ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुवास पाण्डे (विश्वदीप) रूपन्देही २ मा नेकपाबाट उम्मेदवार

७ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रूपन्देही क्षेत्र नम्बर २ मा सुवास पाण्डे (विश्वदीप) लाई उम्मेदवार बनाएको छ। संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वदीपलाई टिकटसमेत हस्तान्तरण गरिसकेका छन्। प्रचण्ड प्रधानमन्त्री हुँदा विश्वदीप युवा तथा सामाजिक विकास विज्ञ रहेर काम गरेका थिए।...

जनमतका पूर्व मुख्यमन्त्री सिंहलाई एमालेले बनायो उम्मेदवार, उनी भन्छन्– मेरो छुट्टै पार्टी छ

५३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले सप्तरी–२ बाट उम्मेदवार बनाएका जनमत पार्टीका पूर्वमुख्यमन्त्री सतिश सिंहले स्वाभिमान पार्टीबाट चुनाव लड्ने बताएका छन्। शनिबार मध्यरातसम्म बसेको सचिवालय बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। एमालेले पार्टी प्रवेश नै नगराइ उनलाई उम्मेदवार बनाएको थियो। एमाले नेता लीलनाथ...

होटल फरेस्ट इनको आइपिओ खुल्यो, कसले दिन पाउॅंछन् आवेदन?

१ घण्टा अघि   सेतोपाटी

होटल फरेस्ट इनले आज (आइतबार) देखि आइपिओ बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी २ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन...

सेयर बजारलाई अब केले 'ट्रिगर' गर्नेछ?

१ घण्टा अघि   सेतोपाटी

केही समयदेखि नेप्से परिसूचक २५ सयदेखि २७ सय बिन्दुको रेन्जमा रहेर साइडवेज मुभमेन्टमा देखिएको छ। यसले लगानीकर्ता अन्योलमा रहेको र बजारको प्रवृत्ति पनि स्पष्ट हुन नसकेको संकेत गर्छ। यो प्रवृत्ति अन्त्य हुँदा बजार घट्यो भने थप घट्ने र बढ्यो भने...

ग्रिनल्याण्ड किन्ने आफ्नो योजनामा बाधक बन्ने देशलाई चर्को भन्सार दर लगाउने ट्रम्पको धम्की

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड किन्ने आफ्नो योजनामा बाधक बन्ने देशहरूलाई चर्को भन्सार दर लगाउने धम्की दिएका छन। ग्रिनल्याण्डलाई अमेरिकी अधीनमा ल्याउन विभिन्न विकल्पहरूबारे छलफल गरिरहेका ट्रम्पले आफ्नो योजनाको विपक्षमा उभिने राष्ट्रहरूमाथि चर्को भन्सार दर लगाउने र क्रमशः बढाउँदै लैजाने...

टी-२० विश्वकप : नेपाल रहेको समूहको इटाली राष्ट्रिय टोलीमा दुई जोडी दाजुभाइ

१ घण्टा अघि   सेतोपाटी

इटालीले सन् २०२६ को टी-२० विश्वकपका लागि वेन म्याडसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। इटालीका लागि यो पहिलो विश्वकप सहभागिता हो। यसअघि छनोट चरणमा टोलीको नेतृत्व गरेका अस्ट्रेलियाका पूर्व खेलाडी जो बर्न्सलाई कप्तानीबाट हटाउँदै टोलीबाट समेत निकालिएपछि म्याडसनलाई...

म्यानचेस्टर डर्बीमा सिटी पराजित भएको दिन आर्सनलको पनि बराबरी, गुमायो अंक दूरी बढाउने मौका

१ घण्टा अघि   सेतोपाटी

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आफ्नो अग्रता ९ अंक पुर्‍याउने सुनौलो अवसर गुमाएको छ। शनिबार राति भएको खेलमा नटिङ्घम फरेस्टसँग गोलरहित बराबरीमा रोकिँदा आर्सनलले अंक दूरी बढाउने मौका खेर फालेको हो। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर डर्बीमा...

विष्णु पौडेल किन गए पाल्पा?

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ३१ वर्षपछि आफू संसदीय राजनीतिमा प्रवेश गरेको जिल्ला फर्किएका छन्। २०३३ सालदेखि सक्रिय राजनीतिमा लागेका पौडेलको संसदीय राजनीतिको यात्रा २०५१ सालदेखि सुरु भएको थियो। उनी २०५१ सालको मध्यावधि चुनावमा पाल्पा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा...

छविलाल विश्वकर्मा मानेनन् रूपन्देही–१ मा उम्मेदवार बन्न

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले रूपन्देही–१ बाट चुनाव लड्न अस्वीकार गरेका छन्। शनिबार मध्यरातसम्म चलेको सचिवालय बैठकमा विश्वकर्माको नाम रूपन्देही–१मा प्रस्तावित थियो। अघिल्लो निर्वाचनमा उनी त्यहाँबाट २४ हजार ८८२ मतसहित निर्वाचित भएका थिए। प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले २१...

अमेरिकी डलरको मूल्य बढेर पुग्य उच्च बिन्दुमा, अरूको कति छ विनिमयदर?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ।...

एमाले सचिवालय बैठकमा योगेशले भने– उम्मेदवार छनोटमा मेरो नोट अफ डिसेन्ट छ

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट (असहमति) राखेका छन्। उम्मेदवार छनोटमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै उनले लिखित असहमति राख्ने बताएका हुन्। ‘उहाँले बैठकको अन्तिममा मेरो नोट अफ डिसेन्ट छ भन्नुभएको छ, उम्मेदवार छनोटमा...

