीमाथि गोली चलाए उनीहरूलाई बचाउन अमेरिका आउनेछ

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।...

अमेरिकी डलरको भाउ निरन्तर उकालो

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको...

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

५ घण्टा अघि   सेतोपाटी

ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६:१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको...

झन्डै २०० जना सहभागी भएर उत्सव मनाइरहेको बारमा कसरी सल्कियो आगो?

५ घण्टा अघि   सेतोपाटी

झन्डै २०० जना भेला भएर उत्सव मनाइरहँदा कसरी सल्कियो बारमा आगो? स्वीट्जरल्याण्डको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानास्थित ले कन्स्टेलेसन बारमा नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा भएको भीषण आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। घटनामा ११९ जना घाइते भएका छन्।...

गुल्मीमा चरा प्रजातिको संख्या ३५५ पुग्यो

६ घण्टा अघि   सेतोपाटी

थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म गुल्मीमा भेटिएका चरा प्रजातिहरूको सङ्ख्या जम्मा ३५५ पुगेको छ। नेपाल पन्छी संरक्षण संघले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन्।    जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन...

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

६ घण्टा अघि   सेतोपाटी

म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ।   म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत...

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

६ घण्टा अघि   सेतोपाटी

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन्। पौष शुक्ल पूर्णिमादेखि...

बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको घटनाः सात यात्रु सामान्य घाइते, को-पाइलटको उपचार जारी (अपडेंट)

६ घण्टा अघि   सेतोपाटी

भद्रपुर विमानस्थलमा शुक्रवार राति ९:१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्। काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३००...

कस्तो अवस्थामा इसिजी गर्ने, इसिजीबाट केके थाहा हुन्छ? (भिडिओ)

६ घण्टा अघि   सेतोपाटी

हाम्रो मुटुमा विद्युतीय प्रणाली पनि हुन्छ। रगतको सञ्चार गर्ने नशा र विद्युत प्रवाह हुने नशा अलग अलग हुन्छ। यही विद्युतीय गतिविधिलाई ग्राफिक प्रस्तुतीमा हेर्नुलाई इलेक्ट्रो कार्डियोग्राम (इसिजी) भनिन्छ। जुन एउटा कागजमा ग्राफिक्स जस्तो बनेर आउँछ, हामी त्यसलाई पढ्छौं। इसिजी कहिले...

विशेष महाधिवेशन कसरी हुन्छ, कसरी तय गरिन्छ कार्यविधि? यस्तो जबाफ दिए कांग्रेस महामन्त्रीले

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पास गरेको छ। शुक्रबार भएको उक्त निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेका महामन्त्री गगन थापाले अब पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्। कार्यसमिति बैठक सकेर पार्टी कार्यालयको प्रांगणमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै...

पार्टी काममै फर्किए एमाले नेता वासुदेव घिमिरे!

१४ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले पार्टी परित्यागको घोषणा गरेका रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख वासुदेव घिमिरे पुनः एमालेको काममै फर्किएका छन्। घिमिरेले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका थिए। उनले पार्टी परित्याको घोषणा गरेपछि बिहीबार रूपन्देही आएका...

सरकारसँग सहमतिपछि निकोलस भुसाल र हरिश विष्टले तोडे अनसन

१४ घण्टा अघि   सेतोपाटी

डा. निकोलस भुसाल र हरिश विष्ट र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सहमति भएसँगै भुसाल र विष्टको अनसन ११ औं दिनमा तोडिएको हो। सहमतिपत्रमा भुसाल र विष्टका साथै तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।...

धावन मार्गमा चिप्लियो बुद्ध एयरको जहाज, यात्रुको सकुशल उद्धार

१५ घण्टा अघि   सेतोपाटी

धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।  ५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज राति ९ः १० बजे धावनमार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो।  झापाका...

जेनजी प्रतिनिधिले गगन थापालाई भेटेर के भने?

१५ घण्टा अघि   सेतोपाटी

आगामी निर्वाचनअघि जेनजी आन्दोलनका एजेन्डालाई राजनीतिक दलहरूको साझा प्रतिबद्धता बनाउनुपर्ने मागसहित जेनजी प्रतिनिधिहरूले राजनीतिक दलका नेताहरूसँग संवाद सुरू गरेका छन्। यसै क्रममा शुक्रबार जेनजी प्रतिनिधिहरू रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, उपार्जुन चाम्लिङ र माजिद अन्सारीले कांग्रेस महामन्त्री गगन थापासँग भेटघाट...