राष्ट्रियसभाको अधिवेशन आजदेखि, के छ पहिलो दिनको कार्यसूची

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ। बैठक आज बिहान ११ बजे बस्दैछ। अधिवेशनको तयारीका लागि अध्यक्ष...

कोरियामा सीप सिके, फर्केर डेढ करोडमा खोले 'मिल्क आर्ट'

४ घण्टा अघि   सेतोपाटी

दक्षिण कोरियामा सिकेको सीप, ज्ञान र त्यहाँ कमाएको पुँजी सदुपयोग गर्दै दुई युवाले 'मिल्क आर्ट सुरू गरेका छन्। विमल न्यौपाने र विक्रम उचाइ मिलेर काठमाडौंको कागेश्वरी मनोहरामा मिल्क आर्ट एन्ड फुड प्रडक्ट प्रालि नामक कम्पनी चलाइरहेका छन्। मिल्क आर्ट विशेष...

एमालेले दलित समुदायबाट ४ जनालाई बनायो प्रत्यक्ष उम्मेदवार

९ घण्टा अघि   सेतोपाटी

एमालेले दलित समुदायबाट चार जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ। शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएका प्रत्यक्ष उम्मेदवारको सूचीमा दलित समुदायबाट चार जना छन्। बझाङबाट अफिलाल ओखेडा, बाँके-३ बाट दलबहादुर सुनार, बर्दिया-२ बाट बिमला बिक, डडेल्धुराबाट चक्र स्नेही छन्।

यी हुन् एमालेले उम्मेदवारका रूपमा छानेका नयाँ अनुहार

९ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उम्मेदवार टुंगो लगाएको छ। यसरी उम्मेदवार तय गर्दा एमालेले केही नयाँ अनुहार पनि समेटेको छ। यस अनुसार कैलाली–१ बाट द्वारिका न्यौपाने समेटिएका छन् भने कैलाली–२ बाट सूर्यबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। यहाँ...

ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर एमाले चुनावमा होमिने

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले केपी शर्मा ओलीलाई नै आगामी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावमा होमिने निर्णय गरेको छ। अध्यक्ष ओली यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन्। गत भदौ २४ अघि पनि उनी नै प्रधानमन्त्री थिए। जेनजी आन्दोलनले विस्थापित गरेका ओलीलाई नै प्रधानमन्त्रीका रूपमा...

टिकट वितरणमा एमालेमा बढ्यो असन्तुष्टि, विचलित नहुन योगेशको आग्रह

१० घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनमा नेकपा एमालेभित्र तीव्र मतभेद देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले गत महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको हो। उपमहासचिव समेत रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्रमै उम्मेदवार टुंग्याइएको छैन। त्यहाँ अध्यक्ष ओलीले नै...

एमाले महाधिवेशनमा ओली टिमसँग प्रतिस्पर्धा गरेका अधिकांशको टिकट 'होल्ड'

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको शनिबार सम्पन्न सचिवालय बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयन गरेको छ। त्यस क्रममा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट 'होल्ड' गरिएको छ। बैठकले केही निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए पनि महाधिवेशनमा अध्यक्ष केपी शर्मा...

आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याए तर पाएनन् टिकट

११ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ। शनिबार मध्यरातसम्म चलेको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अधिकांश निर्वाचन क्षेत्रको टुंगो लगाएको हो। यसरी उम्मेदवार टुंगो लगाउँदा दैलेख–२ मा आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याएका विष्णु रिजाल पाखा लगाइएका छन्। दैलेख–२...

चुनाव लड्दिनँ, कांग्रेस उम्मेदवारलाई सहयोग गर्छु: बलबहादुर केसी

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका छन्। कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले नेता केसीको नाम एक नम्बरमा रहने गरी उम्मेदवार सिफारिस गरेको थियो। तर नेता केसीले यसपालि चुनाव नलड्ने घोषणा गरेका हुन्।...

भानुभक्त ढकाल यसपालि तेह्रथुमबाट लड्ने

११ घण्टा अघि   सेतोपाटी

यसअघिका दुइटा निर्वाचन मोरङ–३ बाट लडेका एमाले सचिव भानुभक्त ढकाल यस पटक तेह्रथुमतिर लागेका छन्। २०७४ सालको निर्वाचनमा मोरङ–३ मा जितेका उनी २०७९ सालमा सोही क्षेत्रमा कांग्रेस नेता डाक्टर सुनिल शर्मासँग पराजित भएका थिए। एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र भएको तेह्रथुमबाट २०७९ सालमा...

केन्द्रीय सदस्यमा छुटाइएका एलपी सावाले पाएनन् टिकट पनि

११ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटीमा ठाउँ नपाएका एलपी सावा प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउनबाट वन्चित भएका छन्।  झापा–४ बाट यसअघि दुई पटक चुनाव जितेका एलपी सावालाई एमालेले यस पटक टिकट नदिएको हो।  एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न इच्छुक सावालाई अध्यक्ष...

एमाले नेता विष्णु पौडेल पाल्पाबाट चुनाव उठ्ने

११ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पाबाट निर्वाचन लड्ने भएका छन्। रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका पौडेल यसपालि पाल्पा २ बाट निर्वाचन लड्न लागेका हुन्।  एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पौडेल पाल्पा २ बाट यसपालि उम्मेदवार हुनेछन्। शनिबार...

एमालेले दियो चक्रे मिलनलाई टिकट

११ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले मिलन गुरूङ (चक्रे मिलन) लाई उम्मेदवार बनाएको छ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गोरखा क्षेत्र नम्बर २ मा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। चक्रे मिलनलाई उम्मेदवार बनाउन गोरखा जिल्ला कमिटीले